Natual Herbs

Natual Herbs Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Natual Herbs, Home Health Care Service, Dharan Road, Aitabare Mode, Itahari.

Are you wan to reduce belly Fat???
09/06/2017

Are you wan to reduce belly Fat???

Therapy Class: Baikalpik upachar paddati
29/03/2017

Therapy Class: Baikalpik upachar paddati

Highly Demand Job oriented Training.

Baikalpik Upachar paddati- Sikne abasar
29/03/2017

Baikalpik Upachar paddati- Sikne abasar

Highly Demand Job oriented Training.

Highly Demand  Job oriented Training.
29/03/2017

Highly Demand Job oriented Training.

04/09/2015

डा. प्रदीप न्यौपाने

अस्ट्रेलिया बस्ने चिकित्सक लेख्छन्, 'आयुर्वेद - नेपालको मौलिक चिनारी'
हामीहरु धेरैले 'आयुर्वेद' भन्ने शब्द सुने पनि चिकित्सा पेशाको यो विधाको बारेमा राम्रो जानकारी भने नयाँ पुस्ताका कमै नेपालीहरुमा भएको पाइन्छ । पछिल्लो समयमा पश्चिमा मुलुकहरुमा निकै प्रचलित हुन पुगेको यो सबैभन्दा विकसित प्राकृतिक चिकित्सा पद्दति भारतबाट (भारत, भुटान, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, नेपाल) मा आजभन्दा दश हजार वर्ष पहिले नै पूर्ण विकसित भई मानिसहरुको स्वास्थ्य समस्याको निराकरणका लागि निरन्तर रुपमा प्रचलनमा छ ।

आजभन्दा करिब एक शताब्दी पहिले भारत वर्षका मानिसहरु केवल आयुर्वेद चिकित्सा पद्दति मात्र अपनाउने गर्दथे । अझ यो क्षेत्रमा हुने सभा-सम्मेलनहरु प्रायः नेपालमा नै हुने गरेका तथ्यहरु आयुर्वेदका विविध ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ । प्राचीनकालका आयुर्वेद स्वास्थ्यकर्मीहरु नेपालको हिमालय अनि नजिकका भू-भागमा एकत्रित भएर मानिसका स्वास्थ्य समस्याहरुको न्यूनीकरण वा निराकरणको विषयमा छलफल, अध्ययन एवं अनुसन्धान गर्ने गर्दथे ।

अहिले विश्वमा आयुर्वेद 'इन्डियन मेडिसिन'को रुपमा प्रचलित छ । धेरैजसो अध्ययन एवं अनुसन्धान नेपालमै भए पनि विशाल क्षेत्रफल र जनसंख्याका कारणले पनि यो चिकित्सा पद्दति भारतीय नामले विश्वसामु परिचित भएको छ । यसो हुनुमा नेपालका सम्बद्ध निकायहरुको उदासिनता एवं उपेक्षा पनि एउटा प्रमुख कारण हो भन्नुमा कुनै दुई मत छैन । आजको विश्वमा ँअल्टरनेटिभ मेडिसिन'को रुपमा हेरिएको आयुर्वेद संसारको सबैभन्दा विकसित, उपयोगी तथा धेरै मानिसहरुले मन पराएको चिकित्सा पद्दति हो । व्यापार व्यवसायको रुपमा पनि यसले ठूलो फड्को मारिसकेको छ ।

दिनहुँ करोडौं डलरको कारोबार हुने यस पद्दति संसारको सबैभन्दा पुरानो मात्र नभएर यसबाट अन्य प्रचलित औषधीजन्य संस्कारहरु समेत प्रभावित वा विकसित भएको पाइन्छ । चाइनिज मेडिसिन, युनानी मेडिसिन, ग्रीक मेडिसिन तथा मोर्डन एलोपेथिक मेडिसिनजस्ता पद्दतिहरु समेत आयुर्वेदबाट नै विकसित भएको पाइन्छ । आयुर्वेद चिकित्साको प्रमुख प्रयोजन भनेको मानिसलाई रोग लाग्नबाट बचाउने तथा रोग लागिसकेको खण्डमा प्राकृतिक उपायहरुबाट त्यसको उपचार गर्ने हो ।

