Dr. Binaya Kumar Regmi

Directions

Dr. Binaya Kumar Regmi जनरल फिजिसियन तथा बरिष्ठ बाथरोग

के हो मुखमा बारम्बार घाउ आउने रोग??बेचेट रोग (Behçet’s Disease)के हो यो?? रोग:बेचेट रोग एक दीर्घकालीन, पटक पटक बल्झिने (...
10/08/2026

के हो मुखमा बारम्बार घाउ आउने रोग??

बेचेट रोग (Behçet’s Disease)
के हो यो?? रोग:
बेचेट रोग एक दीर्घकालीन, पटक पटक बल्झिने (relapsing) systemic inflammatory disease रोग हो। यसले शरीरका विभिन्न भागका रक्तनलीमा सूजन गराउन सक्छ, त्यसैले यसलाई vasculitis को रूपमा पनि लिइन्छ। मुख तथा जननेन्द्रियमा पटक–पटक घाउ खटिरा आउने, आँखा पटक पटक सुन्निने रातो हुने दुख्ने तथा छालामा विभिन्न प्रकारका घाउ वा गाँठा देखिनु यसका प्रमुख विशेषता हुन्। कहिलेकाहीँ जोर्नी, स्नायु प्रणाली, रक्तनली र पाचन प्रणाली पनि प्रभावित हुन सक्छन्।
किन हुन्छ?:
बेचेट रोगको निश्चित कारण अझै पूर्ण रूपमा पत्ता लागेको छैन। शरीरको प्रतिरक्षा प्रणाली असामान्य रूपमा सक्रिय हुनु यसको मुख्य आधार मानिन्छ।
HLA-B51 नामक मार्करसँग यसको सम्बन्ध देखिए पनि HLA-B51 भएको प्रत्येक व्यक्तिलाई बेचेट रोग हुन्छ भन्ने होइन।
प्रमुख लक्षणहरू:
१. मुखमा घाउ (Oral ulcers)
बारम्बार मुखभित्र दुख्ने घाउ आउनु यसको सबैभन्दा सामान्य लक्षण हो। घाउ केही दिनदेखि केही हप्तासम्म रहन सक्छ र आफैं निको हुन सक्छ।
२. जननेन्द्रियमा घाउ (Ge***al ulcers)
लिंग, अण्डकोष वा योनी क्षेत्रमा दुख्ने घाउ आउन सक्छ। निको भएपछि दाग बस्न सक्छ।
३. आँखाको समस्या
आँखामा सूजन अर्थात् uveitis हुन सक्छ। आँखा रातो हुने, दुख्ने, प्रकाश सहन नसक्ने र दृष्टि धमिलो हुने जस्ता लक्षण देखिन सक्छन्। उपचार नगरेमा दृष्टिमा स्थायी असर पर्न सक्छ।
४. छालाका समस्या
खुट्टामा दुख्ने रातो गाँठा (erythema nodosum), acne-जस्ता घाउ तथा अन्य छालाका परिवर्तन देखिन सक्छन्।
५. जोर्नीको समस्या
घुँडा, खुट्टाका अन्य ठूला जोर्नी आदिमा दुखाइ र सूजन हुन सक्छ। प्रायः जोर्नीमा स्थायी क्षति कम हुन्छ।
६. रक्तनलीमा असर
ठूला तथा साना रक्तनलीमा सूजन भएर रगत जम्ने समस्या : deep vein thrombosis (DVT), thrombophlebitis, pulmonary artery aneurysm वा arterial aneurysm जस्ता गम्भीर समस्या हुन सक्छन्।
७. स्नायु प्रणालीमा असर
केही बिरामीमा टाउको दुख्ने, पक्षघात हुने बेहोस हुने,meningitis/encephalitis तथा टाउकोमा रगत जम्ने जस्ता समस्या हुन सक्छन्।
८. पाचन प्रणाली
पेट दुख्ने, पखाला तथा आन्द्रामा अल्सर हुन सक्छ।
रोग को निदान कसरी गरिन्छ?
बेचेट रोगका लागि एउटै निश्चित रगत जाँच छैन। निदान मुख्यतः लक्षण, शारीरिक परीक्षण र रोगको लक्षण हरुको आधारमा गरिन्छ।
अरु परीक्षणहरूमा:
CBC, ESR, CRP
- ANA तथा अन्य आवश्यक जाँचहरु
- HLA-B51
- आँखाको जाँच
- आवश्यकताअनुसार CT/MRI, Doppler वा angiography
- Pathergy test केही अवस्थामा निकै उपयोगी हुन सक्छ। यो छालामा सुई रोपेर गरिने साधारण जाँच हो।
HLA-B51 पोजेटिभ हुँदैमा रोग छ भन्न सकिँदैन।
उपचार:
उपचार रोगले कुन अंगलाई कति प्रभावित गरेको छ भन्ने कुरामा निर्भर हुन्छ।
यो रोग लागेमा बाथ रोक को चिकित्सक ले उपचार गर्नु पर्दछ।।
- Topical corticosteroid
- Colchicine
- आवश्यकताअनुसार अन्य बाथरोग का औषधि
- जस्तै स्टेरोइड वा अन्य ।
आँखा, स्नायु प्रणाली वा रक्तनलीजस्ता महत्वपूर्ण अंग प्रभावित भएमा आँखा , नसा को डाक्टर ले हेर्नु पर्दछ।
बेचेट रोग सामान्यतया बल्झिने प्रकृतिको हुन्छ। अर्थात् केही समय लक्षण धेरै हुने र केही समय कम हुने वा हराउने हुन सक्छन्। धेरै बिरामीमा रोग नियन्त्रण गर्न सकिन्छ। तर आँखाको सूजन, ठूलो रक्तनलीको समस्या तथा नसा स्नायु प्रणालीमाअसर भएमा गम्भीर परिणाम हुन सक्छ।
निष्कर्ष के?
यो रोगले एउटै अङ्गमा मात्र असर पुर्याउने नभएर विभिन्न अंगहरूमा असर गर्ने हुन्छ।तसर्थ रोग निको हुने अनि फेरि बल्झिने हुन् सक्छ।
रोग लागेमा राम्रो उपचार का साथै लामो समय औषधि सेवन गर्नु पर्दछ र अनुगमन पनि समयमै गर्नु पर्दछ।।
डा विनयकुमार रेग्मी

