16/10/2026
मान्छेले मलाई Judge गर्लान् कि भन्ने डर... 😟🧠
अरूले मेरो बारेमा के सोच्लान्, मैले बोलेको कुरा गलत भयो कि वा सबैले मलाई Judge गर्छन् कि भन्ने डर लाग्छ?
यस्तो डर धेरै हुने अवस्थालाई Social Anxiety सँग सम्बन्धित हुन सक्छ।
😟 अरूले के सोच्लान् भन्ने डर: मानिसहरूले आफूलाई नराम्रो ठान्छन् कि भन्ने चिन्ता हुनु।
🗣️ बोल्न अप्ठ्यारो महसुस हुनु: नयाँ मानिससँग कुरा गर्दा वा समूहमा बोल्दा Nervous हुनु।
💭 बारम्बार सोचिरहनु: आफूले भनेको वा गरेको कुरा गलत भयो कि भनेर फेरि फेरि सोच्नु।
🚪 सामाजिक अवस्थाबाट टाढा रहनु: Judge हुने डरले भेटघाट, कार्यक्रम वा नयाँ अवसरबाट भाग्नु।
❤️ के गर्न सकिन्छ? अरूले के सोच्लान् भन्ने प्रत्येक विचारलाई तथ्य नमान्नुहोस्। सानो कदमबाट सामाजिक परिस्थितिको सामना गर्ने अभ्यास गर्नुहोस्।
यदि यस्तो डरले पढाइ, काम, सम्बन्ध वा दैनिक जीवनमा असर गरिरहेको छ भने Mental Health Professional वा Psychiatrist सँग परामर्श गर्नुहोस्। सही सहयोगले सुधार सम्भव छ।