अहिले विशेषगरी पश्चिमा मुलुकका मानिसहरुले रोगबाट बच्ने उपायको खोजीका क्रममा यस पद्दतिलाई अँगालेको पाइन्छ । चिकित्सा पेशाको यस विधाको सुन्दर पक्ष भनेको मानिसको प्रकृति (बडी टाइप) पत्ता लगाएर त्यस अनुसारको खान-पान, व्यायाम एवं जीवनशैली सिकाउनु हो । हरेक मानिसको शरीरको प्रकृति फरक-फरक हुनाले उसको खानपिन लगायतका आवश्यकताहरु पनि फरक-फरक हुन्छन् । ती आवश्यकताहरुको पहिचान गरेर त्यसै अनुसारको व्यवहार गरेमा रोग लाग्ने सम्भावना स्वतः कम भएर जान्छ । यदि रोग लागी हालेमा स्वास्थ्यको विशेष ख्याल राख्ने मानिसहरु पहिले प्राकृतिक उपायहरु अवलम्वन गरेर उल्लेख्य सुधार नभएमा मात्रै मोर्डन केमिकल औषधिहरु प्रयोग गर्न थाल्दछन् ।

अस्ट्रेलियामा आयुर्वेद चिकित्सकको रुपमा काम गरेको करिब चार वर्ष लामो अनुभवमा स्वास्थ्यसँग जानकार धेरै मानिसहरुका अलावा स्वयं मेडिकल डाक्टर एवं जिपीहरु पनि स्वास्थ्योउपचारको क्रममा पहिले आयुर्वेद क्लिनिक आएको पाएको छु । तर आयुर्वेदको धेरथोर ज्ञान भएका नेपाली तथा भारतीय मूलका मानिसहरुमा भने पहिले मोर्डन केमिकल औषधिहरु प्रयोग गरेर केही उपाय नलागे मात्रै आयुर्वेद क्लिनिक आउने प्रचलन छ ।

केही स्वास्थ्य समस्याहरु, जस्तै पेटसम्बन्धी अर्श (पाइल्स), दम, खोकी, जोर्नी दुख्ने (आथ्राईटिस), महिलामा हुने अधिंकाश रोगहरु, छालाको रोग आदिको उपचारमा आयुर्वेद पद्दति आधुनिक चिकित्साभन्दा निकै प्रभावकारी र सफल भएको पाइन्छ । यति मात्र नभएर कुनै पनि किसिमको स्वास्थ्य समस्याहरुको उपचारका लागि पहिले आयुर्वेदको प्राकृतिक उपायहरु अवलम्वन गर्ने कोसिस गर्नु निकै बुद्धिमानी हुन्छ । यसका लागि रोगको जटिलता एवं तहको भने ख्याल गर्नुपर्ने हुन्छ । तसर्थ आयुर्वेद हामी पूवीर्य सभ्यताको चिनारी एवं मौलिक सम्पत्ति हुनाको साथै एक अति उपायोगी उपचारात्मक प्राकृतिक चिकित्सा पद्दति हो । सरल भाषामा भन्दा ँसाइड इफेक्ट' नहुने यस उपचार विधिले लाखौं बिरामीहरुको मन जित्नुको पछाडि माथि उल्लेखित विशेषताहरुको भूमिका प्रमुख रहन्छ ।

Essential Oil for Gout and Joint pain relief, 100 % Guaranteed
31/01/2015

Essential Oil for Gout and Joint pain relief, 100 % Guaranteed

Organic Green Tea bag
12/11/2013

Organic Green Tea bag

12/11/2013

Herbs for health an personal care.

Its better to take 100% Sugar Controller tea then Sugar free foods.
30/11/2012

Its better to take 100% Sugar Controller tea then Sugar free foods.

Address

Dharan Road, Aitabare Mode
Itahari
00977

Alerts

Be the first to know and let us send you an email when Natual Herbs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share