Kaavya Opticals

Kaavya Opticals Kaavya Opticals

30/07/2026

⭐⭐⭐⭐⭐

I have been receiving eye care services from Optician Kumar Mainali since 2004, and my experience has always been excellent. The staff are friendly, professional, and genuinely care about their patients. Proper counseling is provided before selecting lenses, ensuring the best solution for individual needs. Quality lenses, affordable prices, and excellent after-sales service make this place highly recommended for eye examinations, eyeglasses, contact lenses, and sunglasses.

19/06/2026

"आफ्नो आँखाको सही जाँच र ओरिजिनल लेन्सको पहिचान गरेर मात्र चश्मा प्रयोग गरौँ, स्वस्थ र सजग बनौँ।"

काठमाडौं । अहिले धेरैमा आँखा सुक्खा हुने समस्या देखिन्छ । त्यसमा पनि युवा उमेर समूहका व्यक्ति सबैभन्दा बढी यसबाट पीडित ह...
24/05/2026

काठमाडौं । अहिले धेरैमा आँखा सुक्खा हुने समस्या देखिन्छ । त्यसमा पनि युवा उमेर समूहका व्यक्ति सबैभन्दा बढी यसबाट पीडित हुने गरेका छन् ।

पहिले पहिले आँखा सुख्खा हुने समस्यालाई उमेरसँगै हुने समस्या मानिन्थ्यो, तर अहिलेको वातावरण र अत्यधिक स्क्रिनको प्रयोगले युवाहरुमा पनि यस्तो समस्या देखिएको नेत विशेषज्ञ डा. कमलबहादुर खड्का बताउँछन् ।

आँखामाथिको ग्रन्थिले आँसु बनाउँछ, जसले आँखालाई सुख्खा हुन दिंदैन । बढ्दो प्रदूषण, मोबाइल, कम्प्युटरमा धेरै समय बिताउने अहिलेको परिपाटीले आँखाको नानीलाई ढाक्ने आँसुका तहहरु फाट्छन् । जसले कर्नियाको सतह चिप्लो हुन नसकेर, आँसुको ग्रन्थिमा आँसु कम उत्पादन हुँदा सुक्खा हुने डा. खड्का बताउँछन् ।

‘आँसु उत्पादन धेरै अवस्थामा प्रभावित हुन सक्छ । बढ्दो उमेर, यसबाहेक कन्ट्याक्ट लेन्सको प्रयोग, न्युरोलोजिकल समस्या वा लेजर आँखाको शल्यक्रियापछि यो समस्या बढ्न सक्छ । स्मार्टफोन र कम्प्युटरको अत्यधिक प्रयोगका कारण पनि यो समस्या बढेको छ,’ उनले भने ।

आँसुले हाम्रो आँखाको सतहलाई संक्रमणबाट पनि बचाउँछ । पर्याप्त आँसुको कमीले आँखाको संक्रमणको जोखिम बढाउने उनी बताउँछन् ।

‘लामो समयसम्म स्क्रिन प्रयोग गर्न हुँदैन’

डा. खड्का अनुसार लगातार एकोहोरो केन्द्रित भएर स्क्रिन हर्दा आँखा कम झिम्किन्छ, जसले आँसु उड्ने गर्छ । त्यसैले सकेसम्म २० मिनेट कम्प्युटर हेर्दा २० सेकेण्ड २० फिट टाढा हेर्नुपर्ने उनी सुझाउँछन् ।

ब्लु कट चश्मा प्रयोग

ब्लुकट चश्माले स्क्रिनबाट आउने विकिरणलाई शतप्रतिशत रोक्न नसकेपनि केही हदसम्म भने रोक्ने डा. खड्का बताउँछन् । धुलो, धुँवा, घामको किरणबाट बच्न ब्लु कटदेखि पावर भएका वा पावर नभएका विभिन्न किसिमको चश्माले बचाउने हुँदा उनी सकेसम्म लगाउन नै सुझाउँछन् ।

आँखा सुक्खा हुँदा देखिने समस्या र उपचार

आँखा सुक्खा हुँदै जाँदा आँखा पोल्ने, पिरो भएर पोल्ने, टट्याउने, रातो हुने, दुख्ने, चिम्लिएर मात्र बस्न मन लाग्ने, छिटो-छिटो आँखा झिम्किने जसमा समस्या देखिन्छ । डा. खड्काका अनुसार यस्ता लक्षण देखिएमा आँखा र आँसुको मात्राको परीक्षण गर्नुपर्छ । २५ देखि ३५ मिलिमिटरसम्म हुनुपर्छ । २५ भन्दामुनि हुने बित्तिकै सुक्खा हुँदैछ भन्ने बुझिन्छ र त्यो घटेको मात्रा अनुसारको उपचार हुन्छ । ‘सामान्य मात्रामा मात्र घटेको छ भने केही आँखा ड्रप र औषधिले यसको लक्षण कम हुन्छन्,’ डा. खड्का भन्छन्, ‘समयमा उपचार भएन भने आँखाको नानीमा घाउ हुँदै कर्निया अल्सर समेत हुन सक्छ ।’ कतिपय अवस्थामो सामान्य शल्यक्रिया आवश्यक हुन सक्छ ।

