06/06/2026
Godangel Bani 6 Jun 2026,
प्रिय आमा-बाबा, युवा नानुहरु हजुरहरु सबैमा कल्याण एवं मंगलको कामना गर्दै आजको गड्याञ्जल वाणी तर्फ प्रवेश गर्ने अनुमति चाहन्छु ।
दु:खको भवसागर हो यो संसार, यहाँ सबै तिर दुखै दु:ख ब्याप्त छ, शरीरको दु:ख रोग लाग्नु भोक लाग्नु, अनि जन्मिनु र बृद्ध हुनु पनि दु:ख हो, मनको दु:ख चै जति पनि मनको कथा गाथाहरु छन्, मन संग सम्बन्धित लोभ, शोक, पाप, स्वार्थ, अहंकार यी सबै मनको दु:ख हुन् । शरीरको दु:ख शरीर संग संबंधित, मनको दु:ख मन संग संबंधित र चेतनाको दु:ख चेतना संग संबंधित हुन्छ ।
दु:खको मुख्य स्रोत चै आफुले आफैलाई नचिन्नु हो । जब म को हो भनेर थाहा हुन्छ अनि कहाँ बाट आए र कहाँ जाँदैछु भन्ने कुरा बुझे पछि जति पनि दु:खको स्रोत कारणहरु छन् त्यो आफै हटेर जान्छ। आफू एक चेतना मात्रै हो र केवल दुई दिनको पाहुना हो जहाँ बाट आयौं फर्कन्छौ त्यही अर्थात हामी शुन्यता बाट आयौ फर्कन्छौ पनि शुन्यतामै । हामी चेतना हो हामी शुन्यता बाट आएको र शुन्यतामै फर्कन्छौं भने शुन्यतामा फर्कन्दा हामीले के-के लिएर जान्छौं ? अहंकार, सम्मान, धन सम्पत्ति कुनै पनि स्वार्थ सम्बन्धित कुराहरु लिएर जाने छैनौं । म एक चेतना मात्रै हो, मैले यो संसार बाट स्वार्थले कमाएको कुनै चिज लग्दिन केवल पाप र धर्म मात्रै लिएर जानेछु भन्ने कुरा जब भित्रै बाट बोध हुन्छ तब सबै स्वार्थ संग सम्बन्धित इच्छाको ढोका बन्द हुनेछ । सबै भन्दा ठुलो दु:खको कारण नै इच्छा शक्ति हो । म शुष्म चेतना हो भनेर बुझ्न सके सबै स्वार्थ संग सम्बन्धि इच्छाहरु लाई न्यूनीकरण गर्न सकिन्छ। सबै भन्दा मुख्य इच्छालाई सन्तुलन गर्नु चै म शुष्म चेतना हो भनेर जान्नु महशुस गर्नु हो । यसर्थ शरीरको दु:ख शरीर संगै छ, मनको दु:ख मन संगै छ तर सबै भन्दा ठुलो दु:ख चै आफुले आफैलाई नचिन्नुमा छ । त्यो इच्छा तब सम्म हट्दैन जब सम्म म शुष्म चेतना हो भनेर भित्रै बाट महशुस गर्न सकिन्न । सबै दु:खको स्रोत आफुले आफैलाई नचिन्नु हो भने, दु:खको निरोध चै आफुले आफैलाई चिन्नु हो ।
Jai Prem !
With love and blessings
Guruhajur