Nawa Upakar Nepal Sudhar Kendra

Call Directions Website Contact the practice

Nawa Upakar Nepal Sudhar Kendra We gave a strength and courage to those who are in critical for living a serene life. We have the way to live like a the way which was forgot.

नव उपकार सुधार केन्द्र नशा मुक्ति र सामाजिक पुनर्स्थापनाको लागि समर्पित एक सुधार केन्द्र हो यसले लागूऔषधको दुव्यर्सनमा फसेका व्यक्तिहरूलाई चिकित्सा, परामर्श, र सिप विकासका माध्यमबाट सुधार गर्न मद्दत गर्दछ। So for a recover life come and believe us.

16/10/2026

Just for today, October~16

The simplest prayer (सबै भन्दा सजिलो प्रार्थना)

"प्रार्थना केवल उहाँको इच्छा को ज्ञान को लागि र त्यसलाई पुरा गर्नको लागि शक्ति प्राप्त गर्नको को लागि।"

Step Eleven

---------------=---------------

हामी प्रार्थना कसरी गर्दछौ ? कम अनुभव को कारणले गर्दा हामी मध्ये धेरै लाई राम्रो सँग थाहा नै छैन कि प्रार्थना कसरी सुरु गर्ने भनेर। तथापी, प्रार्थना गर्न न त कठिन छ न जटिल छ।

हामी हाम्रो दुर्व्यसन को कारणले गर्दा एन.ए मा आएका हौ। तर त्यसमा निहित हुँदा हामी मध्ये धेरैले आफ्नो जीवन मा पूर्ण तवरले बैचेनी महसुस गर्ने गर्दथ्यौ, लागथ्यो हामी कतै हराएका छौ, एक पथबिहिन सुनसान स्थान मा। जहाँ हामी सँग कोइ पथ प्रदर्शक पनि छैन। प्रार्थना नै एक यस्तो माध्यम हो, जहाँ हामीले जीवनको लागि एक दिशा पाउदछौ र त्यो दिशा मा हिडनको लागि शक्ति पनि प्राप्त गर्न सक्दछौ।

किनभने एन.ए को सुधार कार्यक्रम मा प्रार्थना को केन्द्रिय भूमिका रहने गर्दछ त्यै भएर हामी मध्ये धेरैले दैनिक रुपमा प्रार्थना को लागि एक निश्चित समय तोकेका छौ र एउटा ढाँचा तैयार गरेका छौ। यो मौन समय मा हामी आफ्नो उच्च शक्ति सँग कि चुपचाप भएर वा आवाज निकालेर कुरा गर्ने गर्दछौ। हामी आफ्नो बिचार, आफ्नो भावना र दिनभरी घटेको घटना सेयर गर्ने गर्दछौ। हामी सोध्दछौ, तपाईं अब मलाई के गर्नु पर्छ भनेर भन्नु हुन्छ ? त्यही समय हामी यो पनि माग्दछौ कि "मलाई तपाईंको इच्छा मा चल्न को लागि शक्ति पनि दिनुहोस, ताकी म तपाईंको इच्छा पुरा गर्न सकु।"

प्रार्थना गर्न सिक्न सजिलो हुने गर्दछ। हामी आफ्नो उच्च शक्ति सँग हाम्रो लागि उनको इच्छा बुझ्न को लागि ज्ञान र त्यसमा चल्नको लागि शक्ति माग्ने गर्दछौ। यसो गर्नाले हामीले त्यो दिशा प्राप्त गर्ने गर्दछौ जुन हामीले खोजिरहेका थियौ र हामीलाई शक्ति प्राप्त हुने गर्दछ जुन हाम्रो लागि ईश्वर को इच्छा पुरा गर्नको लागि आवश्यक छ।

--------------=--------------

आजको निम्ती मात्र- म आफ्नो उच्च शक्ति सँग कुराकानी गर्नको लागि केही मौन समय अलग गर्ने छु। म त्यो शक्ति सँग दिशा बोध र त्यही अनुकुल कार्य गर्नको लागि योग्यता प्राप्त गर्नको लागि प्रार्थना गर्ने छु।

15/10/2026
15/10/2026

Just for today, October~15

Choices (रोजाई)

