Shuvalabh polyclinic pvt.ltd

Shuvalabh polyclinic pvt.ltd shuva labh polyclinic is service Orienteted campany it provide different spesalist and general medic

@ diploma pharmacy
10/03/2026

@ diploma pharmacy

18/11/2025

Anomaly Scan

यो गर्भावस्थाको एक महत्त्वपूर्ण अल्ट्रासाउन्ड परीक्षण हो, जसबाट बच्चाको सम्पूर्ण शरीर, अंग–अवयव, विकास, र सम्भावित समस्या जाँचिन्छ।

✅ Anomaly Scan भनेको के हो?

यो स्क्यानले गर्भमा रहेको शिशुको

दिमाग
मुटु
मृगौला
पेट/आन्द्रा
हातखुट्टा
स्पाइन (मेरुदण्ड)
मुख/ओठ
प्लेसेन्टा

आमाको बच्चा बस्ने पानी (amniotic fluid)

जस्ता सबै संरचना ठिक छन् कि छैनन् भनेर विस्तारमा हेर्छ।
यसले बच्चामा जन्मजात समस्या (congenital anomalies) छ कि छैन भनेर पत्ता लगाउन मद्दत गर्छ।

⏱ कुन बेला गर्ने?

गर्भ १८–२२ हप्ता हुँदा (४.५–५.५ महिना)
यही समय सबैभन्दा उपयुक्त मानिन्छ।
यो समय बच्चाका सबै अंगहरू विकास भइसकेका हुन्छन् र अल्ट्रासाउन्डले स्पष्ट देखिन्छ।

⭐ किन गर्नुपर्छ? फाइदाहरू

1) बच्चामा समस्या छ/छैन थाहा हुन्छ

जस्तै–
दिमागको समस्या
मुटुको खराब संरचना
Down syndrome का संकेत
Spine (spina bifida)
हातखुट्टामा विकृति
मृगौला, मूत्राशयका समस्या
त्यस्तै धेरै जन्मजात असामान्यताहरू पत्ता लगाउन सकिन्छ।

2) गर्भ सुरक्षित छ कि छैन बुझ्न सकिन्छ

प्लेसेन्टाको स्थिति
पानीको मात्रा
बच्चाको बढ्ने गति

3) डेलिभरी कसरी गर्ने? योजना बनाउन सजिलो हुन्छ

4) समस्या देखिएमा समयमै उपचार/व्यवस्थापन सुरु गर्न सकिन्छ

🧾 स्क्यान गर्दा के–के जाँच्छन्?

Baby का सबै major organs
Baby को movement र development
heartbeat
Placenta कहाँ छ?
Umbilical cord ठीक छ कि?
पानी कति छ?
Twins भए दुवैको विकास

❓ स्क्यान सुरक्षित हो?
यसले बच्चामा कुनै किसिमको हानी गर्दैन।
अल्ट्रासाउन्ड 100% सुरक्षित मानिन्छ।

नाेट:
एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ कि congenital defects को दर 52 प्रति 10,000 बच्चा हो, जुन करिब 0.52 % हुन्छ ।

अन्या जानकारिकाे लागी
शुभलाभ पाेलिक्लिनिक प्रा.लि.
010521153,9851221153

17/11/2025

मधुमेह नियन्त्रणमा खानपानको भूमिका

भनाई नै छ स्वस्थ नै ठूलो धन हो। तर बढ्दो आधुनिकीकरण, विलासी जीवनशैली र अस्वस्थकर खानपानका कारण मोटोपन, मुटुरोग, उच्च रक्तचाप, मधुमेह, मष्तिष्कघात, पक्षघातलगायतका दीर्घकालिन रोग विश्वभर बढ्दो छ। यस्ता रोग नियन्त्रणमा राख्न यी ५ बुँदालाई हामीले सधैं ध्यान दिनुुपर्छ। ती हुन् :

