09/12/2023
Just for today, December~9
Listening (सुन्नु)
"सुन्न सक्ने योग्यता एक उपहार हो जुन हाम्रो आध्यात्मिक प्रगति को साथ् साथ विकसित हुने गर्दछ जब हामी यो उपहार प्रति आफ्नो हृदय पूर्ण रुपले खुला गर्दछौ तब हामीले हाम्रो जीवनको नया अर्थ पाउन थाल्दछौ।"
Basic Text, p. 107
----------------=---------------
के तपाइले कहिले दुइ बच्चा हरु एक आपसमा कुराकानी गरिरहेको ध्यान गरेर हेर्नु भएको छ ? त्यहा एक जना ले कालो राक्षस को बारेमा बताइ रहेको हुन्छ भने अर्को आफ्नो जुत्तामा बालुवा पसेर आफुलाई परेको असुबिधा को बारेमा भनी रहेको हुन्छ। हामी पनि कहिले काही यस् प्रकारको संचारको समस्या को सामना गर्ने गर्दछौ जब हामी अरु को सुन्न सिख्ने गरिरहेका हुन्छौ। एक तर्फ बैठक मा हामी अरुको सुन्ने प्रयास गरिरहेका हुन्छौ भने अर्को तर्फ सद्स्य हरुले सेरिंग गर्दा बखत हामी यो योजना बनाउन व्यस्त हुन्छौ जब हाम्रो बोल्ने पालो आउछ तब हामी के बोल्छौ होला भनेर। वार्तालाप को दौरान हामी अचानक यो महसुस गर्न थाल्दछौ कि हामीले दि रहेको उत्तर हरु सोधिएको प्रश्न हरु सँग केही सम्बन्ध छैन भनेर। अपितु त्यो त हामीले दिएको भाषण हो जुन हामीले आफ्नो सेल्फ अब्सेसनको पकडमा नै तयार गरेका हौ।
सुन्ने कला सिक्नु र साच्चै नै सुन्नु यो मुश्किल कार्य हो। तर यो हाम्रो पहुच को सिमा भन्दा बहिर हुने गर्दैन। हामीले वार्तालाप गर्ने मित्र ले के भनी रहेछ, उसले भनेको कुरा हरुलाई आफ्नो जवाब मा सामेल गरेर हामी सुन्ने कला सिक्न सुरुवात गर्न सक्तछौ। जब कसैले कुनै समस्या व्यक्त गर्दछ तब हामी यो सोध्न सक्तछौ कि हामी कसरी उसको मद्घत गर्न सक्तछौ भनेर। सानो प्रयास ले हामी आफ्नो सेल्फ अब्सेसन बाट ठुलो मुक्ति पाउन सक्तछौ र आफ्नो जीवनमा भएको व्यक्तीहरु सँग अझ नाजिकको सम्बन्ध बनाउन सक्तछौ।
---------------=---------------
आजको निम्ती मात्र - आज म आफ्नो सोच हरुलाई मौन राख्ने छु र अरुलाई सुन्ने छु कि उनिहरुले के भनी रहेको छ भनेर।