21/09/2026
WHEN YOU HEAR THE WORD “CANCER,” YOU DON’T JUST NEED A DOCTOR. YOU NEED A TEAM THAT WALKS WITH YOU.
The day a woman hears, “You have breast cancer,”everything can suddenly feel uncertain.
Questions begin to come one after another…
Where should I go?
Who will treat me?
Do I need surgery?
Will I need chemotherapy?
What happens next?
Will someone be there to guide me through it all?
At Primera Hospital , patients have access to a dedicated breast surgery team of Dr. Suzita Hirachan and Dr. Adheesh Bhandari , who have been providing breast cancer care together for the past 5 years.
Their approach is about more than performing an operation.
It is about being there through the entire treatment journey — from:
1. Initial diagnosis & evaluation
2. Biopsy
3. Chemoport placement
4. Chemotherapy coordination
5. Breast cancer surgery and through the completion of treatment
Because for a patient, cancer is not just a diagnosis on a report.
It is a journey filled with fear, uncertainty, difficult decisions, and hope.
Having a coordinated team by your side can make that journey feel a little less overwhelming. 🤝💜
Two highly qualified breast surgeons. One team. One continuous journey of care.
At Primera Hospital, the goal is not just to treat the disease — but to stand beside the person going through it.
Because every patient deserves to feel that they are not walking this journey alone.
📍 Primera Hospital
👩⚕️ Dr. Suzita Hirachan
👨⚕️ Dr. Adheesh Bhandari
From the first diagnosis to the final step — a team beside you.
जब तपाईंले “क्यान्सर” भन्ने शब्द सुन्नुहुन्छ, तपाईंलाई केवल एक डाक्टर मात्र चाहिँदैन। तपाईंलाई तपाईंको यात्रामा साथ दिने एउटा टोली चाहिन्छ।
एक महिलाले “तपाईंलाई स्तन क्यान्सर भएको छ”भन्ने कुरा सुन्ने क्षणमा, अचानक सबै कुरा अनिश्चित जस्तो लाग्न सक्छ।
मनमा अनेकौँ प्रश्नहरू आउन थाल्छन्…
कहाँ जाने?
कसले उपचार गर्ने?
के शल्यक्रिया गर्नुपर्छ?
केमोथेरापी आवश्यक पर्छ?
अब के हुन्छ?
यी सबै चरणमा मलाई सही मार्गदर्शन गर्ने को हुन्छ?
Primera Hospital मा, विगत ५ वर्षदेखि स्तन क्यान्सर उपचारमा समर्पित स्तन शल्यचिकित्सक डा. सुजिता हिराचन र डा. अधिश भण्डारी को टोलीले बिरामीहरूलाई उपचारको विभिन्न चरणमा निरन्तर सेवा प्रदान गर्दै आएको छ।
उहाँहरूको दृष्टिकोण केवल शल्यक्रियामा सीमित छैन।
यो बिरामीको सम्पूर्ण उपचार यात्रामा साथ दिने प्रतिबद्धता हो — सुरुवाती चरणदेखि:
१. प्रारम्भिक निदान तथा मूल्याङ्कन
२. बायोप्सी
३. केमो पोर्ट राख्ने प्रक्रिया
४. केमोथेरापी समन्वय
५. स्तन क्यान्सरको शल्यक्रिया र उपचारको अन्तिम चरणसम्म।
किनभने बिरामीका लागि क्यान्सर केवल एउटा रिपोर्टमा लेखिएको निदान मात्र होइन।
यो डर, अन्योल, कठिन निर्णय र आशाले भरिएको एउटा यात्रा हो।
यस्तो समयमा समन्वयात्मक रूपमा साथ दिने एउटा अनुभवी टोलीले उपचारको यात्रा केही सहज र व्यवस्थित बनाउन मद्दत गर्न सक्छ। 🤝💜
दुई दक्ष स्तन शल्यचिकित्सक।
एउटै टोली।
उपचारको निरन्तर यात्रा।
Primera Hospital मा हाम्रो उद्देश्य रोगको उपचार गर्नु मात्र होइन — रोगसँग लडिरहेको व्यक्तिको यात्रामा साथ दिनु पनि हो।
किनभने हरेक बिरामीले आफू यो यात्रा एक्लै हिँडिरहेको छैन भन्ने अनुभूति गर्न पाउनुपर्छ।
📍 Primera Hospital
👩⚕️ डा. सुजिता हिराचन
👨⚕️ डा. अधीश भण्डारी
💜 पहिलो निदानदेखि उपचारको अन्तिम चरणसम्म — तपाईंको साथमा एउटा समर्पित टोली।