11/08/2026
【एक सुन्दर सुरुवात संगको न्यानो उपहार】
सानो उमेरमा प्रसव पीडालाई पार गर्दै पहिलो पटक आमा बनेर उनले आमा र बच्चाको अमूल्य जीवनको सुखद सुरुवात गरिन्। ।अस्पतालको सुत्केरी कक्षमा एक आमाको अनुहारमा थकान भन्दा बढी खुसी झल्किरहेको थियो। पहिलो पटक आफ्नो सन्तानलाई काखमा च्यापेको त्यो क्षण उनको जीवनकै अविस्मरणीय सुरुवात थियो।
पोखरा महानगरपालिका र कोमागाने नगरबीचको वर्षौंदेखिको मित्रताको प्रतीक बनेको मात.शिशु मितेरी पादेशिक अस्पताल भित्र त्यही क्षण उनको हातमा अर्को विशेष उपहार पनि आइपुग्यो हातले बुनेको न्यानो टोपी।
जापानको कोमागाने नगरका जेष्ठ नागरिकहरुले आफ्नै हातले बुनेको त्यो सानो टोपीले केवल शिशुको शिर मात्र न्यानो बनाएन, दुई देशका नागरिकबीचको आत्मीयता, मायाको सन्देश र नयाँ जेनेरेसन पुस्तासंगको पहिचान पनि बोकेको थियो।
अस्पतालका नर्सहरूले पनि उनीप्रति उत्तिकै स्नेह र समर्पणका साथ सेवा गरे। पहिलो पटक स्तनपान गराउन सहज होस् भनेर केवाटे ब्रेस्ट मसाज सेवा प्रदान गरियो, साथै स्तनको स्याहार र सफल स्तनपान सम्बन्धी परामर्श दिइयो। यसले आमामा आत्मविश्वास थप्यो र नवजात शिशुले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण उपहारआमाको दूध सुरक्षित रूपमा प्राप्त गर्न सक्यो।
उपहारमा प्राप्त न्यानो टोपी लगाएको आफ्नो शिशुलाई काखमा राखेर ती आमा मुस्कुराइरहेकी थिइन्। त्यो मुस्कानमा मातृत्वको आनन्द, स्वास्थ्यकर्मीको समर्पण र दुई देशबीचको मित्रताको सुन्दर कथा एकसाथ झल्किरहेको थियो।
विश्व स्तनपान सप्ताह (अगस्ट १–७) को अवसरमा यस्तो एउटा दृश्यले पूर्ण स्तनपानको महत्व, उचित सेवा र हेरचाहको शक्ति र प्रत्येक शिशुले स्वस्थ जीवनको सुरुवात पाउनुपर्छ भन्ने सन्देशलाई अझ जीवन्त बनाएको छ।
यस्ता प्रेरणादायी क्षणहरूले स्वास्थ्य सेवा केवल उपचार मात्र नभई माया, विश्वास र आशाको यात्रा पनि हो भन्ने अनुभूति गराउँछन्।
【A warm gift for a beautiful beginning】
She became a mother for the first time, overcoming the pain of childbirth and beginning a precious new chapter in the lives of both mother and child.
In the maternity ward, her face showed more joy than fatigue. The moment she held her baby in her arms for the first time was an unforgettable beginning in her life.
At that moment, another special gift was placed in her hands at Matri Shishu Miteri Provincial Hospital, a hospital that symbolizes the long-standing friendship between Pokhara Metropolitan City and Komagane City. It was a warm hand-knitted hat made by elderly volunteers in Komagane, Japan.
The small hat not only warmed the baby’s head, but also carried a message of affection, friendship, and connection between the citizens of the two countries and the next generation.
The nurses at the hospital also cared for her with warmth and dedication. To help her begin breastfeeding smoothly, she received KBM breast care, along with guidance on breast care and successful breastfeeding. This helped increase the mother’s confidence and allowed the newborn to safely receive the most important gift in life: breast milk.
The mother smiled as she held her baby wearing the warm hat she had received as a gift. In that smile, we could see the joy of motherhood, the dedication of health workers, and the beautiful story of friendship between the two countries.
On the occasion of World Breastfeeding Week, August 1–7, this scene brought to life an important message: the value of exclusive breastfeeding, the power of proper care and support, and the hope that every baby can have a healthy start in life.
Such inspiring moments remind us that health care is not only about treatment. It is also a journey of love, trust, and hope.