02/06/2026
"स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री ज्यू सँग विशेष छलफल"
SOMHPIN का अध्यक्ष श्री उमेश शिवाकोटी ज्यू, मनोविद Pranav Regmi ज्यू तथा म सहितको प्रतिनिधि टोलिले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री माननिय निशा मेहता ज्यू सँग नेपालको मानसिक स्वास्थ्य क्षेत्रका समसामयिक पक्ष, अवसर, चुनौती तथा सुधारका आवश्यक कदमहरूबारे प्रतिनिधिमण्डलको सौहार्दपूर्ण भेटघाट तथा छलफल सम्पन्न भयो।
भेटका क्रममा मानसिक स्वास्थ्य सेवाको पहुँच, गुणस्तर, व्यावसायिक व्यवस्थापन तथा दीर्घकालीन विकासका लागि निम्न ४ बुँदे मागहरू प्रस्तुत गरिएको छ :
१ मानसिक स्वास्थ्य क्षेत्रको नियमन, मान्यता, दर्ता, गुणस्तर सुनिश्चितता तथा पेशागत विकासका लागि "Mental Health Council Nepal (मानसिक स्वास्थ्य परिषद् नेपाल)" को तत्काल स्थापना गरियोस् ।
२. मानसिक स्वास्थ्य तथा मनोपरामर्श सेवासम्बन्धी नीति, निर्देशिका तथा तालिम मान्यता प्रणालीमा आवश्यक सुधार, संशोधन र एकीकरण गरियोस् ।
३. हरेक स्थानीय तहमा अनिवार्य रूपमा नियमित मानसिक स्वास्थ्य सचेतना (Psychoeducation), परामर्श सेवा तथा Mental Health Camp सञ्चालन गर्ने व्यवस्था गरियोस्।
४. नेपालले SAARC Mental Health Conference आयोजना गरी मानसिक स्वास्थ्य क्षेत्रमा क्षेत्रीय सहकार्य, अनुभव आदानप्रदान तथा नेतृत्वदायी भूमिका निर्वाह गरियोस् ।
मानसिक स्वास्थ्यलाई नेपालको सार्वजनिक स्वास्थ्य प्राथमिकताका रूपमा स्थापित गर्दै गुणस्तरीय, पहुँच योग्य र व्यवस्थित मानसिक स्वास्थ्य सेवा विस्तारका लागि सरकार, पेशागत संस्था तथा सरोकारवाला बीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राखिएको छ।
माननीय मन्त्रीज्यूले प्रदान गर्नुभएको समय, चासो तथा मानसिक स्वास्थ्य प्रवर्द्धनप्रतिको प्रतिबद्धताप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। नेपालका सम्पूर्ण नागरिकहरूका लागि गुणस्तरीय, पहुँचयोग्य तथा दिगो मानसिक स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार, पेशागत संस्था तथा सरोकारवालाबीच थप प्रभावकारी सहकार्य हुने विश्वास लिएका छौँ।
मानसिक स्वास्थ्यमा लगानी, समृद्ध नेपालको आधार।
Society of Mental Health Professionals in Nepal