Osisakhabar.com

Osisakhabar.com center where you can find all kinds of medicine, surgical goods, and all kinds of baby products in reasonable price.

सरकारले तयार पार्‍यो भूकम्प प्रतिरोधी घरको डिजाइनकाठमाडौ, वैशाख ३१ - सरकारले भूकम्पबाट घर गुमाएकाहरूका लागि सस्तो र भूकम...
14/05/2015

सरकारले तयार पार्‍यो भूकम्प प्रतिरोधी घरको डिजाइन

काठमाडौ, वैशाख ३१ - सरकारले भूकम्पबाट घर गुमाएकाहरूका लागि सस्तो र भूकम्प प्रतिरोधी गरेको डिजाइन तयार परेको छ । राष्ट्रिय योजना आयोग र सहरी विकास मन्त्रालयले तयार पारेको उक्त डिजाइन आइतबारसम्ममा मन्त्रिपरिषद्मा बुझाउनेछ ।

आयोगका उपाध्यक्ष गोविन्द पोखरेलका अनुसार डिजाइनका विषयलाई दुई संस्थाले भने पारित गरिसकेका छन् । ‘बुधबार बसेको आयोग तथा मन्त्रालयको बैठकले डिजाइनलाई स्वीकृत गरिसकेको छ,’ उनले भने, ‘यी डिजाइन भविष्यमा अन्य घर बनाउनका लागि पनि प्रयोग गर्न सकिने खालका छन् ।’

यसरी तयार पारिएको डिजाइनअनुसार प्रभावित स्वयंले घर बनाउनुपर्नेछ । त्यसमा घर गुमाएकालाई सरकारले दिने रकमको उपयोग गर्न सकिने पोखरेलले बताए । धेरैलाई सरकारले घरै बनाइदिने भन्ने भ्रम परेकाले त्यसमा नझुक्किन पोखरलले आग्रह गरेका छन् । ‘सरकारले घर बनाएर दिने होइन,’ उनले भने, ‘केही सहयोग सरकारले गर्छ । अरू केही मेहनत आफैं गर्नुपर्छ ।’

सस्तो र भूकम्प प्रतिरोधात्मक घरका लागि कुनै नयाँ खालका सामग्री प्रयोग गर्न जरुरी छैन । छानाका लागि टेन्ट या जस्ताको प्रयोग गर्ने र बिम तथा अन्य भागमा काठ, बाँस र पाइपको प्रयोग गर्न सकिने छ । ‘अल्पकालीन योजनाअन्तर्गत बनाइने घर धेरै अग्ला हुने छैनन्,’ पोखरेलले भने । अहिले डिजाइन गरिएका घरहरू छोटो समयका लागि हुनेछ । पोखरेलका अनुसार वर्षामा समस्या नहोस् भनेर तत्कालका लागि यो विकल्पमा काम गरिएको हो । ‘दीर्घकालीन योजनाअन्तर्गतका घरका डिजाइन दुई महिनाभित्र सरकारलाई बुझाउने लक्ष्य छ,’ उनले भने । इन्जिनियरका अनुसार काठको सिलिङ र धेरै भागमा काठको प्रयोग गरिएका घरहरू नभत्कने खालका हुन्छन् ।

पोखरेलका अनुसार अनुभवी इन्जिनियरहरूको सहयोगबाट डिजाइन बनाइएकाले यस्ता घरमा बस्नेहरू सुरक्षित रहनेछन् । वैशाख १२ यता बारम्बार आएको भूकम्पका झट्काका कारण मुलुकभर पूर्ण र आंशिक रूपमा गरी झन्डै पाँच लाख घर ध्वस्त भएका छन् । यसमध्ये २ लाख ८८ हजार घर पूर्ण क्षतिग्रस्त छन् ।

