Apollo Poly Clinic

Apollo Poly Clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Apollo Poly Clinic, Pharmacy / Drugstore, Maitidevi, Kathmandu.

Apollo Poly Clinic is a comprehensive healthcare facility offering pharmacy services, minor surgical procedures, professional medical consultations, pathology diagnostics, and a range of additional patient care services.

13/08/2026

रक्सी वा लागुऔषध छोड्दा चिकित्सकको सल्लाह किन आवश्यक हुन्छ?

लागुऔषध वा रक्सी लामो समय प्रयोग गरेपछि अचानक छोड्दा शरीर र मनमा असहज लक्षण देखिन सक्छ।

कसैलाई कम्पन, अनिद्रा, छट्पटी, ध्यानमा समस्या वा गम्भीर अवस्थामा स्वास्थ्य जोखिम पनि हुन सक्छ।

✔️ Withdrawal सबैमा एउटै हुँदैन
✔️ जबर्जस्ती नियन्त्रणले समस्या बढाउन सक्छ
✔️ विशेषज्ञको सल्लाहमा उपचार सुरक्षित हुन्छ

सही जानकारी र सहयोगका लागि पूरा भिडियो हेर्नुहोस्।

दुर्व्यसन वा withdrawal सम्बन्धी सुरक्षित परामर्शका लागि Apollo Poly Clinic मा सम्पर्क गर्नुहोस्।
📞 9851140611
📍 Apollo Poly Clinic, Maitidevi, Kathmandu

मानसिक तनाव शरीरमा पनि देखिन सक्छ।मानसिक स्वास्थ्य बिग्रिँदा असर मनमा मात्र होइन, शरीरमा पनि देखिन सक्छ।बारम्बार टाउको द...
11/08/2026

मानसिक तनाव शरीरमा पनि देखिन सक्छ।

मानसिक स्वास्थ्य बिग्रिँदा असर मनमा मात्र होइन, शरीरमा पनि देखिन सक्छ।

बारम्बार टाउको दुख्ने, सधैँ थकान महसुस हुने, निद्रा वा भोकमा परिवर्तन आउने, छाती भारी हुने वा सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन सक्छन्।

✔️ लक्षण लामो समय रहे ध्यान दिनुहोस्
✔️ शारीरिक जाँचसँगै मानसिक स्वास्थ्य मूल्याङ्कन पनि महत्त्वपूर्ण हुन्छ
✔️ समयमै परामर्शले सहयोग गर्छ

स्वास्थ्य संकेतलाई बुझौँ।

यस्ता समस्या लामो समयदेखि भइरहेको छ भने Apollo Poly Clinic मा परामर्श लिनुहोस्।
📞 9851140611
📍 Apollo Poly Clinic, Maitidevi, Kathmandu

09/08/2026

पिसाबमा फिज देखिँदैमा आत्तिनुपर्दैन, तर बेवास्ता पनि नगर्नुहोस्।

पिसाबमा फिज देखिँदा धेरैजना डराउनुहुन्छ। तर हरेक पटक फिज आउनु रोगकै संकेत हो भन्ने हुँदैन। कहिलेकाहीँ पिसाब तीव्र गतिमा खस्दा पनि फिजजस्तो देखिन सक्छ।

तर बारम्बार फिज आइरहेमा जाँच गराउनु राम्रो हुन्छ।
✔️ लगातार फिज देखिए ध्यान दिनुहोस्
✔️ पिसाब जाँचले कारण पत्ता लगाउन मद्दत गर्छ
✔️ समयमै उपचारले समस्या नियन्त्रण गर्न सकिन्छ

पूरा भिडियो हेरेर सही जानकारी लिनुहोस्।

पिसाब वा मिर्गौलासम्बन्धी समस्या छ भने Apollo Poly Clinic मा परामर्श लिनुहोस्।
📞 9851140611
📍 Apollo Poly Clinic, Maitidevi, Kathmandu

06/08/2026

गेमिङ, बेटिङ र सोसल मिडियाले मानसिक स्वास्थ्यमा असर पार्न सक्छ।

आजभोलि मोबाइल, इन्टरनेट, गेमिङ, बेटिङ र सोसल मिडियाको प्रयोग धेरै सामान्य भइसकेको छ। तर यही बानी नियन्त्रणबाहिर जाँदा Behavioral Addiction हुन सक्छ।

✔️ पढाइ, काम वा सम्बन्धमा असर पर्न सक्छ
✔️ अरू कुरामा रमाइलो घट्न सक्छ
✔️ साइबर बुलिङले मानसिक तनाव बढाउन सक्छ
✔️ समयमै सहयोग लिए सुधार सम्भव छ

यस विषयमा सही जानकारीका लागि पूरा भिडियो हेर्नुहोस्।

यस्ता व्यवहार लामो समयसम्म देखिएमा Apollo Poly Clinic मा परामर्श लिनुहोस्।
📞 9851140611
📍 Apollo Poly Clinic, Maitidevi, Kathmandu

स्तनपान गर्ने आमालाई साथ दिऔँ, स्वस्थ भविष्य निर्माण गरौँ।विश्व स्तनपान सप्ताह २०२६ को अवसरमा, स्तनपान गर्ने प्रत्येक आम...
03/08/2026