आँखा सुक्खा हुँदै जाँदा हेरचाहमा ध्यान दिएन वा उपचार नै नहुँदा झनै जटिलता हुनुको साथै आँखासमेत नदेख्ने अवस्था आउने उनी बताउँछन् ।

ध्यान दिनुपर्ने कुरा

आँखा सुक्खा भएका व्यक्तिले लामो समयसम्म स्क्रिनमा नहेर्ने, लगातार स्क्रिन हेर्नुपर्ने काम भएका व्यक्तिले आधा घण्टापछि पाँच मिनेटजति ब्रेक लिएर केहीबेर टाढा हेर्ने, आँखा चिम्लिने, चिकित्सकको सल्लाहमा कृत्रिम टियर्सको प्रयोग गर्ने र आँखासम्बन्धी व्यायाम गर्नुपर्ने डा. खड्काको सुझाव छ ।

आँखालाई स्वस्थ राख्न के गर्ने ?

आँखालाई स्वस्थ राख्न सबैभन्दा बढी पौष्टिक आहार खाने, सरसफाइमा ध्यान दिने र पर्याप्त सुत्ने, बाहिर हिंड्दा चश्मा लगाउने र हेल्मेट प्रयोग गर्नेले भाइजर प्रयोग गर्दा धेरै हदसम्म आँखाको समस्याबाट बच्न सकिने उनको सुझाव छ ।

– पर्याप्त मात्रामा पानी पिउँदा आँसु उत्पादनमा सहज हुन्छ ।

– एकोहोरो कुनै पनि चीज नहेर्ने र आँखा पटकपटक झिम्काउने बानी गर्नुपर्छ ।

– आँखामा पानी पटक-पटक नहाल्ने, पानी छ्यापेर सुख्खा हुने समस्या कम हुँदैन । यसले झनै जीवाणुको संक्रमण गराउन सक्छ ।

– हेयर ड्रायर, कार हिटर, एयर कन्डिसनर वा फ्यानको अत्यधिक प्रयोग गर्नु हुँदैन ।

– बालबालिकाको आँखामा समस्या भएको उनीहरुलाई ख्याल नहुने हुँदा स्कुल भर्ना गर्नुअघि अनिवार्य दृष्टि परीक्षण गराउनुपर्छ ।

– आँखा डेरो आँखा छ भने उपचार गराइहाल्नुपर्छ ।

– ४० वर्ष पुगेपछि वर्षमा एकपटक परीक्षण गराउँदा आँखाको समस्याबाट बच्न सकिन्छ ।

– मधुमेह र उच्चरक्तचाप भएकाको सामान्य व्यक्तिको भन्दा कमजोर हुने भएकाले ६-६ महिनामा परीक्षण गराउनुपर्छ ।cp from .

14/04/2026

नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना 🎉
देश तथा विदेशमा रहनु भएका सम्पूर्ण आमा-बुवा, दाजु-भाइ, दिदी-बहिनी तथा हाम्रा प्रिय ग्राहकवर्गहरूमा नयाँ वर्ष 2083 ले सुख, शान्ति, समृद्धि, हर्ष र उमंग ल्याओस् भन्ने कामना गर्दछौं।

भगवान श्री पशुपतिनाथको सदा कृपा तपाईंहरूमा रहिरहोस् 🙏

स्पष्ट दृष्टि, स्वस्थ आँखा र उज्यालो भविष्यको लागि
Kaavya Opticals & Eye Care सधैं तपाईंको सेवामा 👓✨

📍 कुलेश्वर-१४, काठमाडौं (युनिभर्सिटी पथ, गणेश मन्दिर नजिक)
📞 9851094871 | 9813464818

✔ Free Eye Checkup
✔ Power Lens
✔ Contact Lens
✔ Essilor, Zeiss लगायतका ब्रान्डेड लेन्स उपलब्ध

✨ जीवनका रंगहरू रंगीन बनाऊँ – स्पष्ट दृष्टिसँग! ✨🌈प्रिय ग्राहकवर्ग र सबैका लागि, यस होलीमा तपाईंको संसार पनि हाम्रो रंग ...
02/03/2026

