31/08/2026
हालैको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको पीडामा साथ दिँदै, अन्नपुर्ण न्युरो अस्पताल परिवारले राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले रु. ३०,००,००० ( अक्षरेपी तिस लाख रुपैया) आर्थिक सहयोग गरेको छ ।
यो सहयोग रकम अस्पतालमा कार्यरत कर्मचारीहरूको ३ देखि ५ दिनको तलब योगदान तथा अन्नपुर्ण अस्पतालको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत संकलन गरिएको र संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ, जसबाट विपद् प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुग्ने विश्वास लिएका छौँ ।
यस कठिन घडीमा पीडित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै गरिएको यो सानो प्रयास मानवीय सेवाप्रतिको हाम्रो साझा प्रतिबद्धताको प्रतीक हो ।
सहयोगका लागि योगदान गर्नुहुने सम्पूर्ण अन्नपुर्ण अस्पताल परिवार प्रति हार्दिक धन्यवाद।
स्वास्थ्य सेवासँगै, समाजप्रतिको हाम्रो जिम्मेवारी ।
https://www.nepalihealth.com/2026/08/31/157575/
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले हस्पिटल त....