१. स्वस्थकर खानपान

२. नियमित व्यायाम

३. औषधि उपचार

४. तनावबाट मुक्त

५. नियमित जाच तथा परामर्श

मधुमेह भएका वा मधुमेहको उच्च जोखिममा रहेका व्यक्तिले खानपान र जीवनशैलिमा परिर्वतन गरेको खण्डमा धेरै हदसम्म मधुमेह नियन्त्रणमा राख्न सकिन्छ र औषधिको प्रयोग कम वा औषधि नै प्रयोग गर्नु नपर्ने स्थिति पनि आउन सक्छ। जसले गर्दा मधुमेहबाट हुने अन्य जोखिमबाट पनि हामी बच्न सक्छौं। मधुमेहीले सधै के कुरा ध्यानमा राख्नु पर्छ भने सुगर लेभल के खानेकुराले भन्दा पनि कति मात्रामा खानेकुरा खाने भन्ने कुराले निर्भर गर्छ। त्यसैले कति मात्रामा खानु हुँदैन भनेर ध्यान दिन जरुरी छ।

तपाईुंलाई कति खानपान आवश्यक छ भन्ने कुरा तपाईंको उमेर, उचाई, लिङ्ग, तौल, शारीरिक कृयाकलाप र तपार्इंले प्रयोग गर्ने औषधिमा निर्भर हुने गर्छ । तसर्थ डाईटिसियनलाई भेटेर खानाको उचित परामर्श लिएमा एकदमै लाभदायक हुन्छ।

सामान्यतया हामी के सल्लाह दिन्छौं भने हरेक खानपानमा रेसादार वा खस्रो प्रकारका बस्तुहरु दैनिक रुपमा समाबेस गर्नुहोस्। जसले तपाईंको सुगर लेभल नियन्त्रनमा राख्नुका साथै उच्च रक्तचाप, हाई कोलेस्टेरोललाई पनि नियन्त्रणमा राख्न मद्धत गर्दछ। रेसादार वा खस्रो प्रकारका वस्तु भन्नाले सागपात, तरकारी, फलफुल, खोस्टासहितको वस्तुलाई बुझ्छौं।

मधुमेह भएका व्यक्तिले वा मधुमेहको उच्च जोखिममा रहेका व्यक्तिले कार्बोहाईड्रेट बढीमात्रामा पाईने वस्तुहरुको प्रयोग कम मात्रामा गर्नुपर्छ। अन्नजन्य वस्तु, आलु, तरुल, पीँडालु, सखरखण्ड, ईत्यादिमा कार्बोहाईड्रेटको मात्रा अन्य वस्तुमा भन्दा अलि बढी मात्रामा पाईन्छ। त्यसैले यी वस्तुको प्रयोग ठीक मात्रामा मात्र गर्नुपर्छ।

तसर्थ हामीले प्रत्येक छाकमा अन्नको तुलनामा तरकारीको प्रयोग बढी मात्रामा गर्नुपर्दछ। मैदाजन्य परिकारले सुगर लेभल चाँडो बढाउने भएकाले यस्ता वस्तु प्रयोग कम वा गर्नुहुन्न।
प्रशस्त खान सकिने कुराहरू :
- सादा सलाद जस्तै काँक्रो, मुला, गाँजर, गोलभेडा, प्याज आदि।
- सागसब्जी वा सागसब्जीको सुप
- पातलो मही, कागती पानी

ध्यान दिनुपर्ने अन्य कुराहरू :
- खाना पकाउँदा तेलको प्रयोग कम गर्ने अर्थात चिल्लो कम गर्ने।
- बोसो भएको मासु, भित्री अंगको मासु जस्तै कलेजो, मुटु, फोक्सो आदि नखानुहोस्।
- तेलमा फ्राइ गरेको वा धेरै तेल हालेर बनाको परिकार जस्तै पुरी, पकौडा, डोनट, सेल, समोसा, आलुचिप्स, तारेको पापड, तेलमा डुबाएर बनाइएका अचार, आदि नखानुहोस्।
- चिनी तथा चिनीजन्य खानेकुरा जस्तै चकलेट, ग्लुकोज, जाम, केक, आइसक्रिम, मह, चाकु, सक्खर, गुलियो बिस्कुट आदि नखानुहोस्।
- ताजा फलफुलबाहेक टिनमा बन्द फलफुल तथा फलफुलका जूसहरु नखानुहोस्।
- हल्का पेय पर्दाथ जस्तै कोकाकोला, पेप्सी, फेन्टा, स्प्राइट आदि नखानुहोस्।
- मादक तथा सुर्तीजन्य पदार्थको प्रयोग नगर्नुहोस्।

