29/07/2026
🧠 Anxiety (अत्यधिक चिन्ता) लाई सामान्य तनाव भनेर बेवास्ता नगर्नुहोस्।
के तपाईंलाई सधैं डर, चिन्ता, मुटु छिटो धड्किने, निद्रा नलाग्ने, सास फेर्न गाह्रो हुने वा ध्यान केन्द्रित गर्न समस्या भइरहेको छ?
यी लक्षणहरू Anxiety का संकेत हुन सक्छन्। समयमै पहिचान र उचित उपचारले Anxiety पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ।
💙 मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। यदि यी लक्षणहरू लामो समयसम्म रहन्छन् वा दैनिक जीवनमा असर पारिरहेका छन् भने, मनोचिकित्सकसँग परामर्श लिनुहोस्।
यस राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा डिप्रेसन (Depression), एन्जाइटी (Anxiety) लगायत विभिन्न मानसिक रोगहरूको आयुर्वेदिक उपचार तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि मनोरोग विशेषज्ञ सेवा, आयुर्वेद औषधि उपचार, पञ्चकर्म थेरापी, योग, प्राणायाम तथा मनोपरामर्श सेवा उपलब्ध छ।
📍 राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र
कीर्तिपुर, काठमाडौं
मानसिक स्वास्थ्य एकाइ
☎️ फोन: ०१–४३३४९९६
🌐 www.nartc.gov.np