02/06/2026
***मेरो स्वभाव किन यस्तो छ ? WHY I AM LIKE THIS?***
अरुले भनेको सानो कुरामा अस्वभाविक रुपमा धेरै मन किन दुख्छ ?
वारम्वार गलत सम्बन्ध प्रति किन आकर्षित भैरहेको हुन्छु?
आफुले लिएको निर्णयमा किन ढुक्क हुन सक्दिन? निर्णय लिन किन अती असहज महशुस हुन्छ?
मलाई कसैले बुझ्दैन जस्तो, वा आफन्त हरुको साथमा हुँदा पनि किन एक्लो महशुस हुन्छ ?
विना कारण पनि किन अरु प्रति शंका लाग्छ ? कसैलाई विश्वास गर्न किन अत्यन्त गाह्रो लाग्छ?
मलाई मन परेको व्यक्तिले जव मलाई मन पराउन थाल्छ र ‘इफोर्ट’ देखाउन थाल्छ, मेरो उ प्रतिको आकर्षण अचानक किन कम हुन थाल्छ ?
धेरैले मलाई राम्रो नै भन्छन, तर आफुलाई म किन साचिकै नराम्रो लाग्छ ?
अरुसँग नजिक हुँदा, भित्री कुरा थाहा पाउनेले मलाई ‘रेस्पेक्ट’ गर्दैन, म मा ‘डिफेक्ट’ छ जस्तो किन लाग्छ ?
‘इन्डेपेन्डेन्टली’ जीवन जीउन र संचालन गर्न असक्षम छु जस्तो किन महशुस हुन्छ ?
नियम र मान्यतामा बाधिन किन अत्यन्त डर लाग्छ ? सम्बन्धहरुमा ‘कमिटेड’ हुन किन सक्दिन ?
सवभन्दा मन परेका व्यक्तिले छोडेर जान्छन भन्ने भयले किन सधै सताइ रहन्छ ?
म सफल हुने होइन, प्रयाश गर्नुको के नै अर्थ छ र , भन्ने सोचले किन केही गर्नबाट रोकी रहन्छ ?
अरुले मलाइ सफलनै भन्छन, तर म आफु किन ढुक्क हुन सक्दिन ? किन रमाउन सक्दिन ? केही गर्नैपर्ने दवाव हरेक पल किन महशुश भैरहेको हुन्छ ?
यस्ता (Feeling) अनुभुतीहरु Random Event मात्र नभै
पर्सनालिटीका समस्या हुन सक्छन। र यसको समाधान सम्भव छ।
We integrate Psychodynamic approaches, Schema Focused Therapy, Cognitive Behavioral Therapy, Dialectical Behavioral Therapy, Acceptance & Commitment Therapy, Emotional Focused Therapy, Gestalt Therapy and other therapy techniques & strategies to treat Personality Problems & Disorders