मधुमेहबारे केही भ्रमहरू :
भ्रमः सेतो (सधै खाने) चामलबाहेक अन्य अन्न जस्तै रोटी, उसिना चामल जति खाए पनि हुन्छ
सत्यः सबै अन्नमा लगभग उस्तै मात्रामा कार्बोहाईड्रेट पाईने भएकाले जुन अन्न चलाए पनि उही अनुपातमा खानुहोस् अर्थात् अन्नभन्दा तरकारी बढी राख्नुहोस्।
भ्रमः चामललाई धेरैपटक पखालेर माड फालेर कार्बोहाईड्रेट नष्ट हुन्छ।
सत्यः चामललाई धेरैपटक पखालेर माड फाले पछि कार्बोहाईड्रेट नष्ट हुनुको साटो पानीमा घुलनशिल भिटामिन नष्ट हुन्छ।
भ्रमः जमिनमुनी उत्पादन हुने खाद्यपदार्थ खानुहन्न।
सत्यः काँक्रो, मुला प्रशस्त खान सकिन्छ। अन्य जमिनमुनीको वस्तुलाई पनि अनुपात मिलाएर खान सकिन्छ। जस्तै अन्नको सट्टा उही अनुपातमा आलु खान सकिन्छ।
भ्रमः चिनीको सट्टा मह खान हुन्छ।
सत्यः महमा पनि कार्बोहाईड्रेट बढी मात्रामा पाईने हुनाले नखानुहोस्।
भ्रमः गुलियो फलफुल खानुहुन्न। जस्तै केरा।
सत्यः हरेक खानेकुराको आ–आफ्नै विशेषता हुने भएकाले ठीक्क अनुपातमा मिलाएर खान सकिन्छ। जस्तै एउटा स्याउको सट्टा आधा केरा खान सकिन्छ।
भ्रमः अण्डाको पहेंलो भाग खानुुहुन्न।
सत्यः अण्डाको पहेलो भागमा कोलेस्टेरोल हुने भएकाले धेरै जनाले अण्डा नै खान छाडेको पाईन्छ। तर अण्डाको पहेंलो भागमा कोलेस्टेरोल मात्र नभएर अन्य राम्रो प्रकारका शरीरलाई आवश्यक पर्ने भिटामिन पनि पाईने भएकाले माछामासु दैनिक नखाने ब्यक्तिले दिनको एउटा अण्डा खान सकिन्छ। एक भन्दा बढी अण्डा खाएमा बाँकी अण्डाको पहेंलो भाग हटाउन सकिन्छ।
भ्रमः सुगर फ्रि बिस्कुट, ओट्स, कर्नफ्लेक्स, आदि सुगरका लागि राम्रो हुन्छ।
सत्यः यी वस्तु पनि अन्नबाटै बनेको हुनाले कार्बोहाईड्रेटको मात्रा बढी हुन्छ त्यसैले यस्ता वस्तुहरु पनि कम या अनुपात मिलाएर ठिक्क मात्रामा सलाद, तरकारीहरु राखेर खान सकिन्छ।

सुझाव :
- आफ्नो जीवनशैलि, खानपानलाई परिवर्तन गर्नुहोस्।
- दैनिक शारीरिक व्यायाम गर्नुहोस्।
- खानामा अन्नको मात्रा सधै उस्तै राख्नुहोस्।
- एउटै समयमा खाने बानी गर्नुहोस्।
- खानपान फेरबदल गरेर खानुहोस्।

Raju LoppaG-one SilawalKopila LamaDipak LoppaRanjit SilwalJob vacancy for lab Technician
02/06/2022

Raju LoppaG-one SilawalKopila LamaDipak LoppaRanjit Silwal
Job vacancy for lab Technician