06/08/2026

जोग्रेन् सिन्ड्रोम (Sjögren's Syndrome)
**********************************
जोग्रेन् सिन्ड्रोम एक दीर्घकालीन अटोइम्युन (Autoimmune) रोग हो, जसमा शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै अश्रुग्रन्थि (Lacrimal gland) र लारग्रन्थि (Salivary gland) लाई आक्रमण गर्छ। यसको परिणामस्वरूप आँखा र मुख अत्यधिक सुक्खा हुने समस्या देखिन्छ। यस रोगले जोर्नी, छाला, फोक्सो, मिर्गौला, स्नायु प्रणाली तथा अन्य अंगहरूलाई पनि असर गर्न सक्छ।
यो रोग आफैमा एक्लै या अरु बाथरोग जस्तै गठीया बाथ, लुपस, आदि संगै पनि आउन सक्दछ।।
प्रमुख लक्षणहरू के के हुन्छन:?
- आँखा सुक्खा हुने, पोल्ने वा बालुवा परेजस्तो महसुस हुने।
- मुख सुक्खा हुने, पानी बारम्बार पिउनुपर्ने।
- खाना निल्न कठिन हुने।
- दाँत छिटो बिग्रिने वा क्याभिटी बढ्ने।
- रयाल निस्कने ग्रन्थि सुन्निने।
- जोर्नी दुख्ने वा सुन्निने। जाडोमा निलो या सेतो हुने।।
- अत्यधिक थकान।
- छाला, नाक वा योनिमा सुक्खापन।
- केही बिरामीमा फोक्सोमा ILD हुने (एक प्रकार को दम), मिर्गौला वा स्नायु प्रणालीसम्बन्धी समस्या पनि हुन सक्छ।
कसलाई जोखिम धेरै छ??
-४०–६० वर्ष उमेरका व्यक्तिमा बढी देखिने।
- महिलामा पुरुषभन्दा धेरै हुने।
- वंशाणुगत (परिवारमा अरु कसैलाई अटोइम्युन रोगको छ भने)।
- अन्य अटोइम्युन रोग भएका बिरामी।
रोगको निदान:
जोग्रेन् सिन्ड्रोमको निदान बिरामीको इतिहास, शारीरिक परीक्षण तथा विभिन्न परीक्षणहरूको आधारमा गरिन्छ।
- Schirmer test (आँसुको मात्रा जाँच)
- Ocular surface staining
- Anti-SSA (Ro) र Anti-SSB (La) एन्टिबडी
- ANA तथा Rheumatoid factor
- ESR, CRP
- Salivary gland ultrasound
- Minor salivary gland biopsy (आवश्यक परे)
उपचार:
यस रोगको पूर्ण रूपमा उपचार हालसम्म उपलब्ध छैन, तर लक्षण नियन्त्रण र अंगको क्षति रोक्न उपचार गरिन्छ।
- कृत्रिम आँसु (Artificial tears)
- मुख सुक्खापन कम गर्न Saliva substitute वा Saliva stimulant
- पर्याप्त पानी पिउने
- चिनीरहित चुइङगम वा लोजेन्ज
- नियमित दाँतको हेरचाह
- जोर्नी दुखाइका लागि आवश्यक औषधि
- Immunosuppressive औषधि विशेषज्ञको सल्लाहअनुसार प्रयोग गरिन्छ।
सम्भावित जटिलताहरू के छन्:?