सरकारले घर बनाउन २ लाख रुपैयाँ राहतको घोषणा गरेको छ । गृह मन्त्रालयका अनुसार भूकम्पका कारण क्षतिग्रस्त भएका घरमध्ये पूर्ण रूपमा नभत्केको तर बस्नयोग्य नभएको घर भत्काएर भूकम्प प्रतिरोधात्मक घर बनाउन चाहनेलाई पनि राहत पाउने सूचना सार्वजनिक गरिसकेको छ ।

‘हामीले तयार पारेको डिजाइन अनुसारको घर बनाउन सानो परिवारका लागि सरकारले दिने राहत पर्याप्त हुन्छ,’ उनले भने, ‘ठूलो परिवारका लागि रकम नपुगे सस्तो ब्याजदरको ऋण पनि पाउनेछन् ।’

नेपाल राष्ट्र बैंकले भूकम्प पीडितका लागि आवश्यक व्यवस्थापन गर्न २ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने निर्णय गरिसकेको छ । राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठका अनुसार यसको कार्यविधि बनिरहेको छ ।

दीर्घकालीन योजनाअन्तर्गत भने आयोग र सहरी विकास मन्त्रालय भूकम्प प्रतिरोधात्मक घरको क्याटलग तयार गर्ने जानकारी उनले दिए । घरको बाहिरी आवरण कस्तो देखाउने त्यसको निर्णय घरधनी आफैंले गर्न सक्नेछन् ।

नेपाल भूकम्पीय जोखिममा रहेको बारम्बार सार्वजनिक भइरहे पनि घरधनी, इन्जिनियर र सरकारी अधिकारी स्वयंले चासो देखाएका थिएनन् । त्यसैले यसपालिको भूकम्पमा धेरै विनाश भएको छ । अब भने सरकारले भूकम्प प्रतिरोधात्मक संरचनामा कडाइ गर्नुपर्ने माग भइरहेको छ ।

13/05/2015

बारपाकबाट चितवन सर्दै

गीतानगर (चितवन), वैशाख ३० - बारपाक १ स्थित स्नानका ७६ वर्षीय भागीमान गुङ अझै त्रसित छन्। भूकम्प आएको दिन बिर्सन उनलाई गाह्रो भइरहेको छ। झन् मंगलबार आएको भूकम्पले त्रास थप्यो। सपनामा सधैं भूकम्प आएको देखेर ब्युँझिरहन्छन। भूकम्प आएको दिन उनी आँगनमा बसिरहेका थिए। आँगन एकतमासले हल्लिरह्यो। सुमा के भएको भनेर पत्तो पाउन सकेनन्। घर भित्र नुहाउंदै गरेका नाति भुइँचालो आयो भन्दै चिच्याउँदै निस्किए। सबैजना भागेर मकैबारीमा पुगेर ज्यान जोगाए।

भाग्दाभाग्दै घरहरू एकनासले ढल्दै गरेको देखे। धूलो उडिरह्यो। बारीबाट परिवारका सबैले आत्तिंदै वरिपरिको दृश्य नियाले। ‘हेर्दाहेर्दै गाउँ उजाड बन्यो,’ उनले भने,‘बस्ने ठाउँ पनि रहेन, खेती लगाउने ठाउँ पनि भएन।’ १ दिन लगाएर भरतपुर २२ स्थित गीतानगरको छिमेकी टोलमा रहेको बुहारीको माइत आएर बसेको उनले बताए। उनीसहित ५ जनाको परिवार अहिले बुहारी रूपाको दाइ प्रेमको घरमा आश्रय लिइरहेका छन्। २०३६ सालदेखि बारपाकबाट आएर सुकुम्बासी बस्तीमा बस्नेको संख्या धेरै छ। त्यही भएर १ साताअघि उनीहरू यता आए।

