Samarthguru Chandragiri Dhyan Kendra

Directions

Samarthguru Chandragiri Dhyan Kendra A serene space for inner peace and spiritual growth. Free meditation sessions every Saturday 7:30 AM to 9:30 AM - open to all!!

01/10/2026

हामी मनुष्य चेतनशील प्राणीको नाताले यदि कमभन्दा कम हिंसाबाट पनि हाम्रो जीवन सहज रूपमा चल्न सक्छ भने, हामी किन सहकारी नबने ?
Happy World Vegetarian day to all Vegetarians. ❤️♥️🌿

गुरुदेवको प्रेम–आशीष,♥️♥️ तपाईंहरूको प्रेम र अहोभावले जीवन आनन्दमय बनिरहेको छ। 🙏❤️♥️संघमित्रहरूसँगै साधना, ध्यान, सत्सङ्...
01/10/2026

गुरुदेवको प्रेम–आशीष,♥️♥️ तपाईंहरूको प्रेम र अहोभावले जीवन आनन्दमय बनिरहेको छ। 🙏❤️♥️
संघमित्रहरूसँगै साधना, ध्यान, सत्सङ्ग र एक कप चियाको मिठास—आनन्द र उमङ्ग झन् गहिरिँदै छ। ☕🧘‍♂️💐🌹♥️🙏
आउनुहोस्, यो शनिबार पनि समयमै उपस्थित भई ध्यान, आनन्द र उत्सवमा रमाऔँ। 🌸🎉
आफ्ना इष्टमित्र तथा प्रियजनहरूलाई पनि सँगै लिएर आउनुहोस्।
सबैलाई हार्दिक स्वागत छ। 🙏🙏
जय ओशो । जय समर्थगुरु । 🙇🙏🌺

26/09/2026

आज बिहानको ड्रइङ रूम सत्सङ्ग तथा बुद्ध पूजाको उपलक्ष्यमा गाइएको छोटो भजन।
प्रेम, भक्ति र आनन्दले भरिएको सुन्दर क्षण।
जय ओशो 🙏 जय समर्थगुरु 🙏

❤️🙏 समर्थगुरु जि को जन्मोत्सव — चेतना, प्रेम र गुरुकृपाको महोत्सव ❤️♥️आजको पावन दिन समर्थगुरु चन्द्रागिरी ध्यान केन्द्रक...
23/09/2026

