08/06/2026
एक्सपायरी डेटको पर्दापछाडि: मन्दविषयुक्त इन्ग्रिडियन्टहरूको संसार
हामीमध्ये धेरैले पसलमा खाद्यवस्तु किन्दा सबैभन्दा पहिले एक्सपायरी डेट हेर्छौँ। मिति सकिएको छैन भने ढुक्क हुन्छौँ। हामीलाई लाग्छ यो सुरक्षित छ, यो खान मिल्छ। तर के वास्तवमै यति मात्र हेरेर ढुक्क हुन मिल्छ? उपभोक्ता सचेतनाको सबैभन्दा ठूलो विडम्बना यही हो। हामी प्याकेटको कुनामा लेखिएको मिति पढ्छौँ तर त्यही प्याकेटभित्र लुकेका सामग्रीहरूको सूची पढ्दैनौँ। हामी एक्सपायरी डेटमा मात्र विश्वास गर्छौँ तर इन्ग्रिडियन्टमा सचेत हुँदैनौँ। चम्किलो प्याकेट, आकर्षक विज्ञापन र सुरक्षित देखिने मिति देखेपछि हामीलाई लाग्छ सबै ठीक छ। तर वास्तविक प्रश्न त्यहाँबाट सुरु हुन्छ। यदि कुनै खाद्यवस्तुमा अत्यधिक चिनी, अत्यधिक नुन, अस्वस्थ बोसो, कृत्रिम रंग, कृत्रिम स्वाद र विभिन्न रासायनिक संरक्षक पदार्थ मिसिएका छन् भने त्यसको एक्सपायरी डेट एक वर्ष बाँकी हुनुको अर्थ के हुन्छ? त्यो वस्तु लामो समयसम्म बिग्रँदैन भन्ने त हुन सक्छ तर त्यसले हाम्रो स्वास्थ्यलाई के दिन्छ?
एक्सपायरी डेटले वस्तु कति दिन टिक्छ भनेर बताउँछ तर इन्ग्रिडियन्ट सूचीले त्यो वस्तुले शरीरलाई के दिन्छ भनेर बताउँछ। दुःखको कुरा हामी पहिलो कुरा पढ्छौँ र दोस्रो कुराको बेवास्ता गर्छौँ। आजको धेरै प्याकेज्ड खानामा refined wheat flour (मैदा), artificial sweeteners, emulsifiers र processed seed oils जस्ता सामग्रीहरू हुन्छन् जसले स्वाद र shelf life बढाउँछन् तर दीर्घकालीन स्वास्थ्यमा असर पार्न सक्छन्। त्यस्तै packaged foods मा trans fats, high-fructose corn syrup, artificial dyes र chemical preservatives जस्ता तत्वहरू पाइन्छन् जसले मोटोपना, मधुमेह, उच्च रक्तचाप र मुटु रोगको जोखिम बढाउन सक्छन्।
खाद्य उद्योगले अब केवल स्वाद बेच्दैन, उसले सुविधा बेचिरहेको छ, आकर्षण बेचिरहेको छ र कहिलेकाहीँ स्वास्थ्यको भ्रम पनि बेचिरहेको छ। बजारलाई थाहा छ धेरै उपभोक्ताले लेबलको सानो अक्षर पढ्दैनन्। त्यसैले प्याकेटको अगाडिको चमकले पछाडिको सत्यलाई छोपिदिन्छ।
यति मात्र होइन, केही खतरा त लेबलमै देखिँदैन। Phthalates र Bisphenols (BPA) जस्ता औद्योगिक रसायनहरू प्लास्टिकको wrapping, can lining र storage containers बाट खानामा मिसिन सक्छन्। यी endocrine disruptors हुन् जसले शरीरको hormone प्रणालीमा असर पारेर reproductive स्वास्थ्यलाई समेत प्रभावित गर्न सक्छन्।
आज संसारभर मोटोपना, मधुमेह, उच्च रक्तचाप र मुटु रोगजस्ता समस्या बढिरहेका छन्। यी अचानक आएका होइनन्, वर्षौंको गलत खानपान र processed food निर्भरताको परिणाम हुन्।
त्यसैले अब उपभोक्ता आन्दोलनमा नयाँ सोच स्थापित हुनुपर्छ। एक्सपायरी डेट मात्र होइन, इन्ग्रिडियन्ट पनि पढौँ।
किनकि बिग्रिएको खाना तुरुन्तै फालिन्छ तर खराब सामग्री भएको खाना प्रायः मुस्कुराउँदै घरभित्र पस्छ।
सचेत उपभोक्ता त्यो होइन जसले केवल मिति हेर्छ, सचेत उपभोक्ता त्यो हो जसले प्याकेटभित्र लुकेको तथ्य पढ्छ।
स्वास्थ्यको रक्षा अस्पतालमा होइन, पसलको र्याकअगाडि उभिँदा नै सुरु हुन्छ।