‘घरमा बस्ने ठाउँ छैन, कुन बेला पहिरो झरेर पुर्ने हो थाहा छैन,’ रूपाले भनिन्,‘ज्यान जोगाउन दाइको घरमा आएर बसेका छौं, अब हिउँद नलागेसम्म गाउँ फर्किन्नौं।’ उनले कक्षा १० मा पढ्ने छोरीको पढाइसमेत प्रभावित भएको बताइन्। छोरी निलिमा बारपाकको हिमालय माविमा पढ्थिन्। तर अहिले विद्यालय भत्किएको छ। उनी गीतानगरको श्रीमाध्यमिक विद्यालय इन्द्रपुरीमा पढिरहेकी छन्। यो परिवार मात्र होइन। बारपाकबाट आफन्तको घर र कोठा भाडामा लिएर बस्न आउनेको संख्या दैनिक बढ्दै गएको छ। सबैभन्दा धेरै बारपाकका छन्।

‘घर बनाउँदै थिएँ,’ बारपाक ४ बाट आएका रामबहादुर गुङले भने, ‘अचानक भुइँचालो आयो, छिनभरमै हामी सुकुम्बासी बन्यौं।’ उनले गाउँमा बस्न सक्ने अवस्था नभएपछि परिवारसहित यता आएको बताए। उनका अनुसार अहिलेसम्म ३० देखि ४० घर परिवार यहाँ आइसकेका छन्। अधिकांश छोराछोरी पढाउन लिएर आउनेहरू छन्। गाउँमा अहिलेसम्म राहत नपाएको र बस्ने ठाउँ नभएपछि बाध्य भएर आफन्तको शरणमा आएको पीडित परिवारले बताए। केही गाउँले अझै पाल टांगेर बसेका छन्। बारपाक भूकम्पको केन्द्रबिन्दु भएकाले ठूलो क्षति भएको भूकम्प प्रभावित गाउँलेले बताए।

एक सातासम्म पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराएर फर्किएका घाइते बारपाक १ का २० वर्षीय सन्तोष गुङको मंगलबार आएको भूकम्पले सातो लग्यो। एकछिनसम्म काँपिरहे उनी। उनी १२ वैशाखमा पहिलोपटक भूकम्प आएको दिन घरमा सुतिरहेका थिए। घर भत्किएर पुरिए । टाउकोदेखि घुँडासम्मको भाग पुरिएपछि बेहोस भए। ‘हाम्रो सर भूकम्पमा परेर मर्नु भयो भन्दै विद्यार्थी खोज्न आए,’ उनले भने,‘त्यही आवाज सुनेर मेरो होस खुल्यो, बल्लतल्ल पुरिएको ठाउँबाट निस्किए।’ उनले ६ दिनपछि मात्र उपचारका लागि भारतीय सेनाको हेलिकप्टर चढेर पोखरा गएको बताए। उनको टाउको फुटेको थियो भने शरीरका विभिन्न अंगमा चोट लागेको थियो। बाटो नहुँदा र फोन सम्पर्क नहुँदा उनी ६ दिनसम्म रगत पुछ्दै बसी रहे।

‘सुमा उपचार नपाउँदा त बाँचिएला जस्तो लागेको थिएन,’ गीतानगरमा हजुरआमाको घरमा शरण लिन आएका उनले भने,‘ धन्न बाँचियो, अब तत्कालै गाउँ फर्किएर जाने अवस्था छैन।’ उनको टाउकामा ४ र नाकमा २ वटा टाँका लगाइएको छ। उनी गाउँकै श्रीकन्यादेवि निमाविका शिक्षक हुन्। बुवाआमा गाउँमै पाल टांगेर बसेका छन्। भाइबैनी चितवन आउन लागेको उनले बताए। बर्षातको समयमा पहिरो झर्ने त्रासले गाउँले धमाधम आफन्त खोज्दै यता आउने गरेका छन्। केहीले भने ज्यान जोगाउन यता आएको बताए। केही अभिभावकले चितवनमै ज्याला मजदुरी गरेर परिवार पाल्ने बताए। गाउँ नजिकै रहेको श्रीमाध्यमिक विद्यालय इन्द्रपुरीमा मंगलबारसम्म २१ जना बारपाकका विद्यार्थी पढ्न आएको प्रअ श्रीराम सापकोटाले बताए। त्यसमा ३ जना कक्षा १० का भएकाले भर्ना गर्न नमिल्ने र अन्य १८ जना भर्ना भई सकेको प्रअ सापकोटाले बताए।

