Golden Sandesh

Golden Sandesh Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Golden Sandesh, suryakot, koteshwor, Kathmandu.

06/05/2026

सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा.डा. जगदिशप्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ।

पछिल्लो मन्त्रिपरिषद् बैठकले डा.अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार अग्रवालले स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनुहुनेछ।



फोटो सौजन्यः प्रधानमन्त्रीको सचिवालय

06/05/2026

Inspirational: काभ्रेपलाञ्चोककी मन्दिरा सापकोटाले विदेश जाने सोचेर लामो समय कपाल का'ट्ने तालीम लिइन । त्यसपछि विदेश जाने सपनालाई त्यागेर आफुले सिकेको अनुभव देशमा नै सदुपयोग गर्ने सोचका साथ विगत ४ वर्षदेखि महिला पुरुष दुबैको कपाल का'ट्ने काम गर्दै आइरहेकी छिन् । उनी भन्छिन, "काम कहिल्यै सानो-ठुलो हुँदैन । एउटै काम निरन्तर गर्ने हो भने हामी यहि देशमा बसेर आत्मनिर्भर बन्न सक्छौं ।" ❤️

Photo & Story. Suresh Timalsina

06/05/2026

काठमाडाैंकाे तारकेश्वर नगरपालिका–३ की ४५ वर्षीया सरिता तिवारीको हत्या प्रकरणले समाजलाई स्तब्ध बनाएको छ। वैशाख ११ गतेदेखि हराइरहेकी सरिताको शव ११ दिनपछि टोखाको शिवपुरी जङ्गलमा गा'डिएको अवस्थामा फेला परेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विवाहेत्तर सम्बन्ध र "जिम्मा लिनुपर्ने" दबाबका कारण सरिताको ह*त्या भएको खुलेको छ। सरिताका पति शंकर तिवारी विभिन्न टेलिसिरियलमा अभिनय गर्थे। शंकर र ह*त्या आ'रोपी टोखा नगरपालिका–२ का अनिल डङ्गोलबीच विगत ७–८ वर्षदेखि घनिष्ठ मित्रता थियो।

शंकर काममा व्यस्त भएको मौका छोपी अनिलको सरितासँग नजिकता बढेको देखिन्छ। करिब एक वर्षदेखिको यो सघन सम्बन्धबारे शंकरले गत माघ–फागुनमा मात्र चाल पाएका थिए।

सरिता म्यादी प्रहरीमा भर्ना भएकी थिइन्। ड्युटीको समयमा घर नजाने र खोजी गर्दा अनिलको साथमा भेटिन थालेपछि परिवारमा ख'टप'ट सुरु भएको थियो।

अनिलसँगको सम्बन्धबारे समाज र परिवारमा चर्चा हुन थालेपछि सरिता दबाबमा थिइन्। प्रहरी स्रो'तका अनुसार सरिताले अनिललाई आफूलाई स्वीकार गर्न र पूर्ण जिम्मेवारी लिन द'बाब दिइरहेकी थिइन्। यही दबाबबाट उम्किन अनिलले हत्याको योजना बुनेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

06/05/2026

आफ्ना सबैभन्दा नयाँ फलोअरहरूलाई चिच्याएर सुनाउनुहोस्! तपाईँ साथमा हुनुभएकोमा उत्साहित छु! Puspa Lal Dhital, Binod Khanal

05/05/2026
05/05/2026

आज गणेश मङ्गल चाैथी-शुभ दिन
🔶🔶🔶

-सुनकुमार अवाल
⚛️⚛️⚛️

आज बर्षकै ठूलाे चाैथी मङ्गल चाैथी परेको छ।

त्यसमाथि आज मङ्गलवार परेको छ। मङ्गलवारलाई भगवान् गणेशको दिनको रूपमा मान्ने चलन पनि छ ।

भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ ।

मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरूले आजकै शुभ दिनबाट व्रत प्रारम्भ गर्छन् । शुभ लाभ नै लाभ हुने विश्वास रहदै आएको छ।

ASSOCIATE EDITOR Sunkumar AwalSankalpa Nepal Television SMRIT NEWS SERVICE Golden Sandesh प्रकासन मिति : - २०८३ साल बैशा...
04/05/2026

ASSOCIATE EDITOR
Sunkumar Awal
Sankalpa Nepal Television
SMRIT NEWS SERVICE
Golden Sandesh
प्रकासन मिति : - २०८३ साल बैशाख २१ गते सोमबार।

बैशाख महिनाकाे टन्टलापुर चर्काे घाम, अनि हावा-हुरी र पानीको बर्षामा रूझेकी रूपका रूपमा सुरविना कार्कीले आफूलाई सार्वजनिक गरेकी छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत बाेल्ड समर पाेज उनलेे सार्वजनिक गरेकी हुन्।।

उनी अर्थात सुरविना कार्की एक चर्चित नेपाली अभिनेत्री र मोडल हुन्। उनले नेपाली चलचित्र क्षेत्रमा सन् २०१३ को चलचित्र 'झेली' बाट डेब्यु गरेकी थिइन्।

उनले 'नाइके', 'लुकामारी', 'सुश्री', र 'लप्पन छप्पन' जस्ता चलचित्रहरूमा अभिनय गरेकी छिन्।

अभिनयमा आउनुअघि उनी एक स्थापित मोडल थिइन् र उनले थुप्रै म्युजिक भिडियो तथा टेलिभिजन विज्ञापनहरूमा पनि काम गरेकी छिन्।

उनले भारतको मुम्बईमा गएर अभिनयको कोर्स पनि गरेकी छिन् र केही समय बलिउडमा सङ्घर्षरत रहेकी थिइन्। उनी हाल सामाजिक सञ्जालमा एक डिजिटल क्रिएटरको रूपमा पनि निकै सक्रिय छिन्।

ASSOCIATE EDITOR Sunkumar AwalSankalpa Nepal Television SMRIT NEWS SERVICE Golden Sandesh प्रकासन मिति : - २०८३ साल बैशा...
04/05/2026

ASSOCIATE EDITOR
Sunkumar Awal
Sankalpa Nepal Television
SMRIT NEWS SERVICE
Golden Sandesh
प्रकासन मिति : - २०८३ साल बैशाख २१ गते सोमबार।

नेपाल आमाको आँसु पुछ्न हरदम तयार भएर बसेकाे हामी नेपाली ग्लाेबलका संस्थापक अन्तर्राष्ट्रिय अध्यक्ष अमृत लामा राष्ट्रिय स्वतन्त्र पार्टीमा विधिवत प्रवेश..

03/05/2026

Address

Suryakot, Koteshwor
Kathmandu
32

Telephone

+9779841423213

Website

Alerts

Be the first to know and let us send you an email when Golden Sandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share