Gorkhali Express

Call Directions Contact the practice

Gorkhali Express Gorkhali Express/ Youtube
Kathmandu-16, Bohoratar, Balaju Height
Contact no: 985103157, 9803021997

Running Remittance
Samsara Money Transfer
Western Union Money Transfer
MoneyGram
City Express Money Transfer
Himal Remit
Easylink Remittance
Sewa Remit
Worldlink Money Transfer
Zenith Remit
Nabil Remit
Best Remit
RIR (Ipay Reliable)
Prithivi (NIBL) Express
Century Remit
Panos Remit
Everest Remit
Siddhartha Remit
Xpress Money
Instant Cash
JME
Mega Remit
Ez Remit
Remit Master
Placid Express
Al Rajhi
Al Ahabia
Coinstar Money Transfer (CMT)
ICTC
Flash Remit
Kantipur Remit
Wallstreet Remit
Unistreem
Esewa Zone
Hello Paisa (Mobile Khata)
Prabhu Money Transfer (Under Process)
IME (Under Process) etc.
कुनै पनि रेमिट कम्पनिबाट नेपाल अधीराज्यभरी पैसा पठाउन वा देश तथा बिदेशबाट पठाएको रकम छिटो, छरितो प्राप्त गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्, यहाँ इसेवा, हेल्लो पैसा तथा एभरेष्ट बैंकको खाता पनि खोलिन्छ, साथ साथै कुनै पनि डिभेलपमेन्ट बैंकहरुमा रकम जम्मा गर्न सकिन्छ ।
मदन कुमार जोशी (सुजन)
ताकुकोट्-६, बाहाकोट, गोरखा
न्यू गोर्खाली (रेमिट) इन्टरप्राइजेज
सिद्धिचरण सडक-१५, बनस्थली, काठमान्डु
९८५१०३१५७०, ४३५६४०६, ४३५२४३०
खुल्ने समय बिहान ७ देखी बेलुकी ७ सम्म

25/10/2026

With Lion Maharjan DK – I just got recognized as one of their top fans! 🎉

स्व. किशोर राज वन्तप्रति श्रद्धाञ्जली अर्पण गरियोआज मिति २०८३ कार्तिक ८ गते आइतबारका दिन ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्ल...
25/10/2026

स्व. किशोर राज वन्तप्रति श्रद्धाञ्जली अर्पण गरियो

आज मिति २०८३ कार्तिक ८ गते आइतबारका दिन ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) का केन्द्रीय सदस्य स्व. किशोर राज वन्तको श्रद्धाञ्जली सभा भृकुटीमण्डपस्थित केन्द्रीय रक्तसञ्चार सेवाको सभाहलमा सम्पन्न भयो ।
गत २०८३ असोज २७ गते मङ्गलबारका दिन उपचारको क्रममा स्वर्गारोहण हुनुभएको आज १३ दिनको पुण्यतिथिमा आयोजित सो कार्यक्रममा दिवंगत किशोर राज वन्तको परिवार, ब्लोदानका संस्थापक, वरिष्ठ सल्लाहकार एवं सल्लाहकार समिति संयोजक सूर्यकुमारी श्रेष्ठ, सल्लाहकारहरू, नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाका वरिष्ठ ल्याब टेक्निसियन संजिव यादव, ब्लोदान केन्द्रीय कार्यसमिति, ब्लोदान काठमाडौं जिल्ला शाखा, ब्लोदान ललितपुर जिल्ला शाखा, ब्लोदान काठमाडौं मध्यक्षेत्र, टोखा नगर समितिका पदाधिकारी एवं सदस्यज्यूहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै २ मिनेट मौनधारण गर्नुका साथै उपस्थित महानुभावहरूले स्व. किशोर राज वन्तको तस्वीरमा पुष्प चढाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
सभामा महासचिव मचाकाजी महर्जनले कार्यक्रम संचालन गर्दै किशोर राज वन्तको संक्षिप्त जीवनी प्रस्तुत गर्नुभएको थियो ।
सो सभामा ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठ, केन्द्रीय रक्तसञ्चार सेवाका वरिष्ठ ल्याब टेक्निसियन संजिव यादव, ब्लोदानका संस्थापक, वरिष्ठ सल्लाहकार सूर्यकुमारी श्रेष्ठ, ब्लोदानका निवर्तमान अध्यक्ष ई. सानु बाबु प्रजापति, ब्लोदान काठमाडौं जिल्ला शाखाका अध्यक्ष तिलक बहादुर अधिकारीले श्रद्धाञ्जली मन्तव्य राख्दै किशोर राज वन्तको गुणास्मरण गर्दै श्रद्धाञ्जली अर्पण एवं शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।
कार्यक्रमको अन्तमा स्व. किशोर राज वन्तको परिवारको तर्फबाट जेष्ठ सुपुत्र उद्दार वन्तले आफ्नो बुवालाई सम्झने कार्यक्रम गरिदिनु भएकोमा धन्यवाद दिंदै बुवाले विगत लामो समय देखि गर्दै आउनुभएको रक्तदान कार्यक्रमलाई निरन्तरता दिनुहुन अनुरोध गर्नुभयो ।
#श्रद्धाञ्जलीसभा #ब्लोदान #रक्तदानजीवनदान #सामाजिकसेवा