-दाँतमा क्याभिटी र गिजाको रोग
- आँखामा संक्रमण वा Corneal ulcer
- फोक्सो, मिर्गौला वा स्नायु प्रणालीमा असर
- दुर्लभ अवस्थामा Lymphoma हुने जोखिम सामान्य जनसंख्याभन्दा केही बढी हुन्छ।
जीवनशैली के अपनाउने:?
- पर्याप्त पानी पिउने।
- धूम्रपान र मदिराबाट टाढा रहने।
- धुलो, हावा र धुवाँबाट आँखाको सुरक्षा गर्ने।
- नियमित दन्त परीक्षण गराउने।
- चिकित्सकको सल्लाहअनुसार नियमित फलोअप र औषधि सेवन गर्ने।
निष्कर्ष:
जोग्रेन् सिन्ड्रोम एक दीर्घकालीन अटोइम्युन रोग भए पनि समयमै पहिचान, उचित उपचार तथा नियमित फलोअपले अधिकांश बिरामीले सामान्य र सक्रिय जीवन बिताउन सक्छन्। आँखा वा मुख लामो समयदेखि सुक्खा हुने, जोर्नी दुख्ने वा अत्यधिक थकान हुने व्यक्तिले रुमाटोलोजिस्टसँग परामर्श गरी आवश्यक परीक्षण गराउनु उपयुक्त हुन्छ।
डा विनय कुमार रेग्मी**

08/02/2026

नयाँ भन्ने हरु अझै परीक्षामा पास हुन बाँकी छन्।यिनीहरूको मुद्दा क्लियर भएन।

07/02/2026

बाथ पोजिटिभ देख्दैमा उपचार सुरु गरिहाल्नु पर्छ भन्ने होइन।

04/12/2025

बाथरुममा पिसाब गर्दा बेहोस हुने के रोग हो???

