Sulav Health

Sulav Health Home health care agency serving the best home based health care service to needy people. SERVICES: N

vacancy for nurse .. location: imadolmale pts: 85yrs pts. interested pls inbox.whatsapp 984-9104716
13/03/2026

vacancy for nurse ..
location: imadol
male pts: 85yrs pts.
interested pls inbox.
whatsapp 984-9104716

Join Home care nurses Nepal on Viber
04/09/2025

Join Home care nurses Nepal on Viber

for home care nurses vacancy & job

Happy International Nurses Day!
12/05/2025

Happy International Nurses Day!

25/08/2020

यो हो हरेक स्वास्थ्यकर्मीको अपिल,
स्वास्थ्यकर्मी माथी हिंसा बन्द गर्नुस्|
स्वास्थ्यकर्मी माथी दुर्व्यहार बन्द गर्नुस्|

हामी बाँच्न र बचाउन चाहन्छौँ।
हामी यो माहामारी जित्न र जिताउन चाहन्छौँ।
Motivate Health Workers.
I am a health worker.
I work in Hospital.


-Dr.Toshima

हाल देश भरी कोरोन संक्रमितहरु बढिरहेको छ । संक्रमितको पहिचान भैसके पछि संक्रमित बसेको घर को फोटो खिचि सामाजिक संजालमा भा...
23/08/2020

हाल देश भरी कोरोन संक्रमितहरु बढिरहेको छ । संक्रमितको पहिचान भैसके पछि संक्रमित बसेको घर को फोटो खिचि सामाजिक संजालमा भाइरल गर्ने तथा घरबेटीको तस्बिर भाइरल गर्ने जस्ता अनैतिक कामहरु भैरहेको पनि पाएका छौं ।

यो रोग भोलि तपाई हामी जसलाई पनि लाग्न सक्ने रोग हो । येदि तपाईलाइ पनि रोग ले छुँदा कसैले येस्तै अनैतिक काम गरि दीयो भने तपाइलाई कस्तो हुन्छ होला ? तेसैले कृपया एस्तो कामहरु नगरिदिनु हुन हामी “Sulav Health-Call nurse at home” परिवार सबैमा बिनम्र अनुरोध गर्द छौं ।

कोरोना संक्रमितलाइ सामाजिक बहिष्कार हैन हौसला प्रदान गरौँ ।

Any health workers here? Salute to you!! ❤️🙏       "पिरियड भएको समय अन्य समयमा भन्दा निकै गाह्रो हुन्छ। १२/१३ घन्टा पिपि...
23/08/2020

Any health workers here? Salute to you!! ❤️🙏


"पिरियड भएको समय अन्य समयमा भन्दा निकै गाह्रो हुन्छ। १२/१३ घन्टा पिपिई लगाएर रातभरि उभिएर ड्युटी गर्दाको पीडा शब्दमा बयान गर्न सकिँदैन। सम्झँदा पनि गला भरिएर आउँछ। त्यहीं काम गर्नेबाहेक अरुले महसुस पनि गर्न सक्दैनन्।

पिपिई लगाइसकेपछि खोलिरहन मिल्दैन। प्याड फेर्न मिल्दैन। काम सकेर पिपिई खोल्दा ब्लड बाहिरैसम्म लागिसकेको हुन्छ।

पिसाबले च्यापेर पेट फुट्ला जस्तो हुन्छ। यस्तो अवस्थामा पनि बिरामी छाडेर पिपिई फुकालेर बाथरुम जान सकिँदैन।

सुरुमा त धेरै गम्भीर खालका बिरामी थिएनन्। अहिले १६/१७ जना गम्भीर बिरामी आइसियु र भेन्टिलेटरमा हुन्छन्। भारी पिपिई, मास्क, फेस सिल्ड त्यसमाथि बुट लगाएर यताउता गर्न निकै कठिन हुन्छ।

पिपिईभित्र पसिनाले शरीर निथु्रक्क भिजेको हुन्छ। पसिना निधारदेखि नै तरतर चुहिरहेको हुन्छ। श्वास फेर्दा निस्केको बाफले फेस सिल्ड ढाकिन्छ। एकछिन त बादलले ढाकेको जस्तो केही देखिँदैन। त्यसैमाथि बिरामीको रगत झिक्ने, क्यानुला लगाउने क्रममा निकै गाह्रो हुन्छ।
:- Asmi Neupane Chhetri, Nurse

घर बाट निकाला 😢टोलबाट निकाला,अस्पतलाबाट पनि निकाला !😢अनि तिमी बिरामी पर्दा काहाँ आउँछौ??😡😡हो बिरामी हामी पनि पर्न सक्छौँ...
22/08/2020

घर बाट निकाला 😢
टोलबाट निकाला,
अस्पतलाबाट पनि निकाला !😢
अनि तिमी बिरामी पर्दा काहाँ आउँछौ??😡😡