विश्व दृष्टि दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्नकाठमाडौँ, असोज २२ । विश्व दृष्टि दिवसको अवसरमा Fight for L...
08/10/2026

विश्व दृष्टि दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
काठमाडौँ, असोज २२ । विश्व दृष्टि दिवसको अवसरमा Fight for Life Nepal को आयोजनामा काठमाडौँको किसिपिढी, गुर्जुधारा स्थित एहीपासिको बुद्धिस्ट परिसर (Ehipassiko Buddhist Parivena) मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।
“Love Your Eyes” भन्ने मूल भावनाका साथ आयोजित शिविरमा विहारका भिक्षुहरूको आँखा परीक्षण तथा दृष्टिसम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो। आँखाको स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्दै समयमै आँखा परीक्षण गराउने र दृष्टि संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा Fight for Life Nepal लाई प्राविधिक सहयोग Matrika Eye Center, पुरानो बानेश्वर ले प्रदान गरेको थियो।
त्यस्तै, Lions Club of Kathmandu Temple Valley, Lions Club of Kathmandu Seshmati, Lions Club of Kathmandu Gaurishankar, Lions Club of Kathmandu Kind Heart तथा Lions Club of Kathmandu Miss Newa ले कार्यक्रमलाई सहयोग गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि MD GMT Coordinator Lion Manishree Ratna Bajracharya तथा विशेष अतिथि 2nd Vice District Governor Lion Mana Krishna Shrestha रहनुभएको थियो।
विश्व दृष्टि दिवसको अवसरमा आयोजित यस प्रकारका स्वास्थ्य तथा सामाजिक सेवामूलक कार्यक्रमले दृष्टि संरक्षण, अन्धोपन न्यूनीकरण तथा स्वस्थ र समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।
Fight for Life Nepal ले आगामी दिनमा पनि आवश्यकता भएका समुदायसम्म पुगेर आँखा स्वास्थ्य, निःशुल्क आँखा परीक्षण तथा दृष्टि संरक्षणसम्बन्धी सेवा र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
“Together We Serve for a Brighter Tomorrow.” 🦁👁️

🩸 खुल्ला रक्तदान कार्यक्रमस्याङ्जा–नवलपरासी सम्पर्क समाज तथा विकास प्रतिष्ठानको आयोजनामा विजयादशमी, दीपावली, छठपर्व एवं ...
05/10/2026

🩸 खुल्ला रक्तदान कार्यक्रम
स्याङ्जा–नवलपरासी सम्पर्क समाज तथा विकास प्रतिष्ठानको आयोजनामा विजयादशमी, दीपावली, छठपर्व एवं नेपाल संवत्को अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना हुँदैछ।
📅 मिति: २०८३ असोज २५ गते
⏰ समय: बिहान ८:०० बजे
📍 स्थान: गैँडाकोट वडा नं. २ कार्यालय परिसर, मुकुन्दचोक
प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी
सहयोगी संस्था: नेपाल रक्तदाता संगठन, नवलपरासी (ब.सु.पूर्व)
❤️ रक्तदान गरौँ, जीवन बचाऔँ। 🩸

🩸 रक्तदान कार्यक्रम सम्पन्न 🩸समाजसेवी श्री इन्द्र कृष्ण डंगोलज्यूको शुभ विमर्शारोहणको अवसरमा श्री इन्द्र कृष्ण डंगोल परि...
04/10/2026

🩸 रक्तदान कार्यक्रम सम्पन्न 🩸

समाजसेवी श्री इन्द्र कृष्ण डंगोलज्यूको शुभ विमर्शारोहणको अवसरमा श्री इन्द्र कृष्ण डंगोल परिवारको आयोजनामा तथा ब्लड डोनर्स एसोसिएशन नेपाल (ब्लोदान) को सहकार्यमा बसन्तपुर डबली, काठमाडौंमा शनिवार खुल्ला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा उत्साहजनक सहभागिता जनाउँदै रक्तदान गर्नुहुने सम्पूर्ण रक्तदाताप्रति हार्दिक धन्यवाद तथा आयोजक परिवार र ब्लोदानप्रति विशेष आभार। 🙏❤️

