Green City Hospital (GCH)

Call Directions Website Contact the practice

Green City Hospital (GCH) www.gch.com.np Green City Hospital (GCH) is a well equipped multi-speciality hospital located in Basundhara, Kathmandu. Spread across 28,475 sq.ft.

It is led by a team of compassionate multi-disciplinary, highly trained doctors, nurses and technicians who can provide the best care to every patient through integrated clinical service and education. of land, the hospital has 100 beds including 15 intensive care units (ICU), modular operation theatre and fully automated laboratory.

चक्रपथ सरसफाई महाअभियान द्वारा आयाेजीत रक्तदान कार्यक्रममा जम्मा १०२ पिन दाताहरूले रगत दान गर्नुभयाे ।समस्त दाताहरूलाई प...
02/10/2026

चक्रपथ सरसफाई महाअभियान द्वारा आयाेजीत रक्तदान कार्यक्रममा जम्मा १०२ पिन दाताहरूले रगत दान गर्नुभयाे ।
समस्त दाताहरूलाई पुण्यकाम गर्नुभएकाेमा धन्यवाद ।

🙏 हार्दिक श्रद्धाञ्जली 🙏Lok Bahadur Tandan
08/09/2026

🙏 हार्दिक श्रद्धाञ्जली 🙏


Lok Bahadur Tandan

विपद्का पीडितप्रति ग्रीन सिटी हस्पिटलको मानवीय सहयोगवि.सं. २०८३ साल भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ...
05/09/2026

विपद्का पीडितप्रति ग्रीन सिटी हस्पिटलको मानवीय सहयोग

वि.सं. २०८३ साल भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट भएको प्राकृतिक विपद्का कारण धेरै परिवारले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको छ। यस दुःखद् घटनाले हामी सबैलाई मर्माहत बनाएको छ।

यस कठिन र पीडादायी घडीमा विपद्बाट प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै ग्रीन सिटी हस्पिटलको तर्फबाट प्रधानमन्त्री राहत कोषमा रु. ५,५५,५५५ (पाँच लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ) सहयोग प्रदान गरेका छौँ।बाढि पिडित परेका ब्याक्ति हरु अहिले सम्म ४ जनाको उपचार गर्न पाएका छौ। ६० घण्टा २४ घण्टा पछि उद्दार भएका ५/५ बर्षका दुई बालिकाको लागि ग्रीनसिटि हास्पिटल बाट उनिहरुको जिवन्त उपचार निशुल्क गर्ने भएको छ।

हामीलाई थाहा छ—यो रकमले पीडित परिवारले भोगेको अपूरणीय क्षति पूर्ति गर्न सक्दैन। तर दुःखमा परेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीप्रति सहानुभूति, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वका साथ बढाइएको सहयोगको एउटा सानो हात अवश्य हो।

सहयोगको मूल्य रकमको ठूलो–सानोमा होइन, त्यसमा निहित भावना, सद्भाव र मानवताको भावमा हुन्छ। यही विश्वासका साथ विपद्को यस घडीमा आफ्नो कर्तव्य र सामाजिक जिम्मेवारी सम्झेर ग्रीन सिटी हस्पिटलले यो सहयोग गरेको हो।

विपद्बाट प्रभावित सम्पूर्ण परिवारमा धैर्य र साहस प्राप्त होस्, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस् र दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।

दुःखमा साथ दिनु नै मानवता हो।
सानो सहयोगले पनि ठूलो आशा जगाउन सक्छ।

Lok Bahadur Tandan
Lok Bahadur Tandan
Sajina Dahal
Ganga Humagai
Manish Dabadi
Narayan Shrestha
Krishna Sherchan
Shree Krishna Bidari
Romeo Kansakar
Om Bikash Niraula
Salau Din Myia
PMO Nepal
Ministry of Health and Population-Nepal
APHIN


आरुघाट गाउँपालिका,आरुघाट आधारभूत अस्पताल गोरखाको मुख्य आयोजनामा मुटु फाउण्डेशन नेपालको आर्थिक सहयोग तथा ग्रीनसिटी हस्पिट...
30/08/2026



आरुघाट गाउँपालिका,आरुघाट आधारभूत अस्पताल गोरखाको मुख्य आयोजनामा मुटु फाउण्डेशन नेपालको आर्थिक सहयोग तथा ग्रीनसिटी हस्पिटल बसुन्धरा, काठमाडौंको प्राविधिक सहयोगमा २०८३/०५/१० र ११ मा दुईदिने निःशुल्क मुटुरोग, स्त्रीरोग तथा सामान्य चिकित्सा शिविर सफलतापूर्वक सञ्चालन गरियो।
कार्यक्रम उद्घाटन आरुघाट गाउँपालिका अध्यक्ष श्री राजु गुरुङ ज्यूले गर्नु भयो भने प्रमुख अतिथि गण्डकी प्रदेश ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री माननीय नन्द प्रसाद न्यौपाने ज्यूको पनि उपस्थिति रहेको थियो।

शिविरमा उपलब्ध गराइएका सेवाहरूको संक्षेप:

