18/04/2026
8TH ANNIVERSARY
# हामी धेरै आभारी छौं,
हाम्रो संस्थाले वैशाख ५ गतेबाट आठौं वर्ष पार गरी नवौ वर्षमा प्रवेश गर्दैछ ।
यो समयमा यस क्षेत्रको स्थापित स्वास्थ्य संस्था बनाउन सहयोग गर्नु हुने सम्पूर्ण संघसंस्था, जनप्रतिनिधि, बिषेशज्ञ चिकित्सक,फार्मेसी तथा मेडिकलहरु,स्वयंसेविका, नर्सिङ स्टाफ, पारामेडिक्स ,वित्तीय संस्था, स्वास्थ्य चौकी, शुभचिन्तक ,अटो व्यवसायी ,शिक्षक, विद्यालय, मीडिया, यातायात व्यवसायी,भूतपूर्व /प्यारा स्टाफ , आमा बुबा तथा दाजुभाइ , दिदिबहिनीहरुमा हाम्रो सस्थाको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्दछौं !
गुणस्तरीय र भरपर्दो सेवा दिन सकियो भने जस्तो सुकै ठाउँमा पनि स्थापित हुन सकिन्छ भन्ने मान्यताका साथ स्थापित भएको यस संस्थालाई
अबका दिनहरुमा पनि यस्तै सहयोग /सहकार्य हुनेछ भन्ने अपेक्षा राख्दछौं!
यो अवधिमा थुप्रै स्वास्थ्य शिविरहरु तथा क्लिनिकबाट हजारौ बिरामीहरुलाई बिभिन्न रोगको प्रतक्ष्य/अप्रत्यक्ष रूपमा परामर्श तथा उपचार प्रदान गर्न पाउँदा हामी धेरै नै खुसी छौं!
हजुरहरुको साथ र विश्वासले यहाँसम्म आएका छौँ र आगामी दिनहरुमा पनि यस्तै माया, भरोसा र सल्लाहको आशा राख्दै यस क्षेत्रमा थप धेरै रोगहरुको विषेशज्ञ सेवा ,गुणस्तरीय तथा सर्वसुलभ रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं !
श्रीकृष्ण दाँत तथा आँखा उपचार केन्द्र ,परिवार ,देवदह -रुपन्देही
071-577899,9849267975