Okhaldhunga Pharma & Healthcare Centre

Okhaldhunga Pharma & Healthcare Centre Best & quality medicine, medical product and service provider in Kathmandu

29/08/2024

ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनअघि आफैँ चैँ सिटामोलमात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस् ! ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता दवाईले रगत पातलो बनाउने र रक्तस्राव बढाउने भएकोले झन खतरा हुन्छ। डेंगु-ज्वरोमा मरिने भनेकै रक्तस्राव भएर हो र माथिका दवाईले त्यो संभावना बढाउँछ।

• #डेँगु मा के हुन्छ?
- डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ |

• #परिचय :
- डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।

• #मुख्य_लक्षणहरु :
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घांटी बस्नु,
- साना बिमिरा आउनु,
- शरीर चिलाउनु,
- वाकवाकी लाग्नु / वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु
- आँखा तथा घांटी रातो हुनु
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
- ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
- १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |

• #बिशेष_सतर्कता :
- ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
- आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल आदि।
#साभार

यो इन्फ्लुएन्जाको भ्याक्सिन ओखलढुङ्गा फर्मा एन्ड हेल्थकेयर सेन्टरमा उपलब्ध छ।📠📠🇳🇵 ९८४२ ९५५४६
28/08/2024

यो इन्फ्लुएन्जाको भ्याक्सिन ओखलढुङ्गा फर्मा एन्ड हेल्थकेयर सेन्टरमा उपलब्ध छ।
📠📠🇳🇵 ९८४२ ९५५४६

डेङ्गी रोगबाट कसरी बच्ने भन्नेबारे एकचोटि पढ्नुहोला।
15/08/2024

डेङ्गी रोगबाट कसरी बच्ने भन्नेबारे एकचोटि पढ्नुहोला।

02/08/2024

24/07/2024

ग्यास्ट्राइटिस" समस्याले हामी धेरैलाई सताइरहेको हुन्छ । समयमा नै यसको उपाचार गरिएन भने यसले अलसर देखि क्यानसर सम्म हुन सक्ने सम्भावना हुन सक्छ । यो रोगलाई हामी सामान्य रुपमा लिनु हुदैन । पेटमा उत्पादन हुने हाइड्रोक्लोरिक एसिडले हामीले खाएको खानेकुरा पचाउन मद्दत गर्दछ । यदि यो एसिडको उत्पादन धेरै मात्रा उत्पादन भयो भने पेटभित्र सुन्निने अवस्था सृजना हुन्छ जसलाई ग्यास्ट्राइटिस भनिन्छ । यो अवस्था छोटो अवधिका लागि वा दीर्घकालिन अवधिका लागि हुन सक्छ ।

ग्यास्ट्राइटिसका लक्षणहरू यसको प्रकारका आधारमा फरक-फरक हुन सक्छ । सामान्य रुपमा यो रोगमा देखिने लक्षणहरू भनेको:

- माथिल्लो पेट दुखाइ वा असजिलोहुने
- वाकवाकी र उल्टी आउने
- अपच हुने
- पेट फुल्ने
- भोक नलाग्ने
- अमिलो डकार आउने

यो रोगबाट बच्न वा कम गर्नको लागि यी सुझावहरू अपनाउन सक्नुहुन्छ:

१. रक्सी, क्याफिन, एसिडिक खाना वा मसालेदार खानाहरू नखानुहोस् ।

२. समय समयमा थोरै थोरै खानेकुराहरू खाइराख्नुहोस् ।

३. तनावले पनि "ग्यास्ट्राइटिस”को समस्यालाई बढाउछ, त्यसैले ध्यान र योगको अभ्यासहरू गर्नुहोस् जसले "ग्यास्ट्राइटिस”को समस्यालाई कम गर्न मद्दत गर्छ ।

४. धुम्रपान त्याग्नुहोस् ।

५. स्वस्थ आहार जस्तै फलफूल, तरकारी, अन्न र प्रोटिनयुक्त सन्तुलित आहार खानुहोस् ।

६. प्रयाप्त मात्रामा नियमित रुपमा पानी पिउनुहोस् ।

७. समस्या भइराखेमा चिकित्सकसँग परामर्श लिनुहोस् ।

"ग्यास्ट्राइटिस” त हो भनेर हेलचेक्राइ नगर्नुहोस्, अस्पाताल जान समय मिलेको छैन छैन भने हजुरहरू Okhaldhunga Pharma & Healthcare Centre मार्फत विज्ञ चिकित्सक परामर्श लिन सक्नुहुन्छ ।

Address

Durgamandir Kapan Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Okhaldhunga Pharma & Healthcare Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share