27/09/2026
भ्रष्टाचार जीवनशैलीबाट देखिन्छ। सरकारले नेता, ब्यापारी, कर्मचारी, न्यायकर्मी र सुरक्षा निकायका नेतृत्वको गोप्यरुपमा भित्री अनुसन्धान गर्ने र प्रमाण जुटाएर #दण्डित गर्ने प्रक्रिया जारी राखीरहनु पर्छ! प्रमाण जुटाएपछि मात्र पक्राउ गर्ने र मुद्दा चलाउने सुल्टो बाटो हो! अनुसन्धान उल्टोबाटो हिड्ने हैन! अदालतले #बन्दिप्रत्यक्षीकरणबाट छोडेका नेताको अनुसन्धान जारी राख्नुपर्छ, प्रमाण खोज्नुपर्छ र दण्डित गर्नुपर्छ!
#भ्रष्टाचार देश र जनता प्रतिको धोका हो! भ्रष्टलाई दण्डित गर्ने र सम्पत्ति जफत गर्ने कदम चालेमा #दण्डहिनता घट्ने, देश धनी हुने र भ्रष्ट प्रबृत्ति #निरुत्साहित हुन्छ 🌺💐