हो बिरामी हामी पनि पर्न सक्छौँ,
सङ्क्रमित हामी पनि हुन सक्छौँ
तर मृत्युलाई हत्केलामा राखी तिम्रो उपचार गर्दैछौँ......
तर पनि हामी माथी यो व्यवहार ?? 😭😭😭😭


-Dr.Toshima

यदि तपाईं health worker हुनुहुन्छ भने शिर झुकेर ढोग गरें! ❤️Mention / tag your nurse, doctor, health worker friends. 🙏🙏
22/08/2020

यदि तपाईं health worker हुनुहुन्छ भने शिर झुकेर ढोग गरें! ❤️
Mention / tag your nurse, doctor, health worker friends. 🙏🙏

नमस्ते रिया जी,Journalist भए पछि हरेक कुराको जानकारी राख्नु पर्छ, एसै बेहोसी भएर बोल्नु हुदैन ।क्यामेरा र माइक बोकी कोरो...
21/08/2020

नमस्ते रिया जी,
Journalist भए पछि हरेक कुराको जानकारी राख्नु पर्छ, एसै बेहोसी भएर बोल्नु हुदैन ।
क्यामेरा र माइक बोकी कोरोना बाट पैसा कमाउने हात ले औषधि र अक्सिजन बोकी कोरोना सँग लडेर ज्यान बचाउने हाथको कथा कसरी बुझोस्।
मन नपरे अर्को टेक लिने, थकाई लाग्दा क्यामेरा अफ गरेर विश्राम लिने जस्तो सजिलो छैन श्वासप्रश्वास र मुटुको चाललाई एकछिन् बन्द राखेर विश्राम लिन। गल्ती बोलेको भए माफी पाऊँ!
- सामना भट्टराई, स्टाफ़ नर्स

Happy Teej 2077! यो पावन चाड तीजको हार्दिक मंगलमय शुभकामना । परिस्थितिले गर्दा निश्चित परिधीभित्र बसेर मनाउनु पर्ने बाध्...
21/08/2020

Happy Teej 2077! यो पावन चाड तीजको हार्दिक मंगलमय शुभकामना । परिस्थितिले गर्दा निश्चित परिधीभित्र बसेर मनाउनु पर्ने बाध्यता सृजना भयेको छ , आफ्नो परिवारसंग रमाउनु होला , स्वस्थको ख्याल राख्नु होला 😊


"मेरो बाबाले दिनहु मलाइ कोरोनाको डरले जागीर छोड्ने दबाब दिराख्नु भयो । मलाई थाहा थियो कुनै न कुनै दिन म  कोरोना को शिकार...
20/08/2020

"मेरो बाबाले दिनहु मलाइ कोरोनाको डरले जागीर छोड्ने दबाब दिराख्नु भयो । मलाई थाहा थियो कुनै न कुनै दिन म कोरोना को शिकार हुनेछु तर पनि मैले कुनै दिन जागीर छोड्ने मनसाय राखिन। म पछी हटे भने कस्ले सेवा गर्नेछ र ।।। मेरो देश मा लास को हिमाल बन्न समय नलाग्न सक्छ ।

त्यो म हेर्न सक्दिन ।त्यो लाश को थुप्रोमा मेरो, तपाईको, कसैन कसैको प्रा‍ण जोडिएको हुन्छ । येहि सोचले म कुनै दिन अस्पताल जान छोडिन । बरु बिगत केहि दिने देखि घर जान छोडिदिए । कुनै बिरामीको सेवामा घिन मानिन ।

आज म corona positive diagnosed भएर बसेको छु । तर आज तेहि समाजले मेरो परिवारलाई बारम्बार sealed को धम्की देखाउने। घरमा प्रहरी पठाउने । छोरीलाई किन पहिले जागिर छोड्न नलगाको भन्ने । 😢

वाह ,समाजको दायित्व ..भोलि हजुरलाई, हजुरको आफ्नो भन्नेला कोरोना लाग्ला अनि कहाँ जानुहुन्छ सहयोग को लागि ।आफ्नो परिवारलाई कहाँ लगेर लुकाउनु हुन्छ र ? Isolation मा आफै बस्नुभाको छ तर पनि यो मानसिक तनाब किन ???

अब म कुन मुखले बाबालाइ भनु फेरि अस्पताल जान्छु भनेर" 😢😢

I request everyone to be together in this war.
Please stop this bully..

17/08/2020

🎵 के हात धुन्छौ र? 🤲💦🧼
बेला-बेलामा साबुन-पानीले मिचि-मिचि २० सेकेण्डसम्म हात धुनु, व्यक्त्ति-व्यक्त्तिबीच कम्तीमा २ मिटरको दुरी कायम राख्नु र घरबाहिर निस्कँदा मास्क लगाउनु - यिनै हुन् कोरोनाबाट बच्ने ३ मुख्य उपायहरु!
भिडियो स्रोत- unicefnepal
Share for awareness!

Address

Bishal Chowk, Nakhipot
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Sulav Health posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sulav Health:

Share