स्तनपान गर्ने आमालाई साथ दिऔँ, स्वस्थ भविष्य निर्माण गरौँ।

विश्व स्तनपान सप्ताह २०२६ को अवसरमा, स्तनपान गर्ने प्रत्येक आमालाई सही जानकारी, परामर्श, मानसिक सहयोग र सहयोगी वातावरण प्रदान गर्नु हामी सबैको साझा जिम्मेवारी हो। सानो साथ र सही समर्थनले आमा र शिशु दुवैको स्वास्थ्यमा ठूलो सकारात्मक प्रभाव पार्न सक्छ। स्तनपानलाई प्राथमिकता दिऔँ, दिगो सहयोग प्रणालीको निर्माण गरौँ।

विश्व फोक्सो क्यान्सर दिवसको अवसरमा फोक्सोको क्यान्सरका चेतावनी संकेतहरूबारे सचेत बनौं।✔️ लामो समयसम्म निको नहुने खोकी✔️...
01/08/2026

विश्व फोक्सो क्यान्सर दिवसको अवसरमा फोक्सोको क्यान्सरका चेतावनी संकेतहरूबारे सचेत बनौं।

✔️ लामो समयसम्म निको नहुने खोकी
✔️ खोकीसँग रगत देखिनु
✔️ छाती वा काँधमा दुखाइ
✔️ अत्यधिक थकान
✔️ अचानक स्वर परिवर्तन

यीमध्ये कुनै पनि लक्षण देखिएमा ढिला नगरी विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्। समयमै जाँच र उपचारले जीवन बचाउन सक्छ। 💙

हाम्रो जीवनको पहिलो पाठशाला घर हो, र पहिलो गुरु माता–पिता।माता–पितादेखि अक्षर चिनाउने, ज्ञान दिने र जीवनको सही मार्ग देख...
29/07/2026

हाम्रो जीवनको पहिलो पाठशाला घर हो, र पहिलो गुरु माता–पिता।

माता–पितादेखि अक्षर चिनाउने, ज्ञान दिने र जीवनको सही मार्ग देखाउने सम्पूर्ण गुरुहरूको योगदान अमूल्य छ।
आउनुहोस्, गुरु पूर्णिमाको अवसरमा उहाँहरूप्रति सम्मान र कृतज्ञता व्यक्त गरौँ।

🧡 हेपाटाइटिसलाई जित्ने पहिलो कदम, समयमै परीक्षण!विश्व हेपाटाइटिस दिवस २०२६ को अवसरमा, हेपाटाइटिसबारे सचेत बनौँ। नियमित प...
28/07/2026

🧡 हेपाटाइटिसलाई जित्ने पहिलो कदम, समयमै परीक्षण!

विश्व हेपाटाइटिस दिवस २०२६ को अवसरमा, हेपाटाइटिसबारे सचेत बनौँ। नियमित परीक्षण, आवश्यक खोप र समयमै उपचारले कलेजोलाई सुरक्षित राख्न मद्दत गर्छ। हेपाटाइटिस: बाधाहरूलाई तोडौँ!

26/07/2026

फिटनेसको नाममा किड्नीलाई अतिरिक्त दबाब त दिइरहनुभएको छैन?

जिम जाने धेरैले प्रोटिन पाउडर वा क्रिएटिन supplement प्रयोग गर्छन्। तर सबैको शरीरले यस्तो supplement सजिलै पचाउँछ भन्ने हुँदैन।

विशेषगरी जथाभावी वा लामो समय प्रयोग गर्दा किड्नीमा अतिरिक्त दबाब पर्न सक्छ।

✔️ सामान्य workout मा सन्तुलित खाना धेरै अवस्थामा पर्याप्त हुन्छ
✔️ Uric acid वा kidney function जाँच महत्त्वपूर्ण हुन सक्छ
✔️ supplement खानुअघि चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ

पूरा भिडियो हेरेर सही जानकारी लिनुहोस्।

किड्नी, uric acid वा supplement प्रयोगबारे परामर्श चाहिएको छ?
Apollo Poly Clinic मा सम्पर्क गर्नुहोस्।
📞 9851140611
📍 Apollo Poly Clinic, Maitidevi, Kathmandu

23/07/2026

लागूपदार्थले दिमागको Reward Circuit लाई कसरी असर गर्छ?

कहिलेकाहीँ मान्छेले असहजता, तनाव वा पीडा कम गर्न लागूपदार्थको सहारा लिन थाल्छ। सुरुमा सहज महसुस भए पनि, बिस्तारै दिमागको Reward Circuit त्यसैमा निर्भर हुन सक्छ।

✔️ डोपामिनले खुसी र motivation सँग भूमिका खेल्छ
✔️ निरन्तर प्रयोगले नियन्त्रण घटाउन सक्छ
✔️ नशाबिना काम गर्न गाह्रो महसुस हुन सक्छ

सही बुझाइ र सहयोगका लागि पूरा भिडियो हेर्नुहोस्।

दुर्व्यसन वा मानसिक स्वास्थ्यसम्बन्धी परामर्शका लागि Apollo Poly Clinic मा सम्पर्क गर्नुहोस्।
📞 9851140611
📍 Apollo Poly Clinic, Maitidevi, Kathmandu

Address

Maitidevi
Kathmandu
44600

Opening Hours

Monday 07:15 - 21:00
Tuesday 07:15 - 21:00
Wednesday 07:15 - 21:00
Thursday 07:15 - 21:00
Friday 07:15 - 21:00
Saturday 07:15 - 21:00
Sunday 07:15 - 21:00

Telephone

+9779851140611

Website

Alerts

Be the first to know and let us send you an email when Apollo Poly Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Apollo Poly Clinic:

Shortcuts

Share