🩸 रक्तदान गरौँ, जीवन बचाऔँ।
❤️ रक्तदान नै मानव सेवाको उत्कृष्ट उदाहरण हो।

🩸 रक्तदान कार्यक्रम सम्पन्ननेपाल ब्लड डोनर्स अर्गनाइजेसन (WBDO) का कानुनी सल्लाहकार आदरणीय अधिवक्ता श्री पूर्णचन्द्र चाप...
04/10/2026

🩸 रक्तदान कार्यक्रम सम्पन्न
नेपाल ब्लड डोनर्स अर्गनाइजेसन (WBDO) का कानुनी सल्लाहकार आदरणीय अधिवक्ता श्री पूर्णचन्द्र चापागाईं ज्यूप्रति हार्दिक नमन तथा उच्च सम्मान। 🙏
नयाँ सृष्टि महिला समाज, भरतपुर–११ को आयोजना तथा WBDO Chitwan को सहआयोजनामा पोखरीचोकमा आयोजित रक्तदान कार्यक्रममा २२ जना रक्तदाताले रक्तदान गर्नुभएको छ। 🩸❤️
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने अध्यक्ष श्रीमती चन्द्रकुमारी खड्का लगायत सम्पूर्ण पदाधिकारी, स्वयंसेवक तथा सहयोगी सबैमा हार्दिक धन्यवाद। 🙏
रक्तदान जीवनदान। 🩸❤️

🩸❤️रक्तदान गरौँ, जीवन बचाऔँ।🩸मानवताका लागि आयोजना हुन लागेको रक्तदान कार्यक्रममा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हा...
04/10/2026

🩸❤️रक्तदान गरौँ, जीवन बचाऔँ।🩸
मानवताका लागि आयोजना हुन लागेको रक्तदान कार्यक्रममा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक सहभागिताको अनुरोध। 🙏
📅 मिति: २०८३/०६/१८ गते, आइतबार
⏰ समय: बिहान ८ बजेदेखि
📍 स्थान: भरतपुर–११, पोखरी चोक, चितवन
आयोजक: नयाँ सृष्टि महिला समाज, भरतपुर–११
सहआयोजक: Nepal Blood Donors Organization Chitwan
प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुर चितवन

प्रथम बृहत् रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न ❤️🩸आज २०८३ भदौ २७ गते, वसन्तपुर डबली, वसन्तपुरमा नेपाल उद्योग वाणिज्य...
12/09/2026

