Dr.Rakesh Shah-Colorectal Surgeon

Dr.Rakesh Shah-Colorectal Surgeon Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr.Rakesh Shah-Colorectal Surgeon, Surgeon, New Baneshwor, Kathmandu.

Dr.Rakesh Shah is Nepal’s First Colorectal Surgeon,currently working in Bir Hospital(NAMS) and other renowned Private Hospitals like Everest Hospital,Frontline Hospital,NIHS & Nepal Mediciti Hospital.

14/05/2026

फ्रन्टलाइन अस्पतालका वरिष्ठ चिकित्सक डा. राकेश शाह नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनमा केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

06/05/2026

नेपाल चिकित्सक संघमा नयाँ कार्यसमिति निर्वाचित : १९ जनामा २ उपाध्यक्ष र ३ सदस्यबाहेक सबै डा बद्री प्यानलका उम्मेदवारको जित

समाचार लिंक : https://swasthyakhabar.com/story/62622

06/05/2026

गौरवको क्षण 🙌
एभरेस्ट अस्पतालका वरिष्ठ चिकित्सक डा. राकेश शाह नेपाल चिकित्सक संघ (NMA) को केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

आगामी दिनहरूमा तपाईंको कुशल नेतृत्वमा संघले थप उचाइ लिनेछ भन्ने विश्वासका साथ थप सफलताको कामना गर्दछौं। ❤️

🙏 हार्दिक धन्यवाद 🙏NMA को Executive Member पदमा म सहित मेरो टीमका अधिकांश साथीहरूलाई निर्वाचित गराई विश्वास, साथ र समर्थ...
06/05/2026

🙏 हार्दिक धन्यवाद 🙏

NMA को Executive Member पदमा म सहित मेरो टीमका अधिकांश साथीहरूलाई निर्वाचित गराई विश्वास, साथ र समर्थन प्रदान गर्नुहुने पूर्वदेखि पश्चिम र काठमाडौंसम्मका सम्पूर्ण अग्रज चिकित्सकज्यूहरू, सहकर्मी मित्रहरू, शुभेच्छुकहरू तथा मतदाताहरूमा हृदयदेखि आभार व्यक्त गर्दछु।

मैले बंगलादेशमा अध्ययन गरिरहँदा देखिनै तथा पछिल्ला ५ वर्षदेखि नेपालमा गरेको योगदान र सक्रिय सहभागितामाथि विश्वास गरी मलाई जिताउन सहयोग गर्नुहुने सबैमा म मुरी–मुरी धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास मेरो लागि ठूलो जिम्मेवारी र प्रेरणा हो। यो जित तपाईंहरूको भरोसा, माया र साथको परिणाम हो।

यो जित केवल मेरो व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण चिकित्सक समुदायको एकता, विश्वास र सकारात्मक परिवर्तनको प्रतीक हो। तपाईंहरूले दिएको जिम्मेवारीलाई इमान्दारी, पारदर्शिता र समर्पणका साथ पूरा गर्नेछु। साथै, तपाईंहरूको सल्लाह–सुझावलाई सधैं माथि राख्दै NMA प्रति रहेको विश्वासलाई अझ मजबुत बनाउने प्रण गर्दछु।

आगामी दिनहरूमा चिकित्सकहरूको हक–हित, पेशागत मर्यादा र स्वास्थ्य सेवा प्रणालीको सुधारका लागि निरन्तर लागिरहने छु र तपाईंहरूको विश्वास जित्ने गरी अझ मेहनतका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