❤️🙏 समर्थगुरु जि को जन्मोत्सव — चेतना, प्रेम र गुरुकृपाको महोत्सव ❤️♥️
आजको पावन दिन समर्थगुरु चन्द्रागिरी ध्यान केन्द्रका लागि अत्यन्त विशेष र अविस्मरणीय रह्यो। परम पूज्य समर्थगुरु जि को जन्मोत्सव श्रद्धा, प्रेम, ध्यान, सत्संग र कृतज्ञताका साथ भक्तिमय वातावरणमा मनाइयो। 🙏
समर्थगुरु जि को जन्मोत्सव केवल उहाँको जन्मदिन मनाउने अवसर मात्र होइन; हाम्रो जीवनमा गुरु–तत्त्वको आगमन र उहाँबाट प्राप्त मार्गदर्शनप्रति कृतज्ञ हुने पवित्र अवसर हो।
गुरु हाम्रो बाहिरी जीवनलाई मात्र होइन, हाम्रो अन्तरयात्रालाई पनि दिशा दिनुहुन्छ। अज्ञानबाट ज्ञानतर्फ, अशान्तिबाट शान्तितर्फ, अहंकारबाट समर्पणतर्फ र सीमित चेतनाबाट आत्मबोधतर्फ अघि बढ्ने यात्रामा गुरुको उपस्थिति साधकका लागि अमूल्य हुन्छ।
आज चन्द्रागिरीको शान्त वातावरणमा साधकहरूले ध्यान, प्रार्थना, सत्संग, आरती तथा प्रेमपूर्ण स्मरणमार्फत समर्थगुरु जि प्रति आफ्नो श्रद्धा अर्पण गरे। वातावरणमा गुञ्जिएको प्रेम, अनुहारमा देखिएको आनन्द र हृदयमा जागेको कृतज्ञताले जन्मोत्सवलाई एउटा आध्यात्मिक उत्सवमा रूपान्तरण गर्‍यो।
समर्थगुरु जि को जन्मोत्सव मनाउनु भनेको उहाँको जन्मलाई मात्र सम्झनु होइन, उहाँले देखाउनुभएको सत्य, प्रेम, ध्यान र चेतनाको मार्गलाई आफ्नो जीवनमा अझ गहिरोसँग आत्मसात् गर्ने संकल्प गर्नु पनि हो।
आजको यस पावन अवसरमा हाम्रो एउटै प्रार्थना—
समर्थगुरु जि को कृपादृष्टि सदैव साधकहरूको जीवनमा रहिरहोस्।
ध्यान गहिरिँदै जाओस्।
प्रेम विस्तार हुँदै जाओस्।
अन्तरमा चेतनाको प्रकाश जागिरहोस्।
र प्रत्येक जीवन गुरुमार्गको साधनाबाट आनन्द र शान्तिले भरिँदै जाओस्।
यस अवसरमा आचार्य गोपाल भट्टजीले जीवन्त गुरुको महिमा तथा गुरु–शिष्य सम्बन्धको गहिरो आयामबारे सुन्दर रूपमा प्रकाश पार्नुभयो।
त्यसैगरी, गुरुदेवको ‘मिशन सतनाम’ अन्तर्गत बौद्ध भिक्षुहरूलाई समर्थगुरु धाराद्वारा प्रदान गरिएको आनापानसति योग एवं विपश्यना ध्यानको प्रयोगात्मक साधना गराइएको थियो। साथै, भगवान् गौतम बुद्धको महिमा, ध्यान र जागरणको मार्गबारे पनि भावपूर्ण रूपमा चर्चा गरियो। आचार्य पुजारीजी ,आचार्य सूर्यजी ,आचार्य माँ माया जी तथा स्वामी अजय जी लगायत सम्पूर्ण बौद्ध भिक्षु तथा साधकहरू तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण प्रति समर्थगुरु चन्द्रागिरी ध्यान केन्द्र हार्दिक आभार व्यक्त गर्न चाहन्छु।🙏🙏♥️❤️
🙏 गुरुदेवलाई कोटि–कोटि प्रणाम।
❤️💐 गुरुचरणमा श्रद्धा।
🕉️ गुरुकृपा केवलम।
❤️ प्रेममय जीवन।

🌸🙏 हार्दिक निमन्त्रणा 🙏🌸यही आउँदो २०८३ साल असोज ७ गते, तदनुसार २३ सेप्टेम्बर २०२६ का दिनसमर्थगुरुदेवको पावन जन्मोत्सवप्र...
21/09/2026

🌸🙏 हार्दिक निमन्त्रणा 🙏🌸
यही आउँदो २०८३ साल असोज ७ गते, तदनुसार २३ सेप्टेम्बर २०२६ का दिन
समर्थगुरुदेवको पावन जन्मोत्सव
प्रेम, भक्ति, श्रद्धा र अहोभावका साथ मनाउन गइरहेका छौँ।
यस पावन अवसरमा सम्पूर्ण आचार्यवर्ग, साधक–साधिका तथा गुरु भक्तजनहरूलाई
गुरुदेवको श्रीचरणमा प्रेमपूर्ण श्रद्धा अर्पण गर्दै
जन्मोत्सवको दिव्य उत्सवमा सहभागी भई
गुरुकृपा र सत्संगको अमृतमा सराबोर हुन
हार्दिक निमन्त्रणा गर्दछौँ। 🙏🌸
📍 स्थान: समर्थगुरु चन्द्रागिरी ध्यान केन्द्र
⏰ समय: बिहान ७:०० बजेदेखि

सर्वे भवन्तु सुखिनः। सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु। मा कश्चिद् दुःखभाग्भवेत्॥भावार्थ:सबैजना खुशी रहून्। •...
18/09/2026

सर्वे भवन्तु सुखिनः। सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु। मा कश्चिद् दुःखभाग्भवेत्॥
भावार्थ:
सबैजना खुशी रहून्। • सबैजना रोगमुक्त रहून्। • सबैजना शुभ देखिऊन् (अर्थात्, सबैलाई राम्रो कुराहरू होस्)। • कोही पनि दुःखबाट पीडित नहोस्।
भावका साथमा समर्थगुरु चन्द्रागिरी साधना केन्द्र मा नियमित सनिवारको ७:३० देखि ९:३० सम्मको ध्यान तथा सत्सङ्ग को कार्यक्रममा हार्दिक निमन्त्रणा छ ।🙏🙏❤️