13/05/2015

सावधानी अपनाउन आवश्यक

गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.९ रेक्टर स्केलको भूकम्प गएको अठारौं दिनको दिन सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ७.३ रेक्टर स्केलको भूकम्प गएपछि सर्वसाधारणमा त्रास देखिएको छ। त्यति मात्र होइन मंगलबार आधा घण्टाको बीचमा नै ५ रेक्टर स्केलभन्दा माथिका चार वटा भूकम्प गएकाले पनि सर्वसाधारणमा त्रासको वातावरण बढेको हो। सामान्यतया ठूलो भूकम्प गएको २४ घण्टाभित्र अर्काे ठूलो भूकम्प आउने सम्भावना रहने र त्यस्तो अर्को भूकम्प आएपछि झन्डै ८० वर्षसम्म ठूलो स्केलमा नआउने तर सानातिना पराकम्पनहरू आइरहने भूकम्पविद्हरूको भनाइ थियो। यस हिसाबले वैशाख १३ गते ६.९ रेक्टर स्केलको भूकम्प गएको र त्यसपछि सानातिना पराकम्पनहरू मात्रै भएकाले सर्वसाधारण ठूलो भूकम्प नआउने कुरामा ढुक्क जस्तै थिए। त्यसैका कारण काठमाडौंलगायत भूकम्प प्रभावित जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको थियो। तर, १८ दिनपछि ठूलो स्केलको भूकम्प आएपछि भने सामान्य र सहज बन्दै गएको जनजीवन फेरि एकपटक खल्बिलिएको छ।
आ–आफना घर फर्किएका सर्वसाधारणहरू मंगलबारको भूकम्पपछि फेरि खुला स्थानमा पाल टाँगेर बस्न थालेका छन्। एकपछि अर्को गरी आएको भूकम्पका कारण पनि यो अवस्था आएको हो। विशेषगरी काठमाडौंमा रहेका ठूला भवनहरू, खाली जग्गाको अभावका कारण सानो भूकम्प आउँदा पनि जनजीवन त्रस्त हुने गरेको छ। तर, यो अवस्थामा आत्तिनेभन्दा पनि सावधानी र चनाखो हुने बेला हो। भूकम्प आउँदा अपनाउनुपर्ने सावधानीको कमी र भूकम्प आएपछि सम्भावित उद्धारका लागि तम्तयार हुनुपर्ने संयन्त्रहरूको कमीलगायतका कारण पनि मानवीय क्षति बढी हुने गरेको छ।

मंगलबार गएको भूकम्पले पनि हजारभन्दा बढी घाइते भएका छन् भने दर्जनौंको जीवन गएको छ। १८ दिनअघि आएको भूकम्पले मुलुकमा ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ। अहिलेसम्मको तथ्यांक अनुसार वैशाख १२ गतेको भूकम्पले ८ हजारभन्दा बढीको मृत्यु भएको छ भने २ लाखभन्दा बढी घरहरू ध्वस्त भएका छन्। ४ लाखभन्दा बढी घरहरू बस्न नमिल्ने गरी भत्किए। १० हजारभन्दा बढी सरकारी भवनहरू ध्वस्त भएको र १५ हजारभन्दा बढी सरकारी भवन क्षतिग्रस्त भएको अनि ५० भन्दा बढी ऐतिहासिक तथा सांस्कृतिक सम्पदा भवनहरू ध्वस्त भए। यति ठूलो संरचना ध्वस्त बनाएको त्यो भूकम्पले थिलथिलो बनाएका संरचनाहरूलाई सानातिना पराकम्पनले समेत भत्काइदिने भएका कारण पनि सर्वसाधारण भयभीत हुने गरेका हुन्। त्यसमाथि मंगलबार ठूलो स्केलको भूकम्प आइदियो जसले अघिल्लो भूकम्पले खल्बलाएका संरचनाहरूलाई क्षतिग्रस्त बनाइदिएको छ।

