Nisarg Orthopaedics Team, Dr. Sriram/ Dr. Omkar

Nisarg Orthopaedics Team, Dr. Sriram/ Dr. Omkar Health care service in Far Western Nepal.

३ महिना पहिला हाम्रो टिमले जांघको जोर्नीको भाग टुटेको ( posterior wall with posterior column with anterior column with q...
10/08/2022

३ महिना पहिला हाम्रो टिमले जांघको जोर्नीको भाग टुटेको ( posterior wall with posterior column with anterior column with quadrilateral plate acetabulum fracture with communited fracture of iliac blade ) बिरामीको सफलतापूर्वक सल्यक्रिया( modified Stoppa approach with lateral iliac window+ Kocher Langenbeck approach) गरेको थियो । यो शल्यक्रिया एकदमै जटिल प्रकृतिको मानिन्छ र यसको लागि विशेष खालको औजारहरूका साथसाथै अब्बल टिम पनि जरुरत पर्छ। ठूल्ठूला सुविधासम्पन्न अस्पतालहरुमा तथा मेडिकल कलेजहरुमा मात्र सम्भव हुने यस्तो जटिल प्रकृतिको शल्यक्रिया सुदूरपश्चिममै गर्न पाउँदा हामी एकदमै गौरवान्वित महसुस गर्छौं । ३ महिना पछि जचाउन आउंदा बिरामी बिना सहायता हिड्डुल गर्न सक्ने, पलेटी कसेर बस्न सक्ने र टुक्रुक्क भुइँमा बस्न सक्ने हुनु भएको छ। बिरामीको सन्तुष्टि र खुशी देखेर एकदमै खुशी महसुस भयो। यस्ता जटिलभन्दा जटिल प्रकृतिका शल्यक्रिया पनि गर्दैजाने र सुदूरपश्चिम बासीलाई सुदुरपश्चिममै सेवा दिने अठोटका साथ हाम्रो टिम अगाडि बढेको छ । यो शल्यक्रिया हाडजोर्नी विशेषज्ञद्वय डा. श्रीराम खाती र डा. ओमकार विष्ट तथा एनेस्थेसियोलोजिस्ट डा हेमन्त ओझा र डा सुनिल भट्टको टिमले गरेको हो।

हामीले निसर्ग अस्पताल धनगढीमा मेरूदण्डको शल्यक्रिया नियमित रूपमा सुरु गरेको पनि एक बर्षभन्दा बढी भैसकेछ। गर्दन देखी कम्म...
24/05/2022

हामीले निसर्ग अस्पताल धनगढीमा मेरूदण्डको शल्यक्रिया नियमित रूपमा सुरु गरेको पनि एक बर्षभन्दा बढी भैसकेछ। गर्दन देखी कम्मर सम्मको हड्डी भाँचिएका बिरामीहरूको शल्यक्रिया एक बर्षदेखि नियमित रूपमा गरेर सेवा दिन पाउंदा हामी एकदमै खुशी छौं । केही बर्ष पहिला सम्म मेरूदण्डको हड्डी भाँचिएका बिरामीहरू नेपालगन्ज, काठमाडौं या भारततिर जानुपर्ने बाध्यता थियो। बिरामीलाई टाढासम्म पु-याउंदा झन जटिलता बढेर निको हुनसक्ने सम्भावना भएका बिरामीहरूमा समेत प्यारालाइसिस् को सम्भावना बढ्ने डर हुन्थ्यो। बिरामीले एकपल्ट शल्यक्रिया भैसकेपछि फेरि समय समयमा जचाउन जान नसक्ने अवस्था आउंथ्यो। यस्तो जटिल शल्यक्रिया सेवा समेत सुदूरपश्चिममै दिन पाउंदा हामी एकदमै गौरवान्वित महसुस गर्छौँ। यी शल्यक्रियाहरू न्युरोसर्जन डा सुरेश सापकोटा, अर्थोपेडिक सर्जनद्धय डा श्रीराम खाती र डा ओमकार बिष्ट तथा एनेस्थेसियोलोजिष्टद्धय डा हेमन्त ओझा र डा सुनिल भटृ सम्मिलित टीमले गरेको हो।

हाडजोर्नी शल्यक्रियामध्येकै जटिल मानिने हिप तथा पेल्भिस (hip and pelvis surgery) सर्जरी हाम्रो टिमले नियमित रूपमा सफलताप...
23/03/2022

हाडजोर्नी शल्यक्रियामध्येकै जटिल मानिने हिप तथा पेल्भिस (hip and pelvis surgery) सर्जरी हाम्रो टिमले नियमित रूपमा सफलतापूर्वक गर्दै आएको छ। झण्डै एक बर्ष देखि नियमित रूपमा सुदूरपश्चिममै सेवा उपलब्ध भएकाले धेरै जना बिरामीहरू टाढा टाढा जानुपर्ने बाध्यताको अन्त्य भई अनावश्यक सास्ती भोग्नबाट बचाउन सकेकोमा हामीलाई गर्व महसुस हुन्छ। हामी त्यस्ता शल्यक्रियाहरू गर्न प्रतिवद्ध छौं जुन सुदूरपश्चिममा पहिले भएकै छैनन्।

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Nisarg Orthopaedics Team, Dr. Sriram/ Dr. Omkar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category