Dr Saroj Khanal "Ovels"

Dr Saroj Khanal "Ovels" हरे कृष्ण 🕉️
𝒯𝒽𝒾𝓃𝓀 𝓅𝑜𝓈𝒾𝓉𝒾𝓋𝑒, 𝐵𝑒 𝒽𝒶𝓅𝓅𝓎 & 𝐵𝑒 𝑜𝓅𝓉𝒾𝓂𝒾𝓈𝓉𝒾𝒸🫀 🇳🇵
Doctor at TU Teaching hospital | Dhulikhel Hospital

This page contains:-







आज नर्सको आवाजमा हाम्रो आवाज जोडौँ, भोलि हाम्रो आवाजमा नर्सहरूको साथ हुनेछ।स्वास्थ्यकर्मीको अधिकार, सम्मान र सुरक्षाका ल...
04/08/2026

आज नर्सको आवाजमा हाम्रो आवाज जोडौँ, भोलि हाम्रो आवाजमा नर्सहरूको साथ हुनेछ।
स्वास्थ्यकर्मीको अधिकार, सम्मान र सुरक्षाका लागि हामी सबै एकजुट हुनुपर्छ।

Save RN Jyoti Ranabhat ✊
Solidarity to Nepali Nurses 🤝🩺

Nurses be like:::::::
03/08/2026

Nurses be like:::::::

तपाई मान्नुस् या नमान्नुस् , नेपालमा सबैभन्दा पिडित पेशा भनेको नर्सिङ पेशा हो। पत्याउन गाह्रो पर्ला तर मैले राजधानी देखि...
03/08/2026

तपाई मान्नुस् या नमान्नुस् , नेपालमा सबैभन्दा पिडित पेशा भनेको नर्सिङ पेशा हो। पत्याउन गाह्रो पर्ला तर मैले राजधानी देखि विकेट ठाउसम्म काम गर्दा महिनामा ९ हजार तलबमा काम गरिरहेका नर्सहरु समेत भेटे । नेपालमा स्वास्थ्यकर्मीहरुको मुल्याङ्कन नै छैन ।

५ औ देखि ११/१२ औ तहका नर्सहरु हुदा पनि यहा सबैलाई एउटै तराजुमा हालेर हेरिन्छ। Master, Bachelor सकेका नर्सहरु ५औ तहमा काम गर्न बाध्य छन....अझै भनम त्यो भन्दा कम तलबमा काम गर्न बाध्य छन् । नर्सिङ डे जस्ता केहि दिनमा नर्सलाई अस्पताल को मेरुदण्ड हुन् , स्वास्थ्य क्षेत्रका गहना हुन् भनेर भाषण दिइन्छ तर त्यसको १% पनि व्यवहारमा लागु गरिदैन । तलबको कुरा मात्र होइन, अस्पतालभित्रै जुनियर नर्सहरूले भोग्नुपर्ने हेपाइ, असमान व्यवहार र मानसिक पीडा कति गहिरो छ—सायद नर्सहरूले नै सबैभन्दा राम्रोसँग महसुस गरेका छन्।

देशको स्वास्थ्यमन्त्री नै एक नर्स हुदा समेत यहाँ नर्सहरुको केही सुनुवाइ भएको छैन । RN Jyoti Ranabhat केहि दिनदेखि नर्सहरुकै माग लिएर अनसनमा हुनुहुन्छ, ICU मा हुनुहुन्छ तर बिडम्बना सरकारले कहिलै पनि नर्स एवम् स्वास्थ्यकर्मीहरु माथि गम्भीरता देखाएको पाइदैन ।

नर्सहरुले माग गरेका हरेक मागहरु जायज छन्। हामी सबैले साथ दिनु हाम्रो दायित्व हो । आउनुस्, हामी सबै मिलेर नेपाली नर्सहरूको हक, अधिकार, सम्मान र सुरक्षित कार्य वातावरणका लागि आवाज उठाऔँ।
उठिसकेको आवाजलाई दबिन नदिऔँ।
न्यायको आवाजमा साथ दिऔँ। 🙏

SAVE RN JYOTI RANABHAT ❤️
SOLIDARITY WITH NEPALI NURSES
WAKE UP GOVERNMENT



09/07/2026

Leaving the city behind, embracing a greater purpose.