त्यसैले पनि यस्तो सम्भावित जोखिमबाट बच्नका लागि सर्वसाधारण आफैले पनि सावधानी अपनाउनु आवश्यक छ। सर्वसाधारणले अपनाउने सावधानी भन्नाले चर्किएका तथा धराप भएका घर, पर्खाल र अन्य संरचनाहरूको नजिक बस्नु हुँदैन। भूकम्प आएको अवस्थामा आत्तिएर भागदौड गर्ने होइन, चनाखो हुने र पूर्वसावधानी अपनाएर सुरक्षित स्थानमा रहनु/बस्नु उपयुक्त हुन्छ। यसका साथै सरकारले पनि थप मानवीय तथा भौतिक क्षति हुन नदिनेतर्फ आवश्यक तयारी गर्न आवश्यक छ ।

12/05/2015

हे भगवान वैशाख १२ को जस्तो सन्त्रास नछाओस । सबैजना सम्पार्कमा रहनुहोला ।

यस्तो भाग्दौड कहिलेसम्म होला । हे भगवान दया त गर । हामी नेपाली लाई कती सम्म के ?
12/05/2015

यस्तो भाग्दौड कहिलेसम्म होला । हे भगवान दया त गर । हामी नेपाली लाई कती सम्म के ?

12/05/2015

दोलखा र सिन्धुपाल्चोक विचमा ७.१ रेक्टरस्केलको भूकम्प

राजधानीमा फेरि ठूलो भूकम्पको धक्का महशुस भएको छ। सिन्धुपाल्चोक र दोलखाको बिचमा केन्द्र बिन्दु बनाएर ७.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाए

12/05/2015

राजधानीमा शक्तिशाली भूकम्प

वैशाख १२ गते गएको विनाशकारी भूकम्पको पराकम्प्को रुपमा मंगलबार दिउँसो १२ बजर ५६ मिनेट जाँदा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

यो भूकम्प ६ रेक्टरस्केलभन्दा माथि रहेको विज्ञहरुले दावी गरेका छन् । पछिल्लो भूकम्प्ले पुर्याएको क्षतिको विवरण आउन सकेको छैन ।

12/05/2015

आरुघाटमा चहलपहल घट्यो

आरुचनौटे (गोरखा), वैशाख २७ - उत्तरपूर्वी यहाँको ऐतिहासिक व्यापारिक केन्द्र आरुघाट बजार भूकम्पपछि सुनसान छ । किनमेल गर्न आउनेहरू घटेपछि यो व्यापारिक केन्द्र प्रभावित भएको हो । बजार क्षेत्रका अधिकांश पुराना घरहरू भत्किएका छन् भने पक्की पनि सबै चर्किएका छन् ।

आफ्नै पसल अगाडि टोलाइरहेको भेटिएका स्थानीय गोपाल गुरुङ भीड थेग्न मुस्किल हुने बजारको अवस्था देखेर थकथकी मानिरहेका थिए । ‘बजारका धेरै घर भत्किए र भएका पनि चर्किएर बस्नै नमिल्ने भएका छन्,’ उनले भने, ‘पुरानो ऐतिहासिक बजारको यो हविगत भएको छ ।’ भूकम्पपछिको यतिका दिन बित्दा पनि व्यापारिक चहलपहल नभएको उनले बताए ।

धादिङको सिमानामा पर्ने यो क्षेत्रमा अवस्थित बजार यस भेगका उत्तरी क्षेत्रमा अवस्थित बासिन्दाको किनमेल गर्ने मुख्य व्यापारिक थलो मानिन्छ । गोरखा सदरमुकामबाट झन्डै ६५ किलोमिटर टाढा पर्छ । ‘पृथ्वी राजमार्ग बन्नुभन्दा अगाडि देखिको काठमाडौं पस्ने नाकाको ऐतिहासिक बजार हो आरुघाट,’ गाविस सचिव शत्रुघन श्रेष्ठले भने, ‘गरिमा बोकेको बजार भूकम्पले तहसनहस पार्‍यो । व्यापार व्यवसाय सबै चौपट छ ।’

