Nepal Eye Program,Tilganga Institute of Ophthalmology

Nepal Eye Program,Tilganga Institute of Ophthalmology Official Page of Tilganga Institute of Ophthalmology; Destination for Comprehensive Eye Care

Press Release! प्रेस विज्ञप्तिप्राकृतिक प्रकोप प्रभावितहरुको लागि तिलगंगाको राहत११ गते, भाद्र २०८३भोटेकोशीमा आएको बाढीले...
27/08/2026

Press Release!

प्रेस विज्ञप्ति

प्राकृतिक प्रकोप प्रभावितहरुको लागि तिलगंगाको राहत

११ गते, भाद्र २०८३

भोटेकोशीमा आएको बाढीले त्रिशूली नदीका किनारमा अवस्थित रसुवा, नुवाकोट, धादिङ र गोर्खा जिल्लाका केही क्षेत्रमा अपूरणीय क्षति पुर्याएको छ। यो अकल्पनीय विपत्तिले हाम्रो देशले असंख्य होनहार नागरिक, परिवारहरु,विदेशी पर्यटकहरु, सार्वजनिक तथा निजी पूर्वाधारहरू गुमाउनु परेको छ। धेरै नेपालीहरू तथा विदेशी मित्रहरुले आफ्ना प्रियजनहरू गुमाएका छन् भने धेरै नेपाली तथा विदेशी नागरिक अझै बेपत्ता अवस्थामा छन्।

यस दुःखद घडीमा, बेपत्ता हुनु भएकाहरू सकुशल भेटिनुहुनेछ भन्ने हामी हार्दिक प्रार्थना गर्दछौं। घाइते हुनु भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं। आफ्ना प्रियजन गुमाउनु भएका सम्पूर्ण परिवारजनप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौं। साथै, यस महाविपत्तिमा ज्यान गुमाउनु भएका सबै दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।

यस कठिन समयमा नेपाल सरकारका सम्पूर्ण निकायहरू, प्रदेश सरकार तथा स्थानीय सरकारहरू राहत र उद्धार कार्यमा निरन्तर खटिनु भएको छ। राज्यले राहत, उद्धार र पुनस्र्थापनामा ठूलो दायित्व वहन गर्नुपर्ने अवस्था आएको छ।

यही पीडा, यही संवेदना र यही देशप्रेमका साथ, नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान परिवारले आर्जन गरेको रकम तथा देशभित्र र बाहिर रहनु भएका हाम्रा शुभेच्छुक, सहयोगी मित्रहरूमार्फत प्राप्त रकमबाट नेपाल सरकारको राहत, उद्धार र पुनस्र्थापनामा केही सहयोग पुग्ने अपेक्षासहित यस संस्थाबाट रु. एक करोड एक लाख एक रुपैया र कर्मचारीहरुवाट एक दिन वरावरको तलव प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गर्ने र प्रभावित क्षेत्रका घाइते बिरामीहरुको आँखा सम्वन्धी निःशुल्क उपचार गर्ने निर्णय गरेका छौं। यस प्रतिष्ठान अन्तर्गत रसुवा, नुवाकोट र धादिङमा कार्यरत कर्मचारीहरूलाई ग्रामीण आँखा केन्द्र समेतको सहयोग लिई एक टोली बनाई जिल्ला दैवी प्रकोप समन्वय समितिसँगको समन्वयमा बाढी प्रभावित क्षेत्रका समुदायको आवश्यकताअनुसार आँखा परीक्षण लगायत आँखा उपचारका लागि परिचालन गर्ने निर्णय गरेका छौ ।

भविष्यमा हाम्रा शुभेच्छुकहरूमार्फत थप सहयोग संकलन भएमा, पुनर्निर्माणको यात्रामा पनि नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान परिवार सधैं झैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछ ।

हामी सबै नेपालीले एक अर्काको दुख सुखमा साथ दिऔ ।

#तिलगंगाकोराहत #प्राकृतिकप्रकोपप्रभावित
#आँखास्वास्थ्यसेवा #निःशुल्कआँखाउपचार #तिलगंगाआँखा प्रतिष्ठान
#नेपालआँखाकार्यक्रम #प्रधानमन्त्रीदैवीप्रकोपउद्धारकोष

