Dr Rajkumar BK Pediatrician बालरोग बिशेषज्ञ

  • Home
  • Nepal
  • Kathmandu
  • Dr Rajkumar BK Pediatrician बालरोग बिशेषज्ञ

Dr Rajkumar BK Pediatrician बालरोग बिशेषज्ञ योग्यता यति बढाउ कि तिमीलाई हराउन कोसिस हैन, षड्यन्त्र नै गर्न परोस् ।
-संसार बदल्नु छ शुरु आफै गर्नु छ ।

19/08/2026

जुकाको औषधि कुन उमेरदेखि खुवाउनु आवश्यक हुन्छ?

🔹 👶 जुकाको औषधि सामान्यतया १ वर्ष उमेर पुगेपछि दिन सकिन्छ। WHO अनुसार १२–२३ महिनाका बच्चामा Albendazole २०० mg र २ वर्षपछि सामान्यतया ४०० mg प्रयोग गरिन्छ।

🔹 💊 नेपालमा पनि १–५ वर्षका बालबालिकाका लागि नियमित जुकाको औषधि कार्यक्रम सञ्चालन हुन्छ। औषधिको मात्रा र दिने समय स्वास्थ्यकर्मीको सल्लाहअनुसार मिलाउनु राम्रो हुन्छ।
नाम दर्ताको लागि ०१-५९०७४९६, ०१-५९०७४९७ ग्रीन लाइफ मल्टी स्पेसियालिटी क्लिनिक
टोखा ७, तिलिङ्टार धापासी, टोखा नगरपालिका कार्यालय नजिकैको टावरसँगै ।
फोन नं: ०१-५९०७४९६, ०१-५९०७४९७

16/08/2026

10/08/2026

बच्चाहरुमा पेट दुख्नुको कारण के-के हुन सक्छन्?

🔹 🤕 ग्यास, कब्जियत, अपच, पेटको संक्रमण वा किराको संक्रमणका कारण बच्चामा पेट दुख्न सक्छ।

🔹 🚨 पेट धेरै दुख्ने, लगातार बान्ता हुने, ज्वरो आउने, पेट सुन्निने वा बच्चा अत्यधिक सुस्त हुने जस्ता लक्षण भएमा तुरुन्त चिकित्सकसँग परामर्श गर्नुहोस्।
नाम दर्ताको लागि ०१-५९०७४९६, ०१-५९०७४९७ ग्रीन लाइफ मल्टी स्पेसियालिटी क्लिनिक
टोखा ७, तिलिङ्टार धापासी, टोखा नगरपालिका कार्यालय नजिकैको टावरसँगै ।
फोन नं: ०१-५९०७४९६, ०१-५९०७४९७

08/08/2026

Raj Kumar BK

03/08/2026

बिरामी बच्चालाई खानेकुरा बार्नु सहि हो?

🔹 🍲 होइन। बिरामी बच्चालाई अनावश्यक रूपमा खानेकुरा बार्नु हुँदैन। उमेरअनुसार सजिलै पच्ने, पौष्टिक खाना र पर्याप्त झोल पदार्थ दिनु आवश्यक हुन्छ।

🔹 👶 बच्चाले कम खाए पनि बारम्बार थोरै-थोरै खुवाउनुहोस्। बान्ता, पखाला वा विशेष रोगको अवस्था भएमा भने चिकित्सकको सल्लाहअनुसार आहार व्यवस्थापन गर्नुहोस्।
नाम दर्ताको लागि ०१-५९०७४९६, ०१-५९०७४९७ ग्रीन लाइफ मल्टी स्पेसियालिटी क्लिनिक
टोखा ७, तिलिङ्टार धापासी, टोखा नगरपालिका कार्यालय नजिकैको टावरसँगै ।
फोन नं: ०१-५९०७४९६, ०१-५९०७४९७

02/08/2026

बिरामीको ज्यान जाँदा आवेसमा आएर धक्कामुक्की हुनु र ५०-६० जनाको समुहले थुतेर सडकमा घिसारेर टाउको र ढाड भाँच्नु फरक कुरा ह...
28/07/2026

