Patap Health Cure

Call Directions Contact the practice

Patap Health Cure Patap Health Cure was established with the aim providing quality and affordable health-care.

08/11/2026

शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना

प्रकाशको पर्व दीपावलीले सम्पूर्णको जीवनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र नयाँ उत्साह ल्याओस्।

माता लक्ष्मीको कृपा सबैमा सदैव रहिरहोस्। 🙏🌸

Patap Health Care परिवारको तर्फबाट सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना। ❤️ Aayush Lama

विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! विजयादशमीको पावन अवसरमा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा देश–विदेशमा रहनुभ...
17/10/2026

विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना!

विजयादशमीको पावन अवसरमा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

यो चाडले सबैको जीवनमा नयाँ उमङ्ग, खुसी र सकारात्मक ऊर्जा ल्याओस्।

Patap Health Cure
सधैं तपाईंको स्वास्थ्यको साथमा। 🙏🌼

07/10/2026

❤️🙏

हार्दिक धन्यवाद!आज मिति २०८३/०४/०१ गते साझा पाईला नेपाल को आयोजना, पटाप हेल्थ केयर को व्यवस्थापन तथा नेपाल रेडक्रस सोसाइ...
17/07/2026

हार्दिक धन्यवाद!

आज मिति २०८३/०४/०१ गते साझा पाईला नेपाल को आयोजना, पटाप हेल्थ केयर को व्यवस्थापन तथा नेपाल रेडक्रस सोसाइटी को प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।

यस कार्यक्रमका प्रमुख अतिथि शंखरापुर नगरपालिकाका नगर प्रमुख श्री रमेश नापितज्यू तथा विशिष्ट अतिथि नगर उपप्रमुख श्रीमती समिता श्रेष्ठज्यू सहित कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरू, सहयोगी संस्था, स्वयंसेवक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सहयोगी मनहरूप्रति हार्दिक नमन व्यक्त गर्दछौं।

विशेष रूपमा, आफ्नो अमूल्य रगत दान गरी मानव जीवन बचाउने महान कार्यमा सहभागी हुनुहुने ७९ जना रक्तदाताहरू प्रति उच्च सम्मानसहित हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंहरूको यो मानवीय योगदान समाजका लागि प्रेरणादायी र अविस्मरणीय रहनेछ।

आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सद्भावको निरन्तर अपेक्षा गर्दै सबैमा पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछौं।🙏

🩸 वृहत् रक्तदान कार्यक्रम – २०८३ 🩸रगतको अभावका कारण कुनै पनि बिरामीले जीवन गुमाउन नपरोस् भन्ने साझा उद्देश्यका साथ साझा ...
15/07/2026

🩸 वृहत् रक्तदान कार्यक्रम – २०८३ 🩸

रगतको अभावका कारण कुनै पनि बिरामीले जीवन गुमाउन नपरोस् भन्ने साझा उद्देश्यका साथ साझा पाइला नेपाल द्वारा आयोजित तथा Patap Health Care (४औँ वार्षिकोत्सवको अवसरमा) को व्यवस्थापन र नेपाल रेडक्रस सोसाइटी को सहकार्यमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

📅 मिति: साउन १ गते, २०८३
📍 स्थान: साँखु महादेवस्थान, काठमाडौं
🕗 समय: बिहान ८:०० बजे देखि

❤️ तपाईंको एक थोपो रगत कसैको जीवनको आशा बन्न सक्छ।
आउनुहोस्, रक्तदान गरौँ र मानवताको सेवामा हातेमालो गरौँ।

“रक्तदान गरौँ, जीवन बचाऔँ।” 🩸🙏

Address

Sankharpur-7, Mahadevsthan, Sankhu
Kathmandu
44600

Telephone

+9779846660003

Website

Alerts

Be the first to know and let us send you an email when Patap Health Cure posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Patap Health Cure:

Shortcuts

Share