"दुर्व्यसनी बन्नु हाम्रो रोजाइ होइन।"

Basic Text, p. 3

---------------=---------------

जब हामी ठुलो हुँदै गयौ, हामी सबै सँग सपना हरु हुने गर्दथ्यो। सबै बच्चा हरु ले उस्को छिमेकी तथा अन्य प्रियजन हरुले यही प्रश्न गरेको सुनेको हुन्छ, "जब ठुलो हुन्छौ के बन्न मन पराउछौ ?" यदी हामी मध्ये केहीले सफलता को विस्तृत सपना नदेखे पनि, तब पनि हामी मध्ये अधिकांश रोजगार, खुशी परिवार, सुन्दर र सम्मान जनक जीवन जिउने सपना त पाल्ने गर्दथ्यो। तर कसैले पनि यो सोधेको थिएन कि "जब तिमी ठुलो हुन्छौ के तिमी लागु अौषध दुर्व्यसनी बन्न चाहन्छौ ?"

दुर्व्यसनी बन्नु हाम्रो रोजाइ होइन र हामी दुर्व्यसनी नहुन को लागि पनि हामी सँग रोजाइ हुने गर्दैन। हामी सँग दुर्व्यसन को रोग छ। यो रोग को लागि हामी स्व्यम जिम्मेवार छैनौ। तर हामी हाम्रो सुधारको लागि जिम्मेवार छौ। हामीले यो थाहा पायौ कि हामी रोगी छौ र सुधारको लागि एउटा मार्ग छ। यस्तो अवस्था मा हामी आँफैलाई वा परिस्थिती लाई दोष दिनुको बजाय समाधान को मार्ग रोज्न सक्दछौ। हामीले दुर्व्यसन लाई रोजेको होइनौ तर हामी सुधार लाई रोज्न सक्दछौ।

---------------=---------------

आजको निम्ती मात्र - मैले सुधार लाई रोजेको छु।

14/10/2026

Just for today, October~14

The end of lonliness (एकाँकीपना को अन्त)

"एन.ए मा मैले जुन प्रेम र हेरचाह पाउने गर्छु, त्यसले गर्दा अब मलाई मेरो आफ्नो एकाँकीपना प्रती कुनै खेद छैन।"

---------------=----------------

दुर्व्यसन एकाँकीपना को रोग हो। चाहे हाम्रो वरीपरि धेरै व्यक्तिहरु होस तर ढिलो चाडो आफ्नो दुर्व्यसन को कारणले हामी परस्पर आँफै सँग र यहाँ सम्म कि आफ्नै प्रियजन हरु बिच पनि एक दुरी कायम गर्ने गर्दछौ। हामी मध्ये धेरै हताशा र एकाँकीपना को कारणलेनै एन.ए मा आएका हौ।

यधापी हामी धेरै शतर्क र शंकालु स्वाभाव सहित एन.ए को कोठा तर्फ बढदछौ। तब हामीलाई अंकमाल गरेर मुहार मा मुस्कान सहित हामीलाई स्वागत गरिन्छ र फेरी आउँदै गर्नुहोस् भनेर भनिन्छ। धेरै लामो समयको अन्तराल पश्चात यो नै त्यो ठाउँ थियो जहाँ हामीले स्वागत को अनुभव पायौ। हामीले अरु सदस्य हरु एक आपसमा कुरा गरेको हासेको देख्यौ र बैठक पश्चात समुह बनाएर बनाएर अन्य कफि हाउस मा फेरी कुराकानी गर्नको लागि जम्मा भएको देख्दा हामी पनि आश्चर्य मानेर यो सोच्न लाग्दछौ कि के हामी पनि यो रमाइलो समुह को हिस्सा बन्न सक्दछौ।

हाम्रो आफ्नो एक्लिएर बस्ने तौर तरिकाले गर्दा हामीलाई यो समुह मा सम्मिलित हुन कठिनाई हुने गर्दछ। तर समयको साथ साथ हामी आँफैलाई यो समुह बाट अलग हुनुको अपेक्षा यसको नै एक हिस्सा भएको अनुभव गर्ने गर्दछौ र चाडै नै, हामी जब जब बैठक कोठा प्रवेश गर्दछौ, तब हामी घर मा आएको जस्तो अनुभव गर्ने गर्दछौ। हामी मित्र हरु बनाउन सुरु गर्दछौ र हाम्रो जीवनमा परिवर्तन हरु आउन सुरु गर्दछ।