पोखरालगायत ठाउँबाट आउनेहरू यहीँबाट हिँडेर ६ दिनमा काठमाडौं पुग्ने गर्थे । नेवार समुदायले पुस्तौंदेखि व्यापार व्यवसाय गर्दै आएको यो क्षेत्रमा १० वर्षयता अन्य जातजातिको बाहुल्य भएको उनले बताए । ‘गोरखाका उतरपूर्वी क्षेत्रका १८ र धादिङका चार गाविसको किनेमल गर्ने मुख्य केन्द्र हो,’ उनले भने, ‘अवस्थामा बिस्तारै सुधार आउला ।’

सदरमुकाम गोरखा बजारपछिको जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको यस क्षेत्रमा होटल रेस्टुराँदेखि अस्पताल, कलेज र विभिन्न व्यापारिक पसल छन् । बजार क्षेत्रमा मात्रै ५ सय घरधुरी रहेकोमा भूकम्पले अधिकांशमा क्षति पुगेको गाविस सचिव श्रेष्ठले जानकारी दिए ।

गाविसभर १३ सय ९५ घरधुरी रहेकामा एक हजार वटा पूर्ण रूपमा ध्वस्त छन् । यहाँ घरमा च्यापिएर १२ जनाको ज्यान गएको छ ।

घटनापछि अधिकांश पसल खुलेका छैनन् । बजार क्षेत्रमा घर भएकाहरू पाखो बारीमा त्रिपाल टाँगेर बसेका छन् भने केही विस्थापित पनि भएको स्थानीयले बताए । किनेमल गर्न आउनेहरूको भीडले दिनहुँजसो खुट्टा टेक्ने ठाउँ नहुने बजारको यो अवस्था देखेर स्थानीय चिन्तित देखिएका छन् ।

बजारमा व्यवसायी गर्दै आएका हस्तबहादुर गुरुङले भने, ‘तीनदेखि पाँच दिन टाढाका विकट गाउँबाट पनि किनमेल गर्न आउने यो बजार खै कहिले फेरि पुरानै जस्तो होला । छक्क परेको छु ।’

यहाँ धादिङ सदरमुकाम, बेनीघाट हुँदै तथा गोरखा सदरमुकाबाट कच्ची बाटो हुँदै गाडीमा झन्डै ६ घण्टामा पुग्न सकिन्छ । संसारकै अग्लामध्येको पाँचौं हिमाल मनास्लु जानेहरूका लागि यो मुख्य नाका पनि हो । यहाँका थोक व्यापारीहरू व्यापारका लागि तिब्बतसम्म पुग्ने गरेको स्थानीय लक्ष्मी शर्माले बताए । ‘लार्केपास जाने आउने पर्यटक यहाँ बास बसेर जान्छन्,’ उनले भने, ‘पर्यटकीय हिसाबले यो ठाउँ प्रख्यात हो ।’

09/05/2015

घामताप्ने मोहले बचायो एकसय एक वर्षीया वृद्धालाई

२६ वैशाख, गोरखा । घरभित्र चिसो महसुस भएपछि घाम ताप्न बाहिर निस्किँदा गोरखाकी एकसय एक वर्षकी वृद्धा भूकम्पबाट बाँच्न सफल भएकी छन् ।

मुटुको समस्याले धेरैजसो घरभित्रै बस्ने मकैसिङ गाविस-९ निवासी एकसय एक वर्षीया सन्तमाया गुरुङलाई त्यो दिन घाम ताप्ने इच्छाले बचायो ।

