31/05/2026
यस फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष स्वर्गीय श्री रत्न शमशेर राणाज्यूको १३औँ दिनको पुण्यतिथिको अवसरमा क्लबद्वारा आयोजित शोकसभामा सहभागी भई स्वर्गीय रत्न शमशेर राणाज्यूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारप्रति भावपूर्ण आत्मीयता तथा समवेदना प्रकट गरिदिनुहुने सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरूप्रति क्लब हार्दिक आभार व्यक्त गर्दछ।
उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौँ। 🙏🕉️🙏