मिक्चुरिसन सिन्कोपी (Micturition Syncope) के हो?
--------------
मिक्चुरिसन सिन्कोपी भन्नाले पिसाब गर्ने क्रममा वा पिसाब गरेपछि अचानक बेहोस हुने अवस्थालाई जनाउँछ। “Micturition” को अर्थ पिसाब गर्नु र “Syncope” को अर्थ हो अस्थायी रूपमा होस हराउनु ।
यो अवस्था प्रायः राति वा बिहानको समयमा, शौचालयमा उभिएर पिसाब गर्ने बेला बढी देखिन्छ। यो बढी पुरुष हरुमा देखिन्छ।
---
किन हुन्छ? (मुख्य कारणहरू)
-----
✓पिसाब गर्दा शरीरमा केही शारीरिक परिवर्तन हुन्छन्, जसले गर्दा दिमागमा जाने रक्त प्रवाह केही क्षणका लागि कम हुन सक्छ। यसका कारण–
✓पिसाब गर्दा रक्तचाप अचानक कम हुनु
✓पिसाब थैली खाली हुँदा भ्यागस नर्भ अत्यधिक सक्रिय हुनु, जसले हृदयको धड्कन सुस्त बनाउँछ।
✓लामो समयसम्म पिसाब रोकेर राख्दा अचानक पिसाब थैली रिल्याक्स हुँदा
✓राति निद्रामा उठेर अचानक उभिँदा चक्कर लाग्नु
✓मदिरा सेवन पछि पिसाब गर्दा रक्तचाप झन् घट्ने
तनाव, दुखाइ वा अत्यधिक थकानले गर्दा
---
सबैभन्दा जोखिममा हुने समूह
✓पुरुष (विशेष गरी उभिएर पिसाब गर्ने)
✓४० वर्षभन्दा माथिका
✓मदिरा सेवन गर्नेहरु
✓राति बारम्बार बाथरुम जानुपर्नेहरू
---
लक्षणहरू
पिसाब फेर्दा बिहोस भएर कतिजना बाथरूम मा पल्टी रहनु भएको हुन्छ।मलाई के भयो कसरी बिहोस भए ,कसरी यहाँ पल्टेको छु भनी आश्चर्य पनि हुन सक्छ।
✓अचानक टाउको हल्का हुनु
✓आँखा धमिलो देखिनु
✓अत्यधिक पसिना आउनु
✓चक्कर लाग्नु
✓कानमा आवाज गुन्जिनु
✓केही सेकेन्डदेखि १–२ मिनेटसम्म बेहोस हुनु
✓कहिलेकाहीँ बेहोस हुँदा लडेर चोट लाग्न सक्छ, त्यसैले यो अवस्था लाई गम्भीर मानिन्छ।
---
कसरी जोगिने?
✓राति उठेर पिसाब गर्दा अलि समय बेडको किनारमा बसेर मात्र उठने।
✓पुरुषले कमोडमा या प्यान मा बसेर मात्र पिसाब गर्ने
✓मदिरा सेवनपछि राति लामो समय उभिएर पिसाब नगर्ने
✓शरीरमा पानीको मात्रा सन्तुलित राख्ने
✓अचानक उठ्ने बानी परिवर्तन गर्ने
✓बाथरुममा हात समात्ने ठाउँ राख्ने
✓उभिएर पिसाब गर्दा प्रायजसो रातिमा मात्र हुने हुँदा बसेर मात्र पिसाब गर्नु पर्दछ।
---
कहिले चिकित्सकलाई देखाउने?
यदि तलका अवस्थाहरू भेटिए चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ–
✓बारम्बार यस्तो घटना दोहोरिनु
✓बेहोस हुँदा चोटपटक लाग्नु
✓हृदयसम्बन्धी रोगको जोखिम हुनु
✓बेहोस हुनु अघि छाती दुखाइ, धड्कन अनियमित हुनु
✓उमेर (६०+ वर्ष) माथि हुनु
✓डाक्टरले आवश्यक परे ECG, रक्तचाप परीक्षण, Holter monitor,MRI, CT स्क्यान जस्ता परीक्षण गर्न सक्नुहुन्छ।
---
निष्कर्ष
मिक्चुरिसन सिन्कोपी सामान्य रूपमा गंभीर नहुन सक्छ, तर बेहोस हुँदा चोट लाग्ने जोखिम हुन्छ। सही जानकारी र सावधानी अपनाएर यसलाई सजिलै रोकथाम गर्न सकिन्छ। यदि लगातार समस्या देखियो भने चिकित्सकीय सल्लाह अनिवार्य हुन्छ।
कृपया पढेर लाइक र सेयर गरी दिनु होला। धन्यबाद
---

बाथ कसरी चिन्ने?
25/11/2025

बाथ कसरी चिन्ने?

जाडो महिनामा जोर्नी दुखाइ किन हुन्छ??
24/11/2025

जाडो महिनामा जोर्नी दुखाइ किन हुन्छ??