हाम्रो टीमका मेरा प्रिय मित्रहरू Dr.Parashu Ram Ghimire, Dr.Sumedh Mishra र Dr. Himlal Bhandari तथा आदरणीय र सबैका प्यारा दाइ Dr. Navaraj Lamdari र Dr. Saroj Giri लाई हामीले अवश्य मिस गर्नेछौं। उहाँहरूको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग आगामी दिनहरूमा पनि निरन्तर रहने विश्वास लिएको छु।

~~~~~~~~~~~~~~~~~~~~~~~~
Dr.Rakesh Shah (Colorectal Surgeon)
Executive Member (Elected): 2083-85
Nepal Medical Association

अव्यावहारिक ड्युटी समयको अन्त्य, वैज्ञानिक ड्युटी तालिका र थप कामको उचित मूल्यांकनका लागि Team Badri को Member Candidate...
24/04/2026

अव्यावहारिक ड्युटी समयको अन्त्य, वैज्ञानिक ड्युटी तालिका र थप कामको उचित मूल्यांकनका लागि Team Badri को Member Candidate - Dr.Rakesh Shah लाई साथ दिनुहोस्।

परिवर्तनको सही निर्णयका लागि अबको मत Team Badri लाई।

🗳️ VOTE FOR TEAM BADRI

सबै आदरणीय अग्रजहरू, शुभचिन्तकहरू, सहपाठी साथीहरू तथा प्यारा भाइबहिनीहरूसँग तपाईंहरूको आशीर्वाद, साथ, सहयोग, सल्लाह र सु...
11/04/2026

सबै आदरणीय अग्रजहरू, शुभचिन्तकहरू, सहपाठी साथीहरू तथा प्यारा भाइबहिनीहरूसँग तपाईंहरूको आशीर्वाद, साथ, सहयोग, सल्लाह र सुझाव प्रदान गर्दै आफ्नो अमूल्य मत दिई म (Dr.Rakesh Shah) सहित मेरो “Team Badri” लाई विजयी बनाउन हार्दिक अनुरोध गर्दछु।

06/04/2026

सम्मानित चिकित्सकज्यूहरू,

“Committed to Serve, Ready to Lead — Dr. Rakesh Shah” Member Candidate for upcoming NMA Election-2083.

चिकित्सकको दरबन्दी, पारिश्रमिक र सेवा सुविधामा सुधार गर्दै, उहाँले Team Badri को प्रतिबद्धता र चिकित्सकहरूको सम्मानका लागि काम गर्ने वचन दिनुभएको छ।

हामी सबैलाई सुरक्षित र सम्मानजनक कार्य वातावरणका लागि उहाँलाई आफ्नो अमूल्य मत दिनुहुन अनुरोध गर्दछौं। 🙏

👉 NMA निर्वाचन २०८२
🗳️ VOTE FOR TEAM BADRI

कोलोरेक्टल सचेतना महिना | एभरेष्ट अस्पताल 🏥कोलोरेक्टल सचेतना महिनाको अवसरमा एभरेष्ट अस्पताल, नयाँ बानेश्वरमा एक प्रभावका...
21/03/2026

कोलोरेक्टल सचेतना महिना | एभरेष्ट अस्पताल 🏥

कोलोरेक्टल सचेतना महिनाको अवसरमा एभरेष्ट अस्पताल, नयाँ बानेश्वरमा एक प्रभावकारी सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

कार्यक्रममा कोलोरेक्टल सर्जन डा. राकेश शाहद्वारा प्रस्तुत ज्ञानमूलक प्रस्तुतीले प्रारम्भिक पहिचान, रोकथाम तथा समयमै उपचारको महत्त्व स्पष्ट पारेको थियो।

सबै सहभागीहरूलाई सक्रिय सहभागिता र स्वास्थ्य सचेतनामा योगदानका लागि हार्दिक धन्यवाद।

समयमै जाँच गरौं, सचेत बनौं, र स्वस्थ जीवनतर्फ अघि बढौं।

21/03/2026

Address

New Baneshwor
Kathmandu
46000

Alerts

Be the first to know and let us send you an email when Dr.Rakesh Shah-Colorectal Surgeon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr.Rakesh Shah-Colorectal Surgeon:

Shortcuts

Share

Category