Prince Neupane Yoga

Garuda Mudra is a hand gesture that balances body energy, reduces lethargy, boosts circulation, improves digestion (gas,...
20/12/2025

Garuda Mudra is a hand gesture that balances body energy, reduces lethargy, boosts circulation, improves digestion (gas, constipation), enhances mental clarity, stabilizes moods, and supports the lymphatic system for detoxification, symbolizing strength, freedom, and focus by balancing the Vayu (air) element in the body,

"सन्तुलन बाहिर होइन, मनको शान्ति मै रहन्छ"🟦 शीर्षासन (King of Asanas)      योगमा शीर्षासनलाई “आसनहरूको राजा” भनिन्छ। शरी...
16/11/2025

"सन्तुलन बाहिर होइन, मनको शान्ति मै रहन्छ"

🟦 शीर्षासन (King of Asanas)
योगमा शीर्षासनलाई “आसनहरूको राजा” भनिन्छ। शरीर र मनलाई एकसाथ सन्तुलित गर्ने भएकले यो आसन अत्यन्त प्रभावशाली, परिष्कृत र उन्नत अभ्यासको प्रतीक मानिन्छ। नियमित र सही विधिबाट गरिएको शीर्षासनले मस्तिष्क, स्नायु तन्त्र, रक्तप्रवाह, सन्तुलन शक्ति तथा आध्यात्मिक चेतनामा महत्वपूर्ण प्रभाव पार्दछ।

🟦 शास्त्रीय आधार
📜 घेरण्ड संहिता
“शिरोपरि स्थिरं देहं यः स्थापयति योगवित्।
स शिरषासनमाख्यातं तस्मै सिद्धिः प्रयच्छति॥”
भावार्थ:
जो साधक आफ्नो शरीरलाई शिरमाथि स्थिर रूपमा राख्छ, उसैलाई शीर्षासनको सिद्धि प्राप्त हुन्छ। यसले शरीर, मन र आत्मालाई उच्च क्षमतातर्फ डोर्याउँछ।

📜 हठयोग प्रदीपिका
हठयोगमा शिरलाई तल र पैतालालाई माथि राख्ने आसनहरूलाई “विपरीतकरण” भनिएको छ, जसले बुढ्यौली ढिलो बनाउने, मन शान्त गर्ने र प्राणशक्ति सन्तुलित गर्ने उल्लेख गरिएको छ। शीर्षासन ती आसनहरू मध्ये सर्वश्रेष्ठ मानिन्छ।

🟦 शीर्षासनका प्रमुख फाइदाहरू;

(क) मानसिक/मस्तिष्क सम्बन्धी फाइदा
✔ मस्तिष्कमा रगत प्रवाह बढेर Memory, Concentration, Focus मा सुधार,
✔ Stress, Anxiety, Depression घटाउने,
✔ Pineal & Pituitary gland सक्रिय भई Hormonal balance गर्ने,
✔ Nervous System बलियो बनाउने,

(ख) शारीरिक फाइदा
✔ शरीरको सन्तुलन क्षमता अत्यधिक वृद्धि गर्ने,
✔ कन्धा, बाहू, पेट र मेरुदण्ड सुदृढीकरण गर्ने,
✔ पाचनशक्ति सुधार गर्ने,
✔ रक्तसञ्चारमा सुधार गर्ने,
✔ प्राणशक्ति माथितिर केन्द्रित भएर Clarity बढ्ने,

(ग) आध्यात्मिक फाइदा
✔ ऊर्जा तल्लो चक्रबाट माथि उठ्छ
✔ सहस्रार चक्र सक्रिय हुन्छ
✔ आत्मबोध र मानसिक स्थिरता

🟦 शीर्षासन कसरी गर्ने ?

👉 पहिलो शर्त: यो आसन अनुभवी शिक्षकको निगरानीमा सिकिनुपर्छ।
१. वज्रासनमा बस्ने,
२. गहिरो स्वासप्रश्वास लिएर मनलाई शान्त बनाउने
३. हातको त्रिकोण बनाउने,
४. दुवै कुहिनालाई भुइँमा टेकेर औँलाहरू जुधाएर त्रिकोण बनाउने,
५. दुवै कुहिनाको दूरी काँध बराबर राख्ने,
६. हातले बनाएको खोपी भित्र टाउकोको अघिल्लो भाग हल्का राख्ने,
७. तौल हात र कन्धामा बराबर राख्ने,
८. घुँडा उठाएर कूल्हा माथि उठाउने,
९. शरीर लगभग “V” आकारमा बनाउने,
१०. एक–एक गर्दै घुँडा मोडेर पेटतिर तानेर बिस्तारै खुट्टा माथि उठाउने,
११. अन्त्यमा खुट्टा सीधा ९०° मा,
१२. श्वास सामान्य १५–३० सेकेन्डबाट सुरू गर्ने,

🟦 शीर्षासन गर्दा सावधानी (Precautions)
❌ उच्च रक्तचाप (High BP)
❌ हृदय रोगका बिरामी
❌ आँखाको समस्या Glaucoma, Retina issue
❌ घाँटी (Cervical) समस्या
❌ Sinus अधिक भएको अवस्थामा
❌ गर्भवती महिलाहरू

🟦 कसरी सुरक्षित रहने?
✔ भित्तामा टेकाएर सुरू गर्नु,
✔ पठार, योगम्याट वा नरम सतह प्रयोग गर्ने
✔ खाली पेट
✔ १० मिनेट शान्त मुद्रा (बालासन) गरेर समाप्त गर्ने,

🟦 बालक/किशोरहरूका लागि शीर्षासन
✔ १२ वर्षभन्दा कम उमेरमा धेरै समय गर्न नहुने
✔ शिक्षकको मार्गदर्शन अनिवार्य
✔ १०–१५ सेकेन्डबाट सुरू
✔ घाँटीमा दवाव नपरोस्

शीर्षासनलाई राजयोग मा मन स्थिरता, प्राण नियन्त्रण र सहस्रार चक्र सक्रिय गर्ने अत्यन्त प्रभावकारी आसन मानिन्छ। ध्यान गर्नुअघि वा प्राणायामपछि ३०–६० सेकेन्ड शीर्षासन गर्नाले मन एकाग्र हुन्छ। शीर्षासन शारीरिक मात्र होइन, मानसिक, प्राणिक र आध्यात्मिक सबै स्तरमा लाभदायक अभ्यास हो। तर यो आसन “धैर्य, अभ्यास र सुरक्षा” का आधारमा मात्र सिद्ध हुन्छ।

✍️ Yogi Prince Neupane
Picture: Google

14/11/2025
बितेको समय हाम्रो शिक्षक हो,वर्तमान समय हाम्रो कर्मको मैदान हो,यही मैदानमा हामीले आफ्नो भविष्य निर्माण गर्छौं।तसर्थ,विगत...
12/11/2025

बितेको समय हाम्रो शिक्षक हो,
वर्तमान समय हाम्रो कर्मको मैदान हो,
यही मैदानमा हामीले आफ्नो भविष्य निर्माण गर्छौं।
तसर्थ,
विगतका गल्तीहरूबाट सिकौं,
वर्तमानमा आफ्ना सपनाहरूको बीउ रोपौं,
र भविष्यमा तिनै बीउहरू सफलताको फूल बनेर फुल्नेछन्।

Prince Neupane Yoga Prince Neupane Rsm Prince Neupane

Address

Kathmandu
ANAMNAGAR

Alerts

Be the first to know and let us send you an email when Prince Neupane Yoga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Prince Neupane Yoga:

Shortcuts

Share

Category