प्राकृतिक प्रकोपबाट घाइते हुनुभएकाहरुको लागि निःशुल्क आँखा उपचारसम्बन्धी सूचना !नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रति...
27/08/2026

प्राकृतिक प्रकोपबाट घाइते हुनुभएकाहरुको लागि निःशुल्क आँखा उपचारसम्बन्धी सूचना !
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान देशमा हालै उत्पन्न प्राकृतिक प्रकोपका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछ।
भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीका कारण रसुवा, धादिङ, गोरखा, नुवाकोट, चितवन लगायत आसपासका विभिन्न क्षेत्रमा प्रभावित समुदायप्रति हामी गहिरो दुःख व्यक्त गर्दै यस विषम परिस्थितिमा आ–आफ्नो क्षेत्रबाट प्रभावित समुदायलाई जसले जहाँबाट र जसरी सम्भव हुन्छ, सहयोग र उद्धारका लागि सहकार्य गर्न हार्दिक अपिल गर्दछौँ। यस विपदको घडीमा घाइते तथा अस्पतालमा उपचाररत व्यक्तिहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
बाढी तथा प्राकृतिक प्रकोपको जोखिममा रहेका तथा प्रभावित क्षेत्रहरूमा बसोबास गरिरहनुभएका, कार्यरत वा यात्रा गरिरहनुभएका सम्पूर्ण महानुभावहरुलाई उच्च सतर्कता अपनाउन, सम्भावित जोखिमयुक्त स्थानबाट सुरक्षित रहन तथा सम्बन्धित निकायको सुरक्षा निर्देशन पालना गर्न हार्दिक अनुरोध गर्दछौँ।
यसैबीच, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं तथा रसुवा, नुवाकोट र धादिङ जिल्लामा अवस्थित तिलगंगा सामुदायिक आँखा केन्द्रहरूमा उक्त विपदबाट आँखामा लागेको चोटपटक उपचारका लागि आवश्यक निःशुल्क आँखा उपचार सेवा उपलब्ध गराइएको जानकारी गराउँदछौँ।

सुरक्षित रहौँ, सतर्क रहौँ र एकअर्कालाई सहयोग गरौँ।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान

#तिलगंगाकोराहत #प्राकृतिकप्रकोपप्रभावित
#आँखास्वास्थ्यसेवा #निःशुल्कआँखाउपचार #तिलगंगाआँखा प्रतिष्ठान
#नेपालआँखाकार्यक्रम #प्रधानमन्त्रीदैवीप्रकोपउद्धारकोष

कटहरिया नगरपालिका र नेपाल आँखा कार्यक्रम,तिलगंगा आँखा प्रतिष्ठानबीच रौतहटस्थित कटहरिया नगरपालिकामा सामुदायिक आँखा स्वास्...
26/08/2026

कटहरिया नगरपालिका र नेपाल आँखा कार्यक्रम,तिलगंगा आँखा प्रतिष्ठानबीच रौतहटस्थित कटहरिया नगरपालिकामा सामुदायिक आँखा स्वास्थ्य सेवा सञ्चालनको लागि आज सम्झौता सम्पन्न भएको छ।
सेवा फाउण्डेसनको सहयोग तथा कटहरिया नगरपालिकासँगको सहकार्यमा समुदायमा आधारित आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले गरिएको उक्त सम्झौताअनुसार आधारभूत आँखा स्वास्थ्य सेवा, दृष्टि परीक्षण तथा चश्मा परीक्षण, सामान्य आँखाका रोगको परीक्षण तथा उपचार, आवश्यक औषधि तथा चश्मा सेवा, शल्यक्रिया तथा विशेषज्ञ सेवाका लागि आवश्यकताअनुसार प्रेषण, सामुदायिक आँखा स्वास्थ्य कार्यक्रम, विद्यालय आँखा स्वास्थ्य कार्यक्रम लगायतका सेवाहरू व्यवस्थित रूपमा सञ्चालन गरिनेछन्।
प्रतिष्ठानमा आयोजित सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश र प्रतिष्ठानका तर्फबाट प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो। सो सम्झौतापत्र आदानप्रदान कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ मानव संसाधन प्रमुख र बाह्य कार्यक्रम विभागका व्यवस्थापक तथा अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
यस सहकार्यले कटहरिया नगरपालिका तथा आसपासका समुदायमा गुणस्तरीय, सहज र पहुँचयोग्य आँखा स्वास्थ्य सेवाको विस्तारमा योगदान पुर्याउने विश्वास गरिएको छ।

