11/08/2026
२ ट्याब्लेट एन्टिबायोटिक र गुगलले भनेको औषधि माग्न आउँछन्। डोज पूरा खानुपर्छ भन्दा लुटेरा सोच्छन्।
यसरी औषधि खानुहुँदैन, डाक्टरको सल्लाह लिनुस्' भन्दा त्यत्रो 7-8 सय कसले तिर्छ? फलानाले यही खाएर निको भएको थियो भन्दै उल्टै सिकाउँछन्!
कहाँ दुख्यो? के रोग लाग्यो?के खाँदा के हुन्छ?के लक्षण देखिँदा के समस्या आउछ? सब उनैलाई थाहा छ।
औषधिको मूल्य, यसको असर वा स्वास्थ्यको संवेदनशीलताको कसैलाई कुनै मतलब छैन। औषधिमा छुट माग्दा त मानौँ घाँटीमै चक्कु राखेर "यति प्रतिशत दिन्छस् कि दिँदैनस्? भनेझैँ व्यवहार गर्छन्!
स्वास्थ्यजस्तो अति संवेदनशील विषयमा नेपाली जनताहरू यति धेरै चेतनाहीन र अल्पज्ञानी छन,लाग्छ सबैले मेडिकल शिक्षामा PhD गरिसके ! यसरी नै स्वास्थ्य शिक्षाको अपमान हुने हो भने, अबको केही वर्षमा यो देशमा न चिकित्सकको खाँचो हुनेछ, न त कुनै स्वास्थ्यकर्मीको!