Successfully amputation done today (By orthopedic surgeon dr. Divya Purush Dhakal)
28/05/2022

Successfully amputation done today
(By orthopedic surgeon dr. Divya Purush Dhakal)

भोली मिति २०७९ साल बैशाख १० गते       रु ४०० मै थाईराईडको रगत परिक्षण
22/04/2022

भोली मिति २०७९ साल बैशाख १० गते
रु ४०० मै थाईराईडको रगत परिक्षण

मति २०७९ बैशाख ३ गते शनिबार उपलब्ध बिषेशज्ञ डाक्टर विबरणजनरल फिजिसियन डा.अर्जुन मर्हजन प्रसुती तथा महिला रोग  बिशेषज्ञ  ...
11/04/2022

मति २०७९ बैशाख ३ गते शनिबार उपलब्ध बिषेशज्ञ डाक्टर विबरण
जनरल फिजिसियन डा.अर्जुन मर्हजन
प्रसुती तथा महिला रोग बिशेषज्ञ डा. धन लक्ष्मी गुरुङ्ग
रेडियोलोजिस्ट डा.निरज तिवरी

08/04/2022
मिती २०७८ चैत २३ गते वुधवार
03/04/2022

मिती २०७८ चैत २३ गते वुधवार

हाडजोर्नि तथा नशा रोग विषेशज्ञ डाक्टर द्वारा सेवा संचालन वारे सुचना
यहि मिति २०७८ फाल्गुन 11 गते बुधबार राष्ट्रिय ट्रमा सेन्टर काठमाडौका हाडजोर्नि तथा नशा रोग विषेशज्ञ डाक्टर सबिन पोखरेल द्दारा हाडजोर्नि तथा नशा रोगसम्बन्धि प्रतेक बुधबार स्वास्थ्य परिक्षण गराइने भएकोले निम्न समस्य भएमा बिरामीले सम्पर्क गर्नु होला जस्तै,
१, हात खुट्टा भाँचिएर अपरेसन तथा प्लाष्टर गर्नु परेमा ।
२,लामो समय देखी ज्यान हाड मासु दुख्ने ।
३ उकालो ओरालो गर्दा घोडा तथा पैतालाको दुखाई ।
४ शरिरको कुनै पनी जोर्नी चलाउन नमिल्ने वा तलमाथी गर्दा दुखाई भएमा ।
५,हरेक किसिमको नशाको समस्या भएमा,नशा च्यापिएमा, जोर्नी सुन्नीने, लामो समय देखिको जोर्नी दुख्ने समस्या,
६, हातगोडा झम्झमाउने,घोडामा पानी जम्ने समस्य भएमा ।
समय ः
बुधबार ः विहान १०ः०० बजे देखी बेलुका ५ः०० बजे सम्म
सम्पर्क ठेगाना ः
शुभलाभ पोलिक्लिनिक प्रा.ली.
निलकण्ठ ३, धादिङ पुछार बजार
पुल्चोक प्रहरी बिट अगाडी
फोन नं. ०१०–५२११५३,मो.नं. ९८६०१२१९१५,९८५१२२११५३

प्रतेक दिन MBBS डाक्टरहरु द्दारा सेवा प्रदान
30/03/2022

प्रतेक दिन MBBS डाक्टरहरु द्दारा सेवा प्रदान

मिति २०७८ चैत १९ गते शनिबार गर्भाशयस्राव परीक्षण (प्याप स्मेयर)  ५० प्रतिशत छुटमा मात्र रु ६००मा गरिन्छ है ।
28/03/2022

मिति २०७८ चैत १९ गते शनिबार गर्भाशयस्राव परीक्षण (प्याप स्मेयर) ५० प्रतिशत छुटमा मात्र रु ६००मा गरिन्छ है ।

Address

Puchar Bazzar Dhading
Dhading
44600

Telephone

+9779851221153

Website

Alerts

Be the first to know and let us send you an email when Shuvalabh polyclinic pvt.ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Shuvalabh polyclinic pvt.ltd:

Share