बिरामीको ज्यान जाँदा आवेसमा आएर धक्कामुक्की हुनु र ५०-६० जनाको समुहले थुतेर सडकमा घिसारेर टाउको र ढाड भाँच्नु फरक कुरा हो। योजनाबद्द तरीकाले हत्या प्रयास गर्दा पनि कानुनले कारबाही गर्न नसक्नु राज्य फेल भएको हो।
म तेरो ज्यान लिन्छु, तँ चाहिँ मलाइ उपचार गर भन्ने पनि हुन्छ कहिँ?
अस्पतालमा लापरबाही छैन त?
ग्यारेन्टी गरेर भन्छु, लापरबाही छ। १ डाक्टरले १००-२०० बिरामी हेर्नु नै लापरबाही हो। ७५ स्वीकृत बेडमा ४०० बिरामी राखेर उपचार गर्नु लापरबाही हो। एकजना डाक्टरले दिनमा ८-१० अपरेसन गर्नु लापरबाही हो। कसैले ३६ घन्टा निरन्तर उपचार गर्नु पनि लापरबाही हो।
मापदन्ड अनुसार १००० जनसंख्याको लागि ४ बेड संख्या नछुट्याउनु लापरबाही हो (नेपालमा ०.३९ छ)। टिकट र ओपिडीमा भीड़ खडा गरेर सास्ती दिनु लापरबाही हो। जनसंख्यालाइ आवस्यक पर्ने आइसियु बेड उपलब्ध नहुनु लापरबाही हो। अस्पताल फोहोर हुनु लापरबाही हो। पैसा बिना सरकारी अस्पतालमा पनि मानिसको ज्यान जानु लापरबाही हो। भात खान पुग्ने तलब नदिएर सरकारी कार्यालयमा काम गर्ने जो कोही कर्मचारी लुखुर लुखुर दोस्रो कामको, क्लिनिकको वा घुसको पछि लाग्ने अवस्था छ, त्यो पनि लापरबाही नै हो।
लापरबाही छ स्वास्थ्य क्षेत्रमा। स्वास्थ्य क्षेत्र के, देसका सबै क्षेत्रमा लापरबाही छ।
तर यी माथिका कति लापरबाही स्वास्थ्यकर्मीले समाधान गर्न सक्ने छ? यी कुराको जवाफ आफुले चुनेका सांसद, मन्त्रीलाइ सोध्नुहोस। ७५ बेडमा ४०० बिरामी राखेर खुब क्यामेरा बोकेर निरिक्षणमा आउँछन त, पानी माथिका ओभानाहरु।
तपाइँले जति डाक्टर कुट्नुस, मार्नुस, जलाउनुस, तर जुन समस्या डाक्टरले गराएको नै होइन, त्यो कुराको समाधान उसलाइ कुटेर मारेर निस्किँदैन।
संगठित तवरले ज्यान मार्नेगरी हमला त आम नागरिकलाइ त के जनावारलाइ गरे पनि अपराध हो।
अपराधको बिरोध गर्न पनि नपाइने हुन्छ?

"The more you learn, the more you realize there is still to learn."Attending International workshop on pediatric allergy...
24/07/2026

"The more you learn, the more you realize there is still to learn."

Attending International workshop on pediatric allergy,respirology and immunology Birat Medical College Teaching Hospital(BMCTH).

14/07/2026

बच्चाको स्वास्थ्य बिग्रिएको संकेतहरु के हुन्?

🔹 🌡️ उच्च ज्वरो, लगातार रुनु, दूध नखानु वा अत्यधिक सुस्त देखिनु बच्चाको स्वास्थ्य बिग्रिएको संकेत हुन सक्छ।

🔹 🚨 सास फेर्न गाह्रो हुनु, बारम्बार बान्ता वा पखाला लाग्नु, शरीर निलो देखिनु वा बेहोसजस्तो हुनु देखिएमा तुरुन्त चिकित्सकसँग परामर्श लिनुहोस्।
नाम दर्ताको लागि ०१-५९०७४९६, ०१-५९०७४९७ ग्रीन लाइफ मल्टी स्पेसियालिटी क्लिनिक
टोखा ७, तिलिङ्टार धापासी, टोखा नगरपालिका कार्यालय नजिकैको टावरसँगै ।
फोन नं: ०१-५९०७४९६, ०१-५९०७४९७

Address

Green Life Health Care
Kathmandu
977

Website

Alerts

Be the first to know and let us send you an email when Dr Rajkumar BK Pediatrician बालरोग बिशेषज्ञ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share