OM Vedic Astro

OM Vedic Astro Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from OM Vedic Astro, Yoga studio, Kathmandu.

"ग्रहा नक्षत्रा चालं च, जीवनस्य फलं च दृष्टि:।
कर्मणां फलसंयोगं, वेत्ति ज्योतिषं शास्त्रम्।"
विशेषज्ञ ज्योतिषाचार्य:गणेशप्रसाद भट्टराई
सम्पर्क: 9845212549 इमेल:[email protected]

09/08/2026

जन्मकुण्डलीमा बृहस्पति कमजोर छ?
🔱 ५ मुखी रुद्राक्ष लगाउनुहोस्।

पाँचमुखी रुद्राक्ष: माला मात्र होइन! 🔱 गुरु तत्त्व, ध्यान, मन्त्र र जीवन रूपान्तरणको आध्यात्मिक दृष्टिकोण
09/08/2026

पाँचमुखी रुद्राक्ष: माला मात्र होइन! 🔱 गुरु तत्त्व, ध्यान, मन्त्र र जीवन रूपान्तरणको आध्यात्मिक दृष्टिकोण

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

साँच्चै तपाईँहरूको कसकसको जन्मकुण्डलीमा यस्तो योग बनेको छ। कमेन्ट बक्समा कमेन्ट गर्नुहोला।
22/06/2026

साँच्चै तपाईँहरूको कसकसको जन्मकुण्डलीमा यस्तो योग बनेको छ। कमेन्ट बक्समा कमेन्ट गर्नुहोला।

"तप: स्वाध्यायेस्वरप्रणिधानानि क्रियायोग:" योग दिवसको सम्पूर्णमा शुभकामना।
21/06/2026

"तप: स्वाध्यायेस्वरप्रणिधानानि क्रियायोग:" योग दिवसको सम्पूर्णमा शुभकामना।

शरीर अथवा मुखबाट दुर्गन्ध योग विचार जब शुक्र- शनिको राशि मकर ,कुम्भमा रहन्छ भने त्यस्तो अवस्थामा जातकको शरीरमा दुर्गन्ध ...
27/05/2026

शरीर अथवा मुखबाट दुर्गन्ध योग विचार

जब शुक्र- शनिको राशि मकर ,कुम्भमा रहन्छ भने त्यस्तो अवस्थामा जातकको शरीरमा दुर्गन्ध उत्पन्न रहन्छ! त्यस्तै जब षष्ठेश मिथुन ,कन्या वा मकर राशिमा रहन्छ भने पनि शरीरमा दुर्गन्ध प्राप्त रहन्छ! त्यस्तै शुक्र -बुधको राशि मिथुन ,कन्यामा बुधसँगै युक्त रहेर केन्द्रभाव १।४।७। १० भावमा छ भने शरीरमा दुर्गन्ध रहन्छ !अथवा शुक्र वा शनि आफ्नो आफ्नो त्रिशांशमा छ भने पनि शरीरमा वा मुखमा दुर्गन्ध जातकको प्राप्त रहन्छ। जातकालङ्कार:३२।

यदि जातकको जन्म समयमा शुक्र बक्री ग्रहको घरमा स्थित छ।भनेदेखि त्यस्तो व्यक्ति स्त्री सम्भोगबाट प्रसन्न हुन सक्दैन। त्यस्...
20/05/2026

यदि जातकको जन्म समयमा शुक्र बक्री ग्रहको घरमा स्थित छ।भनेदेखि त्यस्तो व्यक्ति स्त्री सम्भोगबाट प्रसन्न हुन सक्दैन। त्यस्तै लग्नेश गएर आफ्नै राशिमा स्थित छ। र त्यो भावबाट सप्तम दृष्टिमा शुक्र बस्दछ भने त्यस्तो अवस्थामा पनि जातक स्त्रीको संभोगबाट प्रसन्न रहँदैन। त्यस्तै शनियुक्त चन्द्रमा जब मंगलबाट दशम होस् वा चतुर्थ घरमा बस्दछ भने पनि त्यस्तो जातक पनि स्त्रीको संभोगबाट कहिले पनि सन्तुष्टिको आभास गर्न सक्दैन।

स्थिर र उधार चरित्रका सज्जन व्यक्तिले संसारमा अरुको दुःख हटाउने प्रयास गर्दछन्। तर त्यस्ता मानिसहरु बहुत कम मात्रै जन्मन...
29/04/2026

स्थिर र उधार चरित्रका सज्जन व्यक्तिले संसारमा अरुको दुःख हटाउने प्रयास गर्दछन्। तर त्यस्ता मानिसहरु बहुत कम मात्रै जन्मन्छन् र त्यस्ता मानिसहरू पानीको भारीले थिचिएर ढिलो उड्ने बादल जस्तो भएर कहिलेकाहीँ मात्रै देखिने गर्दछन्।

🕉️ राम नवमी को सबै सबैमा हार्दिक  शुभकामना। 🙏🪔🇳🇵🐒राम नवमी भगवान राम को जन्मोत्सव हो, जुन हिन्दु धर्मको अत्यन्त पवित्र पर...
27/03/2026