कुल OPD सेवा: २४२

विशेषज्ञ मुटुरोग परामर्श: ९८

मुटु भिडियो एक्सरे (ECHO): १३५

ECG जाँच: १२४

पेट भिडियो एक्सरे: १९१

स्त्रीरोग परामर्श: ८२

ब्लड सुगर जाँच: ९०

VIA परीक्षण: ६३

ग्रीनसिटी हस्पिटल बसुन्धराले नेपालका दुर्गम तथा स्वास्थ्य सेवा पहुँच कम भएका क्षेत्रमा यस्ता निःशुल्क स्वास्थ्य शिविरहरू आयोजना गर्दै जनस्वास्थ्य सुधार र समुदायको समृद्धिमा निरन्तर योगदान पुर्‍याइरहेको छ।

शिविरमा साथ दिनुभएको सम्पूर्ण साझेदार संस्था, विशेषज्ञ चिकित्सक र समुदायजनप्रति हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

सुचना !                                   सुचना !                            सुचना !अनिवार्य सक्कल विजक लिएर अाउनुहाेला ...
03/08/2026

सुचना ! सुचना ! सुचना !

अनिवार्य सक्कल विजक लिएर अाउनुहाेला ।


Lok Bahadur Tandan
Lok Bahadur Tandan
Nepal Medical Association
Ministry of Health and Population-Nepal
APHIN

सूचना !   सूचना !   सूचना!                                OPD सेवा बन्द हुने सम्बन्धि ।                            थप जा...
29/07/2026

सूचना ! सूचना ! सूचना!
OPD सेवा बन्द हुने सम्बन्धि ।
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
📞 ०१-४९८११३३, ०१-४९५२२४८

security

NOTICE!Dear Valued Patients,Please be informed that, in accordance with the decision of the Nepal Medical Association (N...
28/07/2026

NOTICE!

Dear Valued Patients,

Please be informed that, in accordance with the decision of the Nepal Medical Association (NMA) and the Association of Private Health Institutions Nepal (APHIN), consultant OPD services at Green City Hospital (GCH) Hospital will remain temporarily closed today (28th July 2026).

However, our Emergency Department, ICU, Emergency OT, and Inpatient Services continue to operate 24/7 without interruption to ensure uninterrupted care for patients in need.

We sincerely apologize for the inconvenience and kindly request patients with scheduled OPD appointments to reschedule at their convenience.

For further information, please contact us:
📞 01-4981133

ओम शान्ति।सम्पूर्ण निमित्त सञ्चालिका सहसंचालिका  दिदीबहिनीजी , भाइजी हरू एवं सम्पूर्ण ईश्वरीय परिवार ! विशेष खुसीको कुरा...
08/07/2026

ओम शान्ति।सम्पूर्ण निमित्त सञ्चालिका सहसंचालिका दिदीबहिनीजी , भाइजी हरू एवं सम्पूर्ण ईश्वरीय परिवार ! विशेष खुसीको कुरा सबैकी स्नेही बाबाकी विशेष रत्न आदरणीय कमला दिदीज्यूलाई अप्रेसन गरेको दशौं दिन हिजो डाक्टरहरू बाट र ग्रीन सिटी हस्पिटलका हाम्रो ईश्वरीय परिवार लगायत सबैप्रति अत्यन्तै सहयोगी र सेवाभावले भरिपूर्ण व्यक्तित्व श्री लोकबहादुर टण्डनज्यूको टिमबाट दिदीप्रति ससम्मान डिस्चार्ज सहित विदाई गर्नुभएर आफ्नो ढुङ्गेधारा स्थित निवास स्थानमा ल्याउन सफल भएका छौंा अब केही दिन यही विश्राम गरेर हस्पिटलको फलोअपमा रहनुहुनेछ ा तसर्थ दिदीको शीघ्र स्वास्थ्यको लागि आफ्ना अत्यन्तै शुभभावनाहरु सहित मन वचन कर्म लगायत विभिन्न रुपले साथ दिनुहुने बडी दिदीज्यू भाइजी तथा वरिष्ठ दिदीजी भाइजीहरु एवं सबै शाखा उपशाखाका सम्पूर्ण दिदीबहिनी भाइजीहरू सम्पूर्ण साथै दिदीज्यूका लौकिक परिवारजन चन्द्रकला मा देवेन्द्र भाइ एवं परिवार तथा अन्य सबै परिवार र ग्रीन सिटी हस्पिटल का अध्यक्ष लोकबहादुर टण्डन ज्यू सहित वरिष्ठ सर्जन डाक्टर गोपाल सेढाई डाक्टर बिनोदराज भण्डारी डाक्टर माया भट्टचन लगायतको सम्पूर्ण टिमलाई हार्दिक आभार सहित धन्यवाद🙏🙏🙏-ब्रह्माकुमार नारायण (नरेन्द्र) एवं सम्पूर्ण ब्रह्मकुमारीज परिवार बुटवल नेपाल ग्रीनसिटी हस्पिटल प्रा लि बसुन्धारा काठमाण्डौं।

05/07/2026

ग्रीनसिटी हस्पिटलका सन्चालक लोक बहादुर टन्डन र नीलमणी भण्डारी ब्रम्हाकुमारी कमला श्रेष्ठलाई स्वास्थ्य लाभको शुभकामना दिदै ।

Address

Basundhara
Kathmandu
20130

Alerts

Be the first to know and let us send you an email when Green City Hospital (GCH) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Green City Hospital (GCH):

Shortcuts

Share

Category