Dr. Eli Pradhan, from Tilganga Institute of Ophthalmology, was awarded the Rajvardhan Azad Oration Lecture award at the ...
26/08/2026

Dr. Eli Pradhan, from Tilganga Institute of Ophthalmology, was awarded the Rajvardhan Azad Oration Lecture award at the 10th Annual Conference of the Indian ROP Society (IROP) in Aravind Eye Hospital, Coimbatore, for contribution to ROP care in Nepal. IROP is the first ROP Society, formed in 2016, and has been contributing groundbreaking research on ROP worldwide.

It was a great honour for a Nepali citizen to be recognised, and Dr Eli is really grateful to the Tilganga Institute of Ophthalmology for providing a great platform for eliminating ROP blindness in possible ways, with a title on "ROP care in Nepal: from Awareness to Access", in which she highlighted the importance of awareness of early screening and early referral.

आँखा उपचारबाट वञ्चित तथा आर्थिक सहयोगको आवश्यकता भएका बिरामी र ज्येष्ठ नागरिक समुदायमा आवश्यक आँखा स्वास्थ्य सेवाको पहुँ...
24/08/2026

आँखा उपचारबाट वञ्चित तथा आर्थिक सहयोगको आवश्यकता भएका बिरामी र ज्येष्ठ नागरिक समुदायमा आवश्यक आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले विशाल ग्रुप फाउन्डेसन र नेपाल आँखा कार्यक्रम,तिलगंगा आँखा प्रतिष्ठान बीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार, आँखाको नानी प्रत्यारोपण शल्यक्रियाका लागि आर्थिक सहयोग आवश्यक पर्ने १० जना बिरामीलाई विशाल ग्रुप फाउन्डेसनले आर्थिक सहयोग उपलब्ध गराउनेछ। साथै, निशाय सेवा सदन, अं वृद्धाश्रम, द्योमा जगत वृद्धाश्रम र सिद्धि सेवा लगायतका संस्थामा रहेका १३१ जना ज्येष्ठ नागरिकका लागि दुईदिने आँखा परीक्षण शिविर सञ्चालन गरिनेछ। आँखा परीक्षणका क्रममा पहिचान भएका योग्य बिरामीमध्ये पहिलो २५ जना बिरामीको मोतीविन्दुको शल्यक्रियाका लागि समेत फाउन्डेसनले सहयोग गर्नेछ।तिलगंगा आँखा प्रतिष्ठानमा आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका बाह्य कार्यक्रम विभागका प्रतिनिधिहरूको उपस्थितिमा फाउन्डेसनका सञ्चार व्यवस्थापक राहुल श्रेष्ठ र प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।
यस सहकार्यले विपन्न, ज्येष्ठ तथा पहुँचविहीन समुदायमा गुणस्तरीय आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

With the aim of expanding access to essential eye-care services for patients who are unable to access treatment due to financial constraints and for elderly communities in need, Vishal Group Foundation (VGF) and Nepal Eye Program,Tilganga Institute of Ophthalmology (NEP-TIO) signed a Memorandum of Understanding (MoU) today.
Under the agreement, Vishal Group Foundation will provide financial support for corneal transplantation surgery for 10 eligible patients who require assistance. In addition, a two-day eye screening camp will be conducted for 131 elderly individuals from Nishaya Sewa Sadan, AUM Old Age Home, Dyoma Jagat Briddhashram, Siddhi Sewa, and other participating institutions. Based on the findings of the eye screening camp, the Foundation will also provide financial support for cataract surgery for the first 25 eligible patients identified as requiring surgical intervention.The MoU was signed at the Institute by Rahul Shrestha, Communications Manager, Vishal Group Foundation, and Pitambar Adhikari, Chief Operating Officer, TIO, in the presence of representatives from the Outreach Departments of both organizations.
This collaboration is expected to make a meaningful contribution to improving access to quality eye-care services for economically disadvantaged, elderly, and underserved communities, while helping reduce the number of people who remain deprived of essential eye treatment.

