21/08/2026
💐हार्दिक आभार तथा कृतज्ञता ज्ञापन💐
नेपाल सरकार (स्वास्थ्य तथा खाध्य स्वछता मन्त्रालय) बाट नेपाल आयुर्वेद चिकित्सा परिषद (NAMC) को रजिस्ट्रार जस्तो गरिमामय र जिम्मेवार पदमा प्रस्तुति तथा अन्तर्वार्ता लिई दक्ष्यताको आधारमा नियुक्त गर्नुभएकोमा नेपाल सरकार, माननीय स्वास्थ्य तथा खाध्य स्वछता मन्त्रीज्यू लगायत सम्पूर्ण सम्बन्धित निकायहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।
काउन्सिलको गरिमा, व्यावसायिक मर्यादा र आयुर्वेद चिकित्सा क्षेत्रको नियमन तथा प्रवर्द्धनमा आफ्नो सम्पूर्ण अनुभव, ज्ञान र निष्ठाका साथ समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु।
म प्रति देखाउनुभएको यो विश्वास, सद्भाव र भरोसा नै मेरो प्रेरणाको स्रोत हो। आयुर्वेद क्षेत्रको विकास, गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकहरूका हक-हितका लागि आगामी दिनहरूमा यहाँहरू सम्पूर्णको निरन्तर मार्गदर्शन, सहयोग र शुभकामनाको अपेक्षा राखेको छु।
पुनः नेपाल सरकार तथा सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ! 💐
डा. हरि शरण अर्याल
रजिस्ट्रार, नेपाल आयुर्वेद चिकित्सा परिषद (NAMC)