गोरखा बारपाक गाविसलाई केन्द्रबिन्दु बनाएर यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पका दिन सन्तमाया खाना खाएर घाम ताप्न पिँढीमा बसेकी थिइन । त्यसैबेला भूकम्प आएको थाहा पाएपछि कान नसुन्ने सन्तमायालाई नाती किरण गुरुङले बोकेर सुरक्षित स्थानमा पुर्‍याए । ९० सालको भूकम्प जाँदा त थाहा पाएकी थिएँ, यसपालिको भूकम्प जाँदा कानले नसुन्ने भएर होला त्यति चाल पाइनँ, उनले भनिन् “९० सालको भूकम्पमा म काठमाडौँको डल्लुमा कोठा भाडामा बस्थेँ, मेरो बुढा रणबहादुर गुरुङ सुवेदार हुनुहुन्थ्यो, उहाँले भुइँचालो आयो भनेर मलाई बचाउनुभएको थियो ।”

छ वर्षदेखि श्रीमान्को पेन्सन थाप्दै आएकी सन्तमायाका ७८ वर्षीय छोरा दुर्गाबहादुर गुरुङले आमालाई अहिलेसम्म कुनै रोग नदेखिएपनि पछिल्लो समयमा सामान्य मुटुको रोग देखा परेको बताए । सन्तमायाका दुईवटा घर बस्न नमिल्ने गरी भत्किएका छन् ।

सोही गाविस-९ की ९८ वर्षीया काली गुरुङ पनि घाम ताप्न आँगनमा बस्दा बाँच्न सफल भए । त्यसैगरी, भूकम्पको समयमा घरभित्रै रहेका मकैसिङ-९ कै ८२ वर्षीया इन्द्रबहादुर गुरुङ भने भूकम्प आएको थाहा पाएपछि भाग्न सफल भए । जम्मा ६ सय १६ घरधुरी रहेको मकैसिङ गाविसका ९० प्रतिशत पुराना घर बस्न नमिल्ने गरी ध्वस्त भएका छन् ।

त्यसैगरी, पाँच प्रतिशत नयाँ घर पनि बस्न नमिल्ने गरी चर्किएका छन् । मकैसिङमा मानवीय क्षति भने भएको छैन । करिब दर्जन घाइते भएको स्थानीयवासी चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

मगर, चेपाङ, ब्राहृमणलगायतको बसोबास रहेको मकैसिङ गाविसमा गुरुङ समुदायको बसोबास रहेको छ । स्थानीय भूकम्पपीडित रामचन्द्र अधिकारीले राहत मात्र भन्दा पनि दीर्घकालीन बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरे । मकैसिङमा भत्किएका घरहरू व्यवस्थित गर्ने काम अहिलेसम्म सुरु भएको छैन । मकैसिङसँगै जोडिएका गाविसहरू ताङलुङ, घैरुङलगायतका गाविसमा समेत घरहरू प्रयोग गर्न नमिल्ने गरी क्षतिग्रस्त भएका छन । रासस

02/05/2015

नेताहरुलाइ अनुरोध
हरि तिवारी
गोरखाको बारपाकलाइ केन्द्र बनाएर आएको बिनासकारी महाभुकम्पले गर्दा हजारौ जनता मरेका र हजारौ घाइते साथै लाखौ जनता प्रभाबित भएका छन ।हाम्रो देशको सरकारले सिन्धुपाल्चोक , गोरखा, धादिङ , नुवाकोट लगायत केही जिल्लालाइ भुकम्प प्रभावित क्षेत्र घोषणा त गर्यो तर महाभुकम्प गएको पनि आज एक हप्ता हुदा समेत ति क्षेत्रमा अझ पनि उद्दार टोलि पुग्न सकेको छैन किन ? राहत सामाग्री राजधानीमा नै थन्किन्छ किन ? गाउँ गाउँ किन पुग्दैन ? हाम्रा नेता अरु बेला गाउँ गाउँ जाने आज बिपत पर्दा कता छन ? उद्दार र राहत का लागि स्वदेशी तथा बिदेशी सहयोग अरबौ रकम र सामान छ्न । ती सामान गाउँ लादा किन कम लगिन्छ ? जनसङ्ख्या कति छन बुझेर मात्र सो अनुसारको राहत लिएर गाउँ गाउँ जानू पर्यो नेताजी काठमान्डौमा मात्र बस्ने होइन । हामी जनतालाइ सात बर्षसम्ममा संविधान नदिएपनी आज नेपाली जनता खुल्ला आकाशमुनी छन छिटो भन्दा छिटो राहत लिएर गाउँ जानू जनता हजुरहरुको प्रतीक्षामा छन ।

