Dr.Duryodhan Yadav -General Surgeon

Dr.Duryodhan Yadav -General Surgeon Consult to your Surgeon

02/01/2026

Check out Laser for piles, stone &hernia’s video.

Repair of traumatic jejunal perforation(Ladera sano aandra ma preko pwal ko surgery) of 10 year male child in national  ...
03/05/2025

Repair of traumatic jejunal perforation(Ladera sano aandra ma preko pwal ko surgery) of 10 year male child in national trauma center ;kathmandu

19/08/2023
06/12/2022

सुकुम्बासी समस्याको प्रमुख कारण देउवा, ओली र हुन्। यिनीहरुका चाकडीबाज धूर्तहरुलाई कतैबाट पैसा आउने बाटो बनाई दिनुपर्ने हुन्छ, नत्र अर्को गुटमा जान्छन। त्यसैले सुकुम्बासी आयोग भन्दै देशभरि हजारौ कार्यकर्ताहरुलाई भर्ति गर्छन्, तलब भत्ता खुवाउछन्। सरकार परिवर्तनसंगै यी जुकाहरुको झुण्ड पनि परिवर्तन हुन्छ॥

ती भर्ना गरिएका कार्यकर्ताहरु एकातिर तलब/भत्ता/सुविधा लिन्छन्। अर्कोतिर आफै सुकुम्बासी बनेर जग्गा हड्प्छन्,नेताहरुलाई पनि मिलाईदिन्छन्। ( विष्णु पौडेल )। उदाहरणको लागि अहिलेका राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला स्कूल पढाउने मास्टर हुन्। देउबाका चम्चा भएको हुनाले, सुकुम्बासीसंग कुनै लिनु दिनु नभए पनि अध्यक्ष बनेर लुटिरहेका छन्।

यी सुकुम्बासीका नाममा गठन हुने आयोगहरुले त्यो क्रमलाई अझ बढाई रहन्छन्। किनभने राजनीतिलाई नै पेशा बनाएर बसेका जुकाहरुलाई यस्ता गठन हुने आयोगहरुले सुकुम्बासीको नाममा रगत चुस्ने मौका दिईरहन्छ। एक दुई आना जग्गा हडप्ने दाउमा यी जुकाहरु बर्षौँ आन्दोलन र संगठन भनेर लागिरहन्छ, पार्टीका कार्यकर्ताहरुको लागि यो पार्ट टाईम जब जस्तै हो। दश बर्ष लागेर ४ आना जग्गा हात लाग्यो भने, महिनाको लाख रुपैयाको दरले तलब खाएको बराबर हुन्छ।

अब सुकुम्बासी समस्यालाई कसरी समाधान गर्ने त?
—————————————————————

अमेरिका र युरोपका धनी देशहरुमा आफ्नै जग्गा र घर/अपार्टमेन्ट नहुने करोडौ मान्छेहरु सामान्य जीवन बिताई रहेका छन्। नेपालमा चाहिँ किन सबैको जागा हुनु पर्ने ?

देशको राजधानी भएकोले नयाँ मान्छेहरु काठमाण्डु भित्रिने क्रम सधै चलिरहन्छ। अहिले भएका सुकुम्बासीहरुलाई जग्गा दिएर व्यवस्थापन गर्यो भने, समस्या सधैको लागि समाप्त हुदैन, फेरि नयाँ आऊछन्, त्यसैले , समाधानको रुपमा जग्गा दिने उपाय एकदमै गलत उपाय मात्र होइन मूर्खता नै हो। हाम्रो जस्तो गरीब देशमा सुकुम्बासी समस्याको समाधान कहिले पनि हुदैन, एक हुल सुकुम्बासीले जग्गा पाएपछि अर्को हुल आउछ, यो क्रम चलिरहन्छ। यो समस्या नेपालमा मात्र होइन, संसारभरि छ।

यो समस्यालाई प्राकृतिक रुपमा व्यवस्थापन गर्न तुरुन्तै सुकुम्बासीको नाममा जग्गा बाँड्ने काम अब उपरान्त कहिले नगर्ने भनेर निर्णय हुनुपर्छ। साथै, सुकुम्बासीको नाम मा जे-जति आयोग बनेका छन्, ती सबै खारेज गरेर तलब भत्ता खुवाउने काम बन्द हुनुपर्छ। यसो गर्दा यी जुकाहरु अब खान नपाईने भयो भनेर अन्त चुस्ने ठाउँ खोज्दै हिड्छन्, यसो हुँदा आधा समस्या तुरुन्तै समाधान हुन्छ।

सुकुम्बासी समस्या स्थानीय स्तरको कार्य क्षेत्रमा राख्दै सुकुम्बासीका साथै गरीब बच्चाहरुको पढाई र पोषणमा लागानी गरेर मात्रै यो समस्या दीर्घकालीन रुपमा समाधान हुनसक्छ (Give a Man a Fish, and You Feed Him for a Day. Teach a Man To Fish, and You Feed Him for a Lifetime)। केन्द्रीय सरकारले नीतिगत निर्णय , तथा बजेट दिएर सहयोग गर्न सक्छ।

- यो पोस्ट शेयर गरेर रवि लामिछाने, सेविका गौतम, शिशिर खनाल,तोशिमा कार्की लगायतका घन्टीका सांसदहरुसम्म पुर्याई दिनुहोला, उहाँहरु भर्खर निर्वाचित हुनु भएको छ, उहाँहरुमा अहिले केही गर्ने जोश-जाँगर छ, केही उपाय निकाल्नु हुन्छ कि?

Address

Kathmandu
Kathmandu

Opening Hours

Monday 05:00 - 09:30
17:00 - 00:00
Tuesday 05:00 - 21:30
Wednesday 05:00 - 09:30
17:00 - 00:00
Thursday 05:00 - 09:30
17:00 - 00:00
Friday 05:00 - 09:30
17:00 - 00:00
Saturday 05:00 - 00:00
Sunday 05:00 - 09:30
17:00 - 00:00

Telephone

+9779846729093

Website

Alerts

Be the first to know and let us send you an email when Dr.Duryodhan Yadav -General Surgeon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr.Duryodhan Yadav -General Surgeon:

Shortcuts

Share

Category