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेनजी मुभमेन्ट नेपालको आह्वान

15/11/2025

होलबड़ी चेक भन्ने कुनै Terminology हुँदैन।त्यस जाँचले न त होल बड़ी को बारेमा थाहा हुन्छ। यसलाई जनरल चेक अप भन्न मिल्छ।
के के थाहा हुन्छ त?
CBC जाँच
शरीरमा भएको रगत को मात्रा, abnormal cells हरु।रगतमा साधारण तया हुने प्लेटलेट आदि।।कहिलेकाहीं यो जाँच बाट ब्लड क्यान्सर भएको नभएको पनि संका गर्न सकिन्छ।
LFT :
यो कलेजो को जाँच हो।यसबाट कलेजो ले गरेको काम को बारेमा थाहा हुन्छ।कलेजो बिग्रेको छ या छैन जन्डिस छ या छैन यस जाँच बाट थाहा हुन्छ।
RFT ले मृगौला सम्बन्धी जाँच को बारेमा जानकारी दिन्छ।
Lipid Profile ले शरीरमा रगत मा हुने राम्रो र नराम्रो चिल्लो पदार्थ को बारेमा जानकारी दिन्छ।।
Thyrod Function Test ले थाइराइड सम्बन्धी, FBS HBA1C ले सुगर सम्बन्धी,
Xray ले फोक्सो सम्बन्धी,त्यस्तै भिडियो एक्सरेले पेट भित्र कलेजो मृगौला पथ्थरी, फियो ,प्रोस्टेट पाठेघर अग्नसय,आदि को जानकारी दिन्छ।
Urine चेक ले पिसाब को संक्रमण ,मृगौला का रोग हरु देखि पिसाब मा प्रोटीन लिक भएको आदि को बारेमा जानकारी दिन्छ।भनिन्छ पिसाब जाँचले मृगौला को धेरै जानकारी दिन्छ।
होलबडी जाँच ले जस्तै टाउकोमा ढाड मा हड्डी मा आदि भएको जानकारी पाइँदैन।लुकेका बाथरोग क्यान्सर आदि नदेखिन सक्छ।त्यसको लागि छुट्टै जाँच गर्नु पर्छ। पेट अर्थात आमाशय हेर्न इण्डोस्कोपी नै गर्नु पर्दछ। कतिप अवस्थामा शरीरबाट मासु निकालेर जाँच गर्नु पर्ने र त्यस अवस्थामा TB या क्यान्सर रोग पत्ता लगाउन सकिने हुन्छ।
होलबढी जाँच ले हामीलाई धेरै कुराको सुराकी दिन चाहिँ सक्छ।तर होलबडि जाँच गरेको छु केहि भएको छैन भनेर ढुक्क बस्नु चाहिँ मूर्खता नै हुन्छ।
वर्षमा एक पटक जनरल चेक गर्नु जरुरी छ।अरु चिकित्सक सल्लाह अनुसार जाँच गर्ने हो।
आफ्नो परिवारमा वंशाणुगत रोग छ भने त्यही अनुसार जाँच गर्नु पर्छ उदाहरण को लागि बुवा या आमा लाई आन्द्राको क्यान्सर छ भने छोरा छोरी ले बेला बेलामा कोलोनोस्कपी गर्नु पर्ने हुन्छ।बुवा आमा लाई ऋदयघात भएको छ भने त्यही अनुसार मुटुको जाँच हुनु पर्दछ। मधुमेह उच्च रक्तचाप का बिरामीहरूले आँखा जाँच गराउनु पर्दछ।महिलाहरुले वर्षमा एक पटक स्त्रीरोग को चिकित्सक लाई देखाउनु पर्दछ।पाठेघरको पनि जाँच गर्दा पनि क्यान्सर रोग पत्ता लगाउन सकिन्छ।
आफ्नो चिकित्सक लाई सबै कुरा जानकारी गराउनु पर्दछ।
सुगर प्रेसर भएका बिरामीले नित्य औषधि सेवन गर्ने र चिकित्सकको सल्लाह अनुसार गर्ने
चिकित्सक को सल्लाह बिना औषधी सेवन नगर्ने
वर्षमा एक पटक चेक अप गर्ने ।केही देखिएमा चिकित्सकको फलो अप मा बस्ने।
जथाभावी दर्द को दबाई या एन्टिबायोटिक नखाने।
रोग लागि हाले स्वास्थ्य संस्थामा जाने र परामर्श लिने बानी बसाल्नु होला।।
सबै ज्वरो टाइफाइड हुँदैन।सबै ज्वरो डी- कोल्ड ले निको हुँदैन।
सबै जोर्नी दुख्ने युरिक एसिड हुँदैन।
सबै खोकी TB होइन ।सबै स्या स्या दम होइन।

धन्यबाद।।

11/11/2025

जनचेतना को लागि....

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Binaya Kumar Regmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category