01/05/2015

फेसबुकले जुटायो अर्ब , मालिकबाट २० करोड

काठमाडौ, वैशाख १८ - फेसबुकको माध्यमबाट नेपालका भूकम्प पीडितलाई सहयोर्थ एक अर्ब रुपैयाँ सहयोग जुटेको छ । इन्टरनेटशन मिडिया कर्पले सुरु गरेको अभियानमा फेसबुकमार्फत यो रकम जुटेको हो । दुई दिनमा यति रकम जुटेको फेसबुक मालिक मार्क जुकरवर्गले स्टाटसमार्फत जानकारी गराएका छन् ।

शुक्रबार आफ्नो फेसबुक प्रोफाइलमार्फत जुकरवर्गले नेपाललाई व्यक्तिगत रुपमा २ मिलियन डलर (करिब २० करोड) सहयोग गर्ने घोषणा गरेका छन् ।

फेसबुकले नेपालका भूकम्प प्रभावितलाई लक्षित गरी सुरु गरेको सेवा ‘मार्क सफ’मा ७० लाख प्रयोगकर्ताले मार्क सेफ गरेको बताएको छ । यस्ता अपडेट एक अर्ब ५० करोड प्रयोगकर्तालाई सूचित गरिएको बताइएको छ ।

30/04/2015

गोरखा : सुत्केरी व्याथाले घरमै थलिएकी सौरपानी–९ शिम्भुकी सुनकुमारी गुरुङलाई शनिबारको भुइँचालोमा ढलेको घरले पुर्यो ।
एकातिर सुत्केरी व्यथा, अर्कोतिर घरको बडेमानको गारोले पुरिएको अत्यास । ‘म त बाँच्दिन भनेको थिएँ, दैवले बचायो’ गोरखा अस्पतालको शैयामा भेटिएकी उनले रुँदै भनिन् ‘दिनभर ढुंगामाटो मुनि थिएँ । बेलुकी ६ बजेतिर गाउँलेले निकालेपछि छोरी जन्माएँ ।’छोरी जन्माएपछि माछामासु त परको कुरा उनले गाउँबाट एकघण्टा परको तोरोङ जंगलको गुफामा बसेर सुत्केरी उतारिन् । ‘न खानेकुरा खान पाउनु, न तातो सेक्न पाउनु, न तेल लगाउन पाउनु’ उनले गुनासो गरिन् ‘पानीमात्रै खाएर चार दिन कटाएँ ।’उनलाई बल्लतल्ल बुधबार हेलिकोप्टरले उद्धार गरेर गोरखा अस्पताल ल्याइपुर्याएको छ । अस्पताल आइपुगे पनि उनको समस्या अझै सल्टेको छैन । उनकी नवजात छोरीलाई जन्डिसले पक्रेको छ । अहिले उनीहरु गोरखा अस्पतालमा उपचाररत छन् ।सुत्केरी सुनकुमारीको दुवै खुट्टा च्यापिएर घाइते छिन् । आफ्नो र बच्चाको पनि उपचार गर्नुपरेपछि सुनकुमारी बिचल्लीमा छिन् ।

Address

Gorkha Bazar Hospital Road
Gorkha

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 19:00

Website

Alerts

Be the first to know and let us send you an email when Osisakhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category