🕉️ राम नवमी को सबै सबैमा हार्दिक शुभकामना। 🙏🪔🇳🇵🐒
राम नवमी भगवान राम को जन्मोत्सव हो, जुन हिन्दु धर्मको अत्यन्त पवित्र पर्व मानिन्छ। यो दिन चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथि मा पर्छ।
📖 १.
राम नवमी दिन धर्मको स्थापना र अधर्मको नाश भएको मानिन्छ। भगवान रामले:
सत्य, मर्यादा र आदर्श जीवनको शिक्षा दिनुभयो
राजा, पुत्र, पति र मित्रको आदर्श प्रस्तुत गर्नुभयो
📜
“धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे॥”
👉 अर्थ:
धर्मको स्थापना गर्न भगवान समय–समयमा अवतार लिनुहुन्छ।
📖 यो सिद्धान्त भगवद् गीता मा वर्णित छ।
📚
📜 राम जन्मको वर्णन:
वाल्मीकि रामायण मा उल्लेख:
“ततो यज्ञे समाप्ते तु ऋतूनां षट् समत्ययुः।
ततः च द्वादशे मासे चैत्रे नवमिके तिथौ॥”
👉 अर्थ:
यज्ञ समाप्त भएपछि छ ऋतु बिते र चैत्र महिनाको नवमी तिथिमा भगवान रामको जन्म भयो।
🔯
रामको जन्म अत्यन्त शुभ ग्रहस्थितिमा भएको मानिन्छ:
सूर्य (Surya) → मेष राशिमा उच्च
चन्द्र (Moon) → कर्कट राशिमा
बृहस्पति (Jupiter) → कर्कटमा उच्च
शनि (Saturn) → तुलामा उच्च
👉 यसलाई “राजयोगयुक्त दिव्य जन्मकुण्डली” मानिन्छ।
🔹 प्रभाव:
यो दिन जप, पूजा, दान गर्दा ग्रह दोष कम हुन्छ
विशेषगरी सूर्य, गुरु र चन्द्र बलियो हुन्छ
आत्मबल, भाग्य र धर्मबल वृद्धि हुन्छ
🪔 ४. पूजा विधि
✔️ मुख्य कार्यहरू:
व्रत बस्ने (उपवास)
रामायण पाठ गर्ने
“राम नाम” जप गर्ने
रामको मूर्ति वा तस्वीर पूजा गर्ने
📜 मन्त्र:
“श्री राम जय राम जय जय राम”
🌼 ५. आध्यात्मिक फल
राम नवमीमा:
पाप नाश हुन्छ
घरमा सुख–शान्ति आउँछ
पितृ दोष शान्त हुन्छ
मनोवाञ्छा पूरा हुन्छ
🌺 निष्कर्ष
राम नवमी केवल पर्व होइन, यो:
धर्मको पुनर्स्थापना
आदर्श जीवनको प्रेरणा
ग्रह र कर्म शुद्धिको अवसर हो।

"ज्योतिषशास्त्रमा एक गर्भबाट दुई सन्तानको जन्म हुने योग कसरी निर्मित रहन्छ। बृहज्जातकको जन्मविधि नामाध्यायबाट स्पष्ट रूप...
21/03/2026

"ज्योतिषशास्त्रमा एक गर्भबाट दुई सन्तानको जन्म हुने योग कसरी निर्मित रहन्छ। बृहज्जातकको जन्मविधि नामाध्यायबाट स्पष्ट रूपले बताइएको छ।
चतुष्पादगति भानौ शेषैर्वीर्य समन्वितै:।
द्वितनुस्थैश्च यमलौ भवत:कोशवेप्टितौ।।

सूर्य चतुस्पद् राशि (मेष ,वृष ,सिंह र धनु) राशिमा अवस्थित छ। र बाँकी सबै ग्रह द्वि स्वभाव राशि ( मिथुन, कन्या, धनु र मीन )राशिमा छ भनेदेखि एक गर्भबाट दुई सन्तानको जन्म सम्भव हुनेछ।

कुन राशि भएका व्यक्तिहरू कुन दिशामा बढी झुकाव वा सफलता प्राप्त गर्न सक्दछन्।                अधिपति ग्रह।         दिशामेष...
18/03/2026

कुन राशि भएका व्यक्तिहरू कुन दिशामा बढी झुकाव वा सफलता प्राप्त गर्न सक्दछन्।
अधिपति ग्रह। दिशा

मेष 👉 मङ्गल ✅✅ दक्षिण
वृष 👉 शुक्र ✅✅ पूर्व दक्षिण
मिथुन 👉 बुध ✅✅ उत्तर
कर्कट 👉 चन्द्र ✅✅ वायव्ये
सिंह 👉 सूर्य ✅✅ पूर्व
कन्या 👉 बुध ✅✅ उत्तर
तुला 👉 शुक्र ✅✅ पूर्व दक्षिण
वृश्चिक 👉 मङ्गल ✅✅ दक्षिण
धनु 👉 बृहस्पति ✅✅ पूर्व उत्तर
मकर 👉 शनि✅✅ पश्चिम
कुम्भ 👉 शनि✅✅ पश्चिम
मिन👉 बृहस्पति ✅✅ पूर्व उत्तर।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when OM Vedic Astro posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category