Honored to be serving the people of Sudurpaschim. 🩺💙

08/07/2026

Your doctor is on duty 24/7. 👨‍⚕️❤️

11/06/2026

हरे कृष्ण 🦚🙏

करैत (Common Krait): नेपालमा पाइने अत्यन्त विषालु रात्री सक्रिय सर्पकरैत नेपालमा पाइने एक अत्यन्त विषालु सर्प हो। यसको व...
08/06/2026

करैत (Common Krait): नेपालमा पाइने अत्यन्त विषालु रात्री सक्रिय सर्प

करैत नेपालमा पाइने एक अत्यन्त विषालु सर्प हो। यसको विष स्नायुतन्त्रमा असर गर्ने स्नायुविष (Neurotoxin) प्रकारको हुन्छ। यो सर्प प्रायः रातको समयमा सक्रिय हुन्छ र धेरैजसो सुतिरहेको मानिसलाई घरभित्रै टोक्ने गर्छ।

करैतको टोकाइको खास विशेषता भनेको सुरुमा पीडा नदेखिनु हो। टोकिएको थाहा पनि नपाई सुतिरहने अवस्था आउन सक्छ। तर केही घण्टाभित्रै बिरामीलाई बोल्न, निल्न र सास फेर्न गाह्रो हुन थाल्छ। समयमै उपचार नगरेमा यसले मृत्युसम्म पुर्‍याउन सक्छ।

सर्प किन टोक्छ?

कुनै पनि सर्पले मानिसलाई अनावश्यक रूपमा आक्रमण गर्दैन। जब उसले आफूलाई खतरा महसुस गर्छ, तब मात्रै टोक्छ। त्यसैले हामीले पनि सर्प नआओस् भन्नु भन्दा पनि, उसलाई हाम्रो वरिपरि आउन नदिन वातावरण तयार गर्नुपर्छ।

सर्पदंशबाट बच्ने सजिला उपायहरू:
• घर सफा राख्ने, विशेष गरी भुइँमा कपडा, झोला, जुत्ता अलपत्र नराख्ने।
• राति सुत्दा झ्याल–ढोका राम्रोसँग बन्द गर्ने।
• झुल प्रयोग गरेर सुत्ने, ओछ्यान तल र वरिपरि हेरेर मात्रै सुत्ने।
• कोठामा उज्यालो राख्ने — अँध्यारोमा करैत सक्रिय हुने सम्भावना बढी हुन्छ।

सर्पले टोकेको खण्डमा के गर्नुहोस्?
• झारफुक, तन्त्र–मन्त्र वा घरेलु जडिबुटीमा समय नफाल्नुहोस्।
• सकेसम्म सर्पको रंग, बनावट वा फोटो लिएर राख्नुहोस् – उपचारमा सहायता पुग्छ।
• तुरुन्त नजिकको Anti Snake Venom (ASV) उपलब्ध सरकारी अस्पताल वा स्वास्थ्य संस्थामा पुर्‍याउनुहोस्।
• बिरामीलाई सक्दो शान्त राख्ने प्रयास गर्नुहोस्, कम हिँड्ने र नचलाउने – यसले विषको फैलावट ढिलो पार्छ।

करैतजस्ता सर्पहरू सँगै बस्न नहुने भए पनि, तिनीहरूको व्यवहार बुझेर सजग भइयो भने, अनावश्यक डरभन्दा टाढा रही सुरक्षित जीवन बिताउन सकिन्छ।
- Dr Saroj Khanal "Ovels"

🗣️ अबको बजेट भाषणमा 🔊
24/05/2026

🗣️ अबको बजेट भाषणमा 🔊

Hello my Mumtaz  👋😝
22/05/2026

Hello my Mumtaz 👋😝

21/05/2026

Peace of mind 🦚🪷

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Dr Saroj Khanal "Ovels" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Saroj Khanal "Ovels":

Shortcuts

Share

Category