26/08/2026
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
दमक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., दमक–८, झापामा तपसिल बमोजिमका पदहरूमा दक्ष, अनुभवी तथा लगनशील कर्मचारीहरूको आवश्यकता परेको हुनाले इच्छुक तथा योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ।
खुला पद विवरण तथा आवश्यक योग्यता:
Pharmacy Assistant (१ जना) – सम्बन्धित विषयमा Pharmacy Assistant तालिम प्राप्त
D.Pharma (१ जना) – Diploma in Pharmacy (D.Pharma) उत्तीर्ण तथा सम्बन्धित काउन्सिलमा दर्ता
Staff Nurse (२ जना) – PCL Nursing / B.Sc. Nursing उत्तीर्ण तथा नेपाल नर्सिङ काउन्सिलमा दर्ता
ANM (२ जना) – ANM कोर्स उत्तीर्ण तथा सम्बन्धित काउन्सिलमा दर्ता
CMA (२ जना) – CMA कोर्स उत्तीर्ण तथा सम्बन्धित काउन्सिलमा दर्ता
Lab Technician (१ जना) – CMLT उत्तीर्ण तथा सम्बन्धित काउन्सिलमा दर्ता
Accountant (१ जना) – BBA / BBS / MBS उत्तीर्ण र सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको
Account Assistant (१ जना) – BBA / BBS उत्तीर्ण (अनुभवीलाई प्राथमिकता)
आवेदन दिने प्रक्रिया:
योग्य तथा इच्छुक उम्मेदवारहरूले आफ्नो बायोडाटा (CV), शैक्षिक योग्यताका प्रमाणपत्रहरू तथा काउन्सिल दर्ताको प्रतिलिपि सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अस्पतालको प्रशासन शाखामा सिधै सम्पर्क राख्न वा अस्पतालको आधिकारिक इमेलमा पठाउन हुन अनुरोध गरिन्छ।
📍 ठेगाना: दमक–८, झापा
📞 सम्पर्क नं: ९८२५९८०००८