एन.ए ले हामीलाई हाम्रो एकाँकीपना बाट बाहिर कसरी आउने भनेर सिकाउने गर्दछ। आफ्नो गृह समुह मा हामीले जुन पहिलो अस्थायी मित्रता बनाउने गर्दछौ, त्यस बाट हामी यो बुझ्दछौ कि मित्र बनाउनु कुनै कठिन कार्य नरहेछ। जब हामी अरुसँग आफुलाई बाडने गर्दछौ तब हामी भित्र एक आत्मियता को भावना जन्मन थाल्दछ।

---------------=---------------

आजको निम्ती मात्र - एन.ए मा मेरो उच्च शक्ति ले मलाई जुन मित्र हरु उपलब्ध गरायो त्यसको लागि कृतज्ञता व्यक्त गर्दछु। त्यसैको कारणले आज म एक्लो छैन।

13/10/2026

Just for today, October~13

Making a difference (भिन्नता ल्याऊनु)

"जब केही दिएपछी हामीले जुन आध्यात्मिक जागरण को अनुभव प्राप्त गर्ने गर्दछौ हामी त्यसलाई शब्द मा बयान गर्न सक्दैनौ। चाहे त्यो अरुको लागि तुच्छ नै किन नहोस।"

Basic Text, p. 104

--------------=-------------

कहिले काही यस्तो लाग्न थाल्दछ कि संसार मा यती धेरै गल्ती हरु छन कि हामी यसमा केही भिन्नता ल्याउने आफ्नो प्रयास बाट पछी हटने गर्दछौ। र अन्तमा हामी यो सोच्दछौ कि "यस्तो संसार मा मैले के नै गर्न सक्छु र। म त एक्लो छु।" चाहे हाम्रो चिन्ता यती ठुलो होस् कि हामी विश्व शान्ति को कुरा गरौ वा यती व्यक्तिगत कि- हामी त्यो दुर्व्यसनी सम्म सुधार को सन्देश पुराउन सकु जो यो कार्यक्रम चाहन्छन। यो काम हेर्दा खेरी एकदम बिचलित बनाउने खालको देख्दछ। "यती छोटो समयमा यती धेरै कार्य गर्नु पर्ने," उफ्फ! कहिले काही हामी आश्चर्यचकित पनि हुने गर्दछौ कि हामी कहिले हामी केही राम्रो कसरी गर्न सक्छौ।

सानो सानो योगदान ले पनि आश्चर्यजनक ढंगले ठुलो भिन्नता लिएर आउने गर्दछ। एक सामान्य मिहेनती र कष्टकर जीवन मा केही धेरै प्राप्त गर्नको हामीले केही विशेष प्रयास गर्नु आवश्यक छैन। हामी त्यो गहिरो आत्म सन्तोष को कारणले आँफै नै परिवर्तन हुने गर्दछौ जुन अनुभव हामी कुनै एक व्यक्ती को हौसला बढाउदा बखत प्राप्त गर्ने गर्दछौ। जब हामी कुनै यस्तो व्यक्ति को मुहार मा मुस्कान ल्याउने गर्दछौ जुन व्यक्ति एक दम रिसाइरहेको थियो, वा जब हामी कसैको लागि बाटो छाडि दिने गर्दछौ, व जब हामी कुनै नव आगन्तुक लाई फोन गरेर यो भन्ने गर्दछौ कि हामी उनिहरुको बारेमा चिन्तित छौ, यो कुरा हरुले नै यो इंगित गर्दछ कि हामी आसाधारण छौ।

के तपाईं संसार लाई परिवर्तन गर्न चाहनु हुन्छ ? त्यसो भए आज साँझ देखी नै तपाईं आफ्नो नजिक भएको दुर्व्यसनी बाट यो काम सुरु गर्नुहोस, र तब तपाईंले यो थाहा पाउनु हुन्छ कि तपाईंको दयालु स्वाभाव् धेरै गुणा बढेको छ। एक पटक मा एक जना मात्र। हामी मध्ये हरेक ले भिन्नता ल्याउन सक्तछौ।