✨ जीवनका रंगहरू रंगीन बनाऊँ – स्पष्ट दृष्टिसँग! ✨🌈
प्रिय ग्राहकवर्ग र सबैका लागि, यस होलीमा तपाईंको संसार पनि हाम्रो रंग जस्तै उज्यालो र रमाइलो होस्! KAAVYA अप्टिकल्स एन्ड आइ केयर मा आउनुहोस् र यस पर्वको अवसरमा नि:शुल्क आँखाको जाँच गर्नुहोस्। 👓💛
📍 kuleshwor काठमाडौं | 📞 9851094871

15/02/2026

पावन महाशिवरात्रिको अवसरमा KAAVYA OPTICALS का सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
भगवान शिवको कृपाले यहाँहरूमा सुस्वास्थ्य, दीर्घायु तथा जीवनमा निरन्तर सुख, शान्ति र समृद्धि प्राप्त होस्।
हामीप्रति यहाँहरूले देखाउनुभएको विश्वास र साथप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै माया र सहयोगको अपेक्षा गर्दछौं।
हर हर महादेव!

अंग्रेजी नयाँ वर्ष २०२६ को शुभ अवसरमास्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण अनन्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू रहाम्रा...
01/01/2026

अंग्रेजी नयाँ वर्ष २०२६ को शुभ अवसरमा
स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण अनन्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र
हाम्रा प्रिय ग्राहक महानुभावहरू प्रति सुख, शान्ति र समृद्धिको हार्दिक कामना व्यक्त गर्दछु।

नयाँ वर्ष २०२६ ले
देशमा शान्ति र सद्भाव,
मनमा आशा, जीवनमा उज्यालो,
र कर्ममा सफलता
ल्याओस् भन्ने कामना गर्दछु।

सबैमा हार्दिक शुभकामना।

कुमार मैनाली
CEO
Kaavya Opticals and Eye Care Family

28/12/2025

साथीहरू, नमस्कार।

म सबै अप्टिकल व्यवसाय सञ्चालन गर्दै आउनु भएका व्यवसायी साथीहरूलाई एउटा सानो अनुरोध गर्न चाहन्छु।
Dr. Amit KC को यो भिडियो हामीजस्ता अप्टिकल व्यवसायीहरूका लागि अत्यन्तै महत्वपूर्ण र जानकारीमूलक छ भन्ने मलाई लाग्छ।

आजकल Online बाट चस्मा किन्ने प्रवृत्ति बढ्दै गएको सन्दर्भमा, त्यसले हुन सक्ने समस्याहरूको बारेमा ग्राहकहरूलाई सचेत गराउन हामी सबैले महत्वपूर्ण भूमिका खेल्न सक्छौँ।
त्यसका लागि यो भिडियो धेरै उपयोगी छ।

त्यसैले, म सबै व्यवसायी मित्रहरूलाई आ–आफ्नो Facebook Profile मा यो भिडियो share गरी सबैसम्म सन्देश पुर्‍याउन हार्दिक अनुरोध गर्दछु।

धन्यवाद।

कुमार मैनाली
Owner
Kaavya Opticals and Eye Care

बडादशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्वकोहार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं 🙏“Your Vision, Our Mission” 👓हाम्रा ग्रा...
22/09/2025

बडादशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्वको
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं 🙏

“Your Vision, Our Mission” 👓

हाम्रा ग्राहक वर्ग तथा स्वदेश–विदेशमा रहनु भएका
आमा–बुबा, दाजु–भाइ तथा दिदी–बहिनी सबैमा
शान्ति, समृद्धि र खुशीयालीको कामना 🌺

— Kaavya Opticals Family
कुमार प्रसाद मैनाली
Proprietor

Eye Screening Program – Kid Land School, Ekantakuna KTMप्राविधिक सहयोग Kaavya Opticals.Kid Land परिवारलाई — विशेषगरी Pri...
29/08/2025

Eye Screening Program – Kid Land School, Ekantakuna KTM

प्राविधिक सहयोग Kaavya Opticals.
Kid Land परिवारलाई — विशेषगरी Principal Mam, Vice Principal Sir, Coordinator Sir — हार्दिक आभार।

सक्रिय योगदान दिनु हुने:
• Optometrist Anjali Chaudhary
• Optometrist Monica Mandal
• Ophthalmic Assistant Bhuwan Giri दाइ @ Nepal Eye Hospital

प्रति मनैदेखि धन्यवाद।

त्यसैगरी, यस्तो अवसरमा जोडिदिनु हुने Nayaran Bhattarai Sir लाई पनि विशेष आभार।

Address

Kuleshwor 14 Ktm Near Ganeshthan Mandir On The Way To Balkhu
Kathmandu
0977..9851094871

Website

Alerts

Be the first to know and let us send you an email when Kaavya Opticals posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category