Health News Nepal

Call Directions Website Contact the practice

Health News Nepal Health News, Information, and Wellness Portal from Nepal

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्ननेपाल ...
03/10/2026

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

नेपाल सोसाइटी अफ फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (NSPMR) को आयोजनामा ‘प्रथम हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON 2026)’ बागमती प्रदेशस्थित साँगा, काभ्रेमा रहेको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा सुरु भएको छ। "रिकभरीदेखि पुनर्मिलनसम्म: पीएमआरको विकसित भूमिका" (From Recovery to Reintegration: The Evolving Role of PMR) भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा देश-विदेशका ख्यातिप्राप्त विशेषज्ञहरूको सहभागिता रहेको छ। ​सम्मेलनको मुख्य आकर्षणका रूपमा स्पास्टिसिटी (मांसपेशीको कडापन) व्यवस्थापनसम्बन्धी उच्चस्तरीय कार्यशाला सञ्चालन गरिएको थियो। कार्यशालामा सैद्धान्तिक छलफल, जटिल केसहरूको विश्लेषण र बिरामीको प्रारम्भिक परीक्षण विधिका विषयमा गहन अन्तरक्रिया सम्पन्न भएको थियो।...

नेपाल सोसाइटी अफ फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (NSPMR) को आयोजनामा ‘प्रथम हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CO...

काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौताज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्...
02/10/2026

काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालय र सामुदायिक स्वास्थ्य परिषदसँग सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको रोहवरमा महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला, चिकित्सालयका तर्फबाट अध्यक्ष डा. मनोजमान श्रेष्ठ र परिषदका तर्फबाट उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।...

ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालय र स...

कर्मचारी आवश्यकता सम्बन्धी सूचना! चन्द्रागिरि नगरपालिका ।
02/10/2026

कर्मचारी आवश्यकता सम्बन्धी सूचना! चन्द्रागिरि नगरपालिका ।

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्तभरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त भएका छन...
02/10/2026

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त भएका छन्। यस्तै समितिको सदस्यमा नवराज तिमिल्सिना र अनिता खड्का नियुक्त भएका छन्। शुक्रबार मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई समितिमा नियुक्त गरिएको हो। नवनियुक्त समितिले अस्पतालको व्यवस्थापन, सेवा विस्तार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयले पुन माग्यो रिक्त पदहरुको बिवरण ।👇
02/10/2026

स्वास्थ्य मन्त्रालयले पुन माग्यो रिक्त पदहरुको बिवरण ।👇

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डेडडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे...
02/10/2026

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन्। शुक्रबार नवनियुक्त अध्यक्ष पाण्डेले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नवनियुक्त अध्यक्ष पाण्डेले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन आवश्यक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन्।

शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुको इमर्जेन्सी कक्षमै स्वास्थ्यकर्मीमाथि हातपात, तीन जना पक्राउ !
02/10/2026

शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुको इमर्जेन्सी कक्षमै स्वास्थ्यकर्मीमाथि हातपात, तीन जना पक्राउ !

वडा नं १८ फुलबारी नगर अस्पतालमा करार सेवामा स्वास्थ्यकर्मी लिने सम्बन्धी सूचना ।
02/10/2026

वडा नं १८ फुलबारी नगर अस्पतालमा करार सेवामा स्वास्थ्यकर्मी लिने सम्बन्धी सूचना ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल बाकेँ नेपालगन्जको अध्यक्षमा डा. लक्ष्मण सिग्देल र सुशील कोइराला क्...
02/10/2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल बाकेँ नेपालगन्जको अध्यक्षमा डा. लक्ष्मण सिग्देल र सुशील कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा भिमकान्त लामिछानेलाई नियुक्त गरेको छ ।

सुविधा कटौतिको प्रयासपछि स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी आन्दोलितस्वास्थ्य बीमा बोर्डका कर्मचारीहरुको महँगी, प्रोत्...
01/10/2026

सुविधा कटौतिको प्रयासपछि स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी आन्दोलित

स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरुको महँगी, प्रोत्साहन भत्तासँगै सामाजिक सुरक्षा कोषमा आबद्ध नगराएसम्म करार सम्झौता नवीकरण नगर्ने अडान लिएका स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरूलाई निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सम्झौताका लागि तीनदिने अल्टिमेटम दिएकी छन्। अन्यथा सेवाबाट बर्खास्त हुनेसम्मको कानुनी प्रक्रिया अघि बढ्ने चेतावनी दिँदै प्रजापतिले बुधबार तीनदिने अल्टिमेटम दिएपछि बोर्डका कर्मचारीहरूबीच खैलाबैला मच्चिएको छ। २०७२ सालमा स्थापना भएको बोर्डमा हाल ३ सयभन्दा धेरै कर्मचारीहरू करार सेवाअन्तर्गत कार्यरत छन्। उनीहरूले सरकारको निर्णय र सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने र महँगी भत्ता तथा प्राेत्साहन भत्तासमेत उपलब्ध गराउनुपर्ने माग राख्दै गत साउनदेखि सम्झाैता नवीकरण गर्न मानेका छैनन्।...

सम्झाैता नवीकरण गर्दा आफूहरूका मागबमोजिम सुविधा थप्नुपर्ने उनीहरूको अडान छ। तर, निमित्त कार्यकारी निर्देशक प्र...

Address

Anamnagar
Kathmandu
44700

Alerts

Be the first to know and let us send you an email when Health News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Health News Nepal:

Shortcuts

Share