15/09/2026

अनेक विधा र आयामका प्रतीक, प्रेम, आनन्द र उत्सवका प्रतिमूर्ति श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा समर्थगुरु चन्द्रागिरी ध्यान केन्द्रमा आयोजित दिव्य कार्यक्रमका क्रममा गाइएका गीतहरूमध्ये एक सुन्दर प्रस्तुति। 🙏🙏♥️❤️🌹💐

14/09/2026

प्रेम, आपसी सम्मान र सहयोगले नै परिवारलाई जीवन्त बनाइराख्ने आधार हुन् र त्यही घर परिवार सदा आनन्द र उत्सवमा रहन्छ। ❤️🙏♥️🌹

07/09/2026

🕉️ हार्दिक आमन्त्रण 🙏🙏

भगवान बुद्धको अष्टाङ्गिक आर्य मार्ग, श्रीकृष्णको निष्काम कर्मयोग, गुरु गोरखनाथको हठयोग, ऋषि पतञ्जलिको अष्टाङ्ग योग, कपिल मुनिको सांख्ययोग तथा विभिन्न ध्यान विधिहरूको सारलाई आत्मसात् गर्दै ॐकार ज्ञान सँग परिचित भई आफ्नो जीवनलाई शान्त, आनन्दमय र सार्थक बनाउन चाहनुहुन्छ भने
आउनुहोस्, सिद्धार्थ ध्यान योग मार्फत आत्मपहिचान, आन्तरिक शान्ति, आध्यात्मिक जागरण र जीवन रूपान्तरणको यात्रामा सहभागी बनौं।

♥️ आत्मज्ञानको खोज
♥️ शरीर ,मन, प्राण र चेतनाको सन्तुलन
❤️ तनावमुक्त र आनन्दमय जीवन
❤️ आध्यात्मिक उन्नति र आत्मसाक्षात्कारको मार्ग
♥️आफूलाई चिनौं, चेतनालाई जागृत गरौं र जीवनलाई आनन्दमय बनाऔं।"
🌸सम्पूर्ण जिज्ञासु साधकहरूलाई हार्दिक स्वागत तथा आमन्त्रण!🙏
🏢समर्थगुरु चन्द्रागिरी ध्यान केन्द्र, काठमाडौं
📞 984-9152528 , 9813634050 , 9818359825

🕉️ हार्दिक आमन्त्रण 🙏💐♥️भगवान बुद्धको अष्टाङ्गिक आर्य मार्ग, श्रीकृष्णको निष्काम कर्मयोग, गुरु गोरखनाथको हठयोग, ऋषि पतञ्...
06/09/2026

🕉️ हार्दिक आमन्त्रण 🙏💐♥️

भगवान बुद्धको अष्टाङ्गिक आर्य मार्ग, श्रीकृष्णको निष्काम कर्मयोग, गुरु गोरखनाथको हठयोग, ऋषि पतञ्जलिको अष्टाङ्ग योग तथा विभिन्न ध्यान विधिहरूको सारलाई आत्मसात् गर्दै ॐकार ज्ञान सँग परिचित भई आफ्नो जीवनलाई शान्त, आनन्दमय र सार्थक बनाउन चाहनुहुन्छ?

आउनुहोस्, सिद्धार्थ ध्यान योग मार्फत आत्मपहिचान, आन्तरिक शान्ति, आध्यात्मिक जागरण र जीवन रूपान्तरणको यात्रामा सहभागी बनौं।

✨ आत्मज्ञानको खोज
✨ शरीर ,मन, प्राण र चेतनाको सन्तुलन
✨ तनावमुक्त र आनन्दमय जीवन
✨ आध्यात्मिक उन्नति र आत्मसाक्षात्कारको मार्ग

सम्पूर्ण जिज्ञासु साधकहरूलाई हार्दिक स्वागत तथा आमन्त्रण!

📍 समर्थगुरु चन्द्रागिरी ध्यान केन्द्र, काठमाडौं
सम्पर्क,: 9818359825 , 984-9152528, 984-1781741

🕉️ "आफूलाई चिनौं, चेतनालाई जागृत गरौं र जीवनलाई आनन्दमय बनाऔं।"🙏🙏

Address

Chandragiri, Satungal
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Samarthguru Chandragiri Dhyan Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share