26/10/2026
९ औँ सिनेमा आएर ब्रेक लाग्न लाग्यो दीपकलाई ?
दीपकराज गिरीले नेपाली सिनेमा उद्योगमा लगातार आठवटा हिट सिनेमा दिएका छन् । दीपकले बनाएका कुनै पनि सिनेमा अहिलेसम्म फ्ल्प भएका छैनन् ।
‘छक्का पञ्जा’का पाँचवटा सिरिज र ‘वडा नम्बर ६’, ‘६ एकान ६’ र ‘छ माया छपक्कै’ बक्सअफिसमा हिट भएका छन् ।
अहिले उनै दीपकको चलचित्र ‘छ माया छपक्कै २’ हलमा प्रदर्शन भइरहेको छ । गत शनिबारबाट प्रशर्नमा आएको उनको यो नवौँ सिनेमा बक्सअफिसमा सुपरहिट होला कि होइन ?
तर, स्रोतले बताए अनुसार यो सिनेमाको कलेक्सनले एक हल्पतामा ५ करोड कलेक्सन कटाउन सकेको छैन । हुन त यो सिनेमा अहिले पनि सय शोको हाराहारीमा चलिरहेकाले अझै पनि धेरै कलेक्सन गर्ने सम्भावना छ ।
तर, ‘कबड्डी ५’ मजाले चलिरहेकाले अरु सिनेमालाई त्यति सहज भने छैन । त्यसैले यो सिनेमा फेरि बक्सअफिसमा गुलजार नभए दीपकको सिनेमा यात्रामा ९ औँ सिनेमा आएर बक्सअफिसको सफलामा ब्रेक लाग्नेछ ।
तर, ब्रेक नलागोस्, उनको बक्सअफिस सफलताले निरन्तरता पाओस्, शुभकामना ।