तिलगंगा आँखा प्रतिष्ठानको अनुसन्धान विभागद्वारा दुई महत्वपूर्ण अनुसन्धानका नतिजा सार्वजनिक गरिएको छ।कार्यक्रममा प्रतिष्ठ...
23/08/2026

तिलगंगा आँखा प्रतिष्ठानको अनुसन्धान विभागद्वारा दुई महत्वपूर्ण अनुसन्धानका नतिजा सार्वजनिक गरिएको छ।
कार्यक्रममा प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. स्मिता श्रेष्ठले “A Study on the Clinical Pattern, Etiology and Treatment Outcomes of Scleritis at a Specialist Eye Care Centre in Nepal” विषयक अनुसन्धान प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, डा. श्याम व्यासले “Assessment of Productivity, Costs and Environmental Impact of Phacoemulsification and Small Incision Cataract Surgery at a Specialist Eye Care Centre in Nepal ” विषयक अनुसन्धानको नतिजा प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा अनुसन्धान विभाग प्रमुख प्रा. डा. रवा थापाले अनुसन्धानको महत्व तथा संस्थामा अनुसन्धानको भूमिका सम्बन्धमा प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत, प्रमुख सञ्चालन अधिकृत, प्रमुख वित्तीय अधिकृत, विभिन्न विभागका प्रमुखहरू, आँखा रोग विशेषज्ञहरू, द फ्रेड हलोज फाउन्डेसन तथा क्योर ब्लाइन्डनेस प्रोजेक्टका नेपाल प्रतिनिधिहरू, अनुसन्धानकर्मीहरू, सम्बन्धित कर्मचारीहरू तथा विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

  यस प्रतिष्ठानको वरिष्ठ अधिकृत नारायण बहादुर कार्कीका पूजनीय  पिता ढलक बहादुर कार्कीकोज्यूको निधन भएको खबरले हामी अत्यन...
21/08/2026

यस प्रतिष्ठानको वरिष्ठ अधिकृत नारायण बहादुर कार्कीका पूजनीय पिता ढलक बहादुर कार्कीकोज्यूको निधन भएको खबरले हामी अत्यन्त मर्माहत भएका छौं ।

दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।

राजपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानबीच राजपुर नगरपालिकामा सामुदायिक आँखा सेवा सञ्चालन तथा वि...
17/08/2026

राजपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानबीच राजपुर नगरपालिकामा सामुदायिक आँखा सेवा सञ्चालन तथा विस्तारका लागि आज सम्झौता सम्पन्न भएको छ।

द फ्रेड हलोज फाउण्डेसनको सहयोग तथा राजपुर नगरपालिकासँगको सहकार्यमा समुदायमा आधारित आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले गरिएको उक्त सम्झौताअनुसार आधारभूत आँखा स्वास्थ्य सेवा, दृष्टि परीक्षण तथा चश्मा परीक्षण, सामान्य आँखाका रोगको परीक्षण तथा उपचार, आवश्यक औषधि तथा चश्मा सेवा, शल्यक्रिया तथा विशेषज्ञ सेवाका लागि आवश्यकताअनुसार प्रेषण, सामुदायिक आँखा स्वास्थ्य कार्यक्रम, विद्यालय आँखा स्वास्थ्य कार्यक्रमलगायतका सेवाहरू व्यवस्थित रूपमा सञ्चालन गरिनेछन्।

तिलगंगा आँखा प्रतिष्ठानमा आयोजित सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा राजपुर नगरपालिकाका प्रमुख डा. मो. राजिक आलम र नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।

We are delighted to announce that 16 employees of the Nepal Eye Program at Tilganga Institute of Ophthalmology, working ...
17/08/2026

We are delighted to announce that 16 employees of the Nepal Eye Program at Tilganga Institute of Ophthalmology, working across Nepal, have been honoured with the Best Performer Award 2082 for their outstanding performance, dedication, and commitment to excellence.
Huge congratulations to all award recipients on this well-deserved recognition. Your hard work and contributions inspire us and reinforce our commitment to delivering quality eye care.
Congratulations and best wishes for continued success!