-------------=-------------

आजको निम्ती मात्र- दयालु बन्नको लागि मैले केही मुल्य चुकाउनु पर्दैन। तर जसले प्राप्त गर्दछ त्यसको लागि अमुल्य बन्ने गर्दछ। आज म कसै प्रती दयाको भाव देखाउने छु।

12/10/2026

Just for today, October~12

Being right (सहि हुनु)

"जब हामी ले यो मान्यौ कि हाम्रो जीवन अस्त व्यस्त भएको थियो, तब हामीलाई आफ्नो यो दृष्‍टिकोण को बिषयमा म बहस गरिरहनु आवश्यक छैन... अब हामीलाई हर समय सहि हुनुपर्छ भन्ने आवश्यक छैन।"

Basic Text, p. 58

--------------=---------------

हामी सहि हुनु भन्दा बाहेक अरु धेरै यस्तो केही छैन, जसले हामीलाई आफ्नो एन.ए को मित्र सदस्य हरुको न्यानो र घनिष्ट मित्रता बाट एती चाडो टाढा र एक्लो बनाइ दिने गर्दछ। यस्तो अवस्था मा हामी आफुलाई असुरक्षित ठान्डै आफुलाई एक विशेष व्यक्ती भएको ढोङ गर्दै प्रस्तुत हुने गर्दछौ र आफ्नो निम्न आत्म सम्मान लाई माथि उठाउन अरुलाई तल झारेर आफुलाई माथि राख्ने गर्दछौ। यो कर्तुतले धेरै मा धेरै राम्रो यो हुन्छ कि अरुहरु हामी बाट टाढा हुँदै जान्छ र खराब यो हुन्छ कि यसले हामीलाई नै आक्रमण गर्ने गर्दछ। जती धेरै हामी यो दिखावा गर्दै कि हामी सहि छौ भनेर अरुलाई प्रभावित गर्ने प्रयास गर्दछौ त्यती नै धेरै हामी गलत हुँदै जाने गर्दछौ।

सुरक्षित हुनको लागि यो आवश्यक छैन कि हामी सहि नै हुनु पर्दछ। अरुको सामुन्ने हामी सँग सबै प्रश्न को जवाब छ भन्ने दिखावा गर्नु आवश्यक छैन, जसले गर्दा उनिहरुले हामीलाई प्रेम र इज्जत गरोस। बस्तुत: यसको विपरित जे पनि छ, त्यो सहि छ। हामी मध्ये कसै सँग पनि सबै प्रश्न को जवाब हुँदैन। हामी कुरा हरुलाई जान्न बुझ्न को लागि र खाली भएको स्थान लाई भर्न को लागि एक अर्का मा निर्भर रहने गर्दछौ र हामी आफु भन्दा ठुलो उच्च शक्ति माथि निर्भर हुने गर्दछौ, जसले गर्दा हामी आफ्नो व्यक्तिगत शाक्तिहिनता को भरपाइ गर्न सकौ। हामी अरु सँग त्यो समयमा बढी सहज अनुभव गर्न सक्छौ जब हामी आफ्नो बारेमा सबै कुरा भन्ने गर्दछौ, जे जान्दैनौ त्यो मान्दछौ, र हामी आफ्नो एन.ए को सँगै सुधार मा भएको सँगी हरु बाट सिक्ने प्रयास गर्न थाल्दछौ। तब हामी आफु स्व्यम मा नै आफुलाई सुरक्षित ठान्न थाल्दछौ जब हामी आफु खुदको शक्ति माथि भरोषा नगरेर सुधार मा प्राप्त आफ्नो समझदारीको ईश्वर को शक्ति माथि भरोषा गर्न थाल्दछौ।

हामी हरेक समय सहि हुनु पर्छ भन्ने छैन, मात्र सुधारमा रही रहन जरुरी छ।

--------------=--------------

आजको निम्ती मात्र - हे ईश्वर, म आफ्नो शाक्तिहिनता र जिवनको अस्तव्यस्तता लाई स्विकार गर्नेछु। तपाईं बाट शक्ति र दिशा प्राप्त गर्नको लागि तपाईं माथि निर्भर भएर अरु सँग समान तवरले जिउन सकु, यसैको लागि मलाई सहायता गर्नुहोस्।