प्रथम बृहत् रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न ❤️🩸
आज २०८३ भदौ २७ गते, वसन्तपुर डबली, वसन्तपुरमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (NCICK) को स्थापना दिवसको गरिमामय अवसरमा आयोजित प्रथम बृहत् रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
संघका संस्थापक अध्यक्ष श्री दिनेश श्रेष्ठज्यू तथा संघका सम्पूर्ण संस्थापक परिवारप्रति सम्मान स्वरूप समर्पित यस विशेष रक्तदान कार्यक्रमले मानव सेवाको भावनालाई अझ सशक्त बनाएको छ। उहाँहरूको दूरदर्शी नेतृत्व, अथक परिश्रम र समर्पणकै परिणामस्वरूप आज निजी क्षेत्रको समग्र विकास र हितका लागि समर्पित प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (NCICK) हामीमाझ स्थापित भएको छ।
स्वास्थ्य, सामाजिक तथा विपद् व्यवस्थापन समितिको उत्कृष्ट समन्वयमा सम्पन्न यस पुण्य कार्यमा ७५ पिन्ट अमूल्य रक्त संकलन भएको छ। 🩸
मानव सेवाको यस महान् अभियानमा आफ्नो अमूल्य रक्तदान गर्नुहुने ७५ जना रक्तदाता महानुभावहरूमा संघ परिवारको तर्फबाट हार्दिक बधाई तथा गहिरो कृतज्ञता व्यक्त गर्दछु। 🙏❤️
रक्तदान गर्ने प्रबल इच्छा हुँदाहुँदै पनि स्वास्थ्य अवस्थाका कारण रक्तदान गर्न नसक्नुभएका सम्पूर्ण सहभागीहरूको सामाजिक सेवाप्रतिको भावना र योगदानलाई पनि संघले उच्च सम्मान गर्दछ।
कार्यक्रमका क्रममा रक्तदान क्षेत्रमा लामो समयदेखि निस्वार्थ सेवा पुर्‍याउँदै आउनुभएका आदरणीय समाजसेवीहरू श्री नीता घिराइया, श्री वीरेन्द्र कुमार जोशी तथा श्री तुल्सा देवी श्रेष्ठज्यूलाई हाम्रो निमन्त्रणा स्वीकार गरी सम्मान ग्रहण गरिदिनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। 🌹
यस कार्यक्रमलाई कुशलतापूर्वक संयोजन तथा व्यवस्थापन गर्नुहुने स्वास्थ्य, सामाजिक एवम् विपद् व्यवस्थापन समितिका सभापति तथा कार्यसमिति सदस्य श्री केशव मैनालीज्यू एवं समितिका सम्पूर्ण सदस्यज्यूहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु।
साथै, संघका सम्पूर्ण पदाधिकारीज्यूहरू, कार्यसमिति सदस्यज्यूहरू, साधारण सदस्यज्यूहरू, उद्योगी–व्यवसायीज्यूहरू, विभिन्न विषयगत समितिका सभापति तथा सदस्यज्यूहरू, विभिन्न क्षेत्रगत तथा वस्तुगत संघ–संस्थाहरू तथा अहोरात्र खटिनुहुने सचिवालयका कर्मचारीहरू संजीव लामा तथा प्रतिभा बहिनीप्रति हार्दिक आभार व्यक्त गर्दछु। 🙏
यस सामाजिक अभियानमा हातेमालो गर्नुहुने नेपाल रेडक्रस सोसाइटी, नेपाल वितरक संघ, ब्लड डोनर्स एसोसिएसन नेपाल (ललितपुर जिल्ला शाखा) तथा ऐतिहासिक स्थान उपलब्ध गराई सहयोग गर्नुहुने वसन्तपुर व्यवस्थापन समितिप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
अन्त्यमा, यस कार्यक्रमलाई आर्थिक, भौतिक, नैतिक तथा स्वयंसेवी रूपमा सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तक, सहयोगी तथा रक्तदाता महानुभावहरूमा पुनः हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
आगामी दिनहरूमा पनि यहाँहरूको यस्तै निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा राख्दछु।
🩸 रक्तदान जीवनदान । रक्तदान महादान ।
❤️ एक थोपा रगत, कसैको जीवनको आशा बन्न सक्छ।
🙏 मानव सेवामा हातेमालो गरौँ।
#रक्तदानजीवनदान #रक्तदानमहादान

🩺❤️ निःशुल्क स्वास्थ्य शिविर ❤️🩺👁️ Eye Cataract Screening🩸 Blood Donation🎗️ Pap Smear Testआफ्नो स्वास्थ्यप्रति सचेत बनौँ...
05/09/2026

🩺❤️ निःशुल्क स्वास्थ्य शिविर ❤️🩺
👁️ Eye Cataract Screening
🩸 Blood Donation
🎗️ Pap Smear Test
आफ्नो स्वास्थ्यप्रति सचेत बनौँ, समयमै स्वास्थ्य परीक्षण गरौँ र यो निःशुल्क सेवाको अधिकतम लाभ उठाऔँ। 🙏🌸
📢 आफू पनि सहभागी बनौँ, अरूलाई पनि जानकारी गराऔँ।
स्वस्थ जीवन नै सुखी जीवन हो। ❤️🙏

स्व. मेनुका महर्जनको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्नस्व. मेनुका महर्जनको स्मृतिमा आयोजित रक्तदान कार्यक्रममा २५ युनिट...
28/08/2026

स्व. मेनुका महर्जनको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न
स्व. मेनुका महर्जनको स्मृतिमा आयोजित रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी गणबहाल उपशाखासँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए।
स्व. मेनुका महर्जनको स्मृतिलाई सामाजिक सेवामार्फत जीवन्त राख्दै आयोजित यस कार्यक्रमले रक्तदान जीवनदान हो भन्ने मानवीय सन्देश दिएको छ।
❤️ रक्तदान गरौँ, जीवन बचाऔँ।
🙏 सम्पूर्ण रक्तदाता तथा आयोजकप्रति हार्दिक धन्यवाद। �

Address

Siddhicharan Sadak-15, Banasthali
Kathmandu
00977

Telephone

+9779851031570

Website

Alerts

Be the first to know and let us send you an email when Gorkhali Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Gorkhali Express:

Shortcuts

Share

Category