Dr. Smita Shrestha -Sr. Ophthalmologist
Dr. Sagar Ruit -Sr. Ophthalmologist
Dr. Sushant Adiga -Sr. Ophthalmologist
Dr. Pragya Jha -Sr. Ophthalmologist
Upendra Narayan Chaudhary-Production & Engineering Manager, FHIOLLab
Abhay Shrestha-Production Manager FHIOLLab
Asmita Karki -Ophthalmic Officer
Krishna Raj Dhungana-Ophthalmic Officer
Sakil Ratna Shakya Manufacturing Officer-FHIOLLab
Biplab Khadka- Sr. Ophthalmic Assistant
Luna Dhakal- CMA
Deepak Subedi -Ophthalmic Assistant
Shrijana Rai Danuwar -Junior Account Assistant
Krishna Khadka- CMA
Nim Prasad Baral Sr. Maintenance Support

तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग, द फ्रेड हलोज फाउन्डेशनको आर्थिक सहयोग तथा रौतहटस्थित चन्द्रपुर नगरपालिकाको सह...
14/08/2026

तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग, द फ्रेड हलोज फाउन्डेशनको आर्थिक सहयोग तथा रौतहटस्थित चन्द्रपुर नगरपालिकाको सहकार्यमा तिलगंगा सामुदायिक आँखा केन्द्र, चन्द्रपुरको आज समुद्घाटन गरिएको छ।

चन्द्रपुर नगर अस्पतालको भवनमा स्थापित उक्त आँखा केन्द्रको संयुक्त रूपमा तथा चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफ्लेज्यू तथा तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी सञ्चालन अधिकृत पिताम्बर अधिकारीज्यूले उद्घाटन गर्नुभएको हो।प्रतिष्ठान र नगरपालिकाबीच भएको सहमतिअनुसार, केन्द्रमार्फत चन्द्रपुर नगरपालिकाका स्थानीय बासिन्दालाई आँखा परीक्षण तथा मोतिबन्दुको शल्यक्रिया सःशुल्क तथा निःशुल्क रूपमा उपलब्ध गराइनेछ। साथै, प्रतिष्ठानका विभिन्न आँखा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू पनि स्थानीयस्तरमा सञ्चालन गरिनेछन्। यस केन्द्रको स्थापनासँगै चन्द्रपुर तथा आसपासका समुदायमा गुणस्तरीय, सहज र पहुँचयोग्य आँखा स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

The Tilganga Community Eye Centre, Chandrapur, was officially inaugurated today with technical support from Tilganga Institute of Ophthalmology, financial support from The Fred Hollows Foundation, and collaboration with Chandrapur Municipality, Rautahat.

The Centre, established within the premises of Chandrapur Municipal Hospital, was jointly inaugurated by Mr. Sanjay Kumar Kafle, Mayor of Chandrapur Municipality, and Mr. Pitambar Adhikari, Executive Operating Officer of Tilganga Institute of Ophthalmology.

As per the agreement between the Institute and the Municipality, the Centre will provide local residents of Chandrapur Municipality with eye examinations and cataract surgery on both a paid and free-of-cost basis. In addition, various eye health programmes of the Institute will also be implemented at the local level.

With the establishment of this Centre, it is expected to make a significant contribution to expanding quality, accessible, and affordable eye care services for communities in Chandrapur and surrounding areas.

Address

Gaushala
Kathmandu
44600

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+97715970048

Alerts

Be the first to know and let us send you an email when Nepal Eye Program,Tilganga Institute of Ophthalmology posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Eye Program,Tilganga Institute of Ophthalmology:

Shortcuts

Share

Category