11/10/2026

Just for today, October~11

Eyeglasses and attitude (चस्मा र धारणा)

"हाम्रो सबैभन्दा राम्रो सोच ले नै हामीलाई समस्या मा पारीदियो... हाम्रो बिचार र धारणा मा सुधार कार्यक्रम एक सक्रिय परिवर्तन हो।"

Basic Text, p. 55

-------------=-------------

सक्रिय दुर्व्यसन को समय, सम्भवत सारा संसार एक भयावह स्थान थियो। नशाले हामीलाई त्यो संसार को सामना गर्न सहायता गरेको थियो, आज हामीले यो बुझ्न सकेका छौ कि वास्तवमा संसार को हालत हाम्रो समस्या नरहेछ। त्यो त संसार लाई हेर्ने हाम्रो आफ्नो सोच र धारणा नै थियो जसको कारणले गर्दा हामी यो स्थान मा आराम सँग बस्न सकेका थिएनौ।

हाम्रो धारणा र हाम्रो सोच वास्तवमा हाम्रो आँखा मा लगाएको त्यो चस्मा हो जसबाट हामी आफ्नो जीवन लाई हेर्ने गर्दछौ। यदी हाम्रो चस्मा धमिलो वा फोहर छ भने हामीले हाम्रो जीवन अँध्यारो देख्दछौ। यदी हाम्रो धारणा सहि ढंगले केन्द्रित छैन भने संसार नै बिकृत देखिन थाल्दछ। संसार लाई स्पष्ट र सफा हेर्न को लागि हाम्रो धारणा र सोच पनि सफा र स्वच्छ हुनुको साथ साथ रोष, नकार्नु, हिनभावना र बन्द दिमाग बाट स्वतन्त्र हुनु पर्दछ। जीवन प्रती हाम्रो दृष्‍टिकोण केन्द्रित होस् भनेर आश्वस्त हुनु को लागि हामीले यो हेर्नु पर्दछ कि हाम्रो सोच संसार को वास्तविकता अनुरुप होस।

दुर्व्यसन को समय मा हाम्रो सबै भन्दा राम्रो सोच ले पनि हामीलाई यो संसार लाई स्पष्ट हेर्नु को लागि र त्यसमा हाम्रो आफ्नो भूमिका बुझ्न बाट हामीलाई टाढा राखेको थियो। सुधार कार्यक्रम हाम्रो धारणा को कमजोरी लाई स्पष्ट पार्न को लागि औषधी को काम गर्ने गर्दछ। आफ्नो नकार्ने प्रवृती लाई हटाएर त्यस्को स्थान मा आस्था, आफु प्रती को इमान्दारी, बिनम्रता र उत्तरदायी लाई स्थान दिनको लागि यो एन.ए को सम्पूर्ण पाइला हरुले हामीलाई आफ्नो जीवन लाई पूर्ण नयाँ तरिकाले हेर्न को लागि हामीलाई मद्घत गर्ने गर्दछ। तब यो पाइला हरुले हाम्रो आफ्नो आँखा मा भएको चस्मा को आध्यात्मिक लेन्स (सीसा) लाई सफा र स्वच्छ बनाइ राख्न को लागि सहायक सिद्ध हुने गर्दछ। हामीलाई आफ्नो सोच, धारणा र आफ्नो कार्य हरुलाई नियमित रुपमा केलाइरहन को लागि प्रेरित गर्ने गर्दछ।

आज, आस्था र सुधारको सफा र स्वच्छ लेन्स (सिसा) को माध्यम बाट संसार लाई हेर्दा संसार न्यानो र आकर्षण ले भरिपूर्ण र बस्न को लागि योग्य स्थान देखिन थाल्दछ।

-------------=-------------

आजको निम्ती मात्र- म आफ्नो कार्यक्रम को सफा र स्वछ आध्यात्मिक लेन्स (सिसा) को माध्यम बाट आफ्नो जीवन र संसार लाई हेर्ने छु।

World Mental Health Day
10/10/2026

World Mental Health Day

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nawa Upakar Nepal Sudhar Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nawa Upakar Nepal Sudhar Kendra:

Shortcuts

Share