06/08/2026
आदरणीय सेवाग्राही तथा शुभचिन्तकहरूमा सादर जानकारी।
मुम्बई भ्रमणका कारण आदित्य वैदिक ज्योतिष को कार्यालय श्रावण २२ देखि २५ गतेसम्म बन्द रहनेछ। यस अवधिमा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण भौतिक सेवाहरू स्थगित रहनेछन्।
नियमित भौतिक सेवाहरू भाद्र २६ गतेदेखि पुनः सञ्चालन गरिनेछन्।
२४सै घण्टा अत्यावश्यक अनलाइन सेवा उपलब्ध रहनेछ। साथै, पूर्वनिर्धारित अनलाइन सेवाग्राहीहरूलाई सहमत समयअनुसार सम्पर्क गरी सेवा प्रदान गरिनेछ। अन्य सेवाहरू भने भाद्र २६ गतेदेखि क्रमबद्ध रूपमा सुचारु गरिनेछन्।
🙏 यस अवधिमा पर्न गएको असुविधाप्रति हामी हार्दिक क्षमाप्रार्थी छौँ। यहाँहरूको निरन्तर विश्वास, साथ र सहयोगप्रति हामी सदैव कृतज्ञ रहनेछौँ।
– आदित्य वैदिक ज्योतिष