13/06/2018
मेरो अधुरो प्रेम कहानि
तिम्लाइ फोटो ट्याग गरेको छ नि !को हो त्यो केटि?
खप्नै नसकेर म सोध्थे । सँगै पढ्ने साथी हो । किन र ?
यत्तिकै को रैछ भनेर । सामान्य देखिने कोसिस गर्दै म रिप्लाई गर्थें ।
नराम्रो लाग्यो हो ? मेरो बुढिलाइ उस्को यो म्यासेज पढ्न नपाउदै मेरा आखा भरिन्थे ।
छैन । जबर्जस्ती टलपलाइ रहेका आसुलाइ रोक्ने कोसिस गर्दै म रिप्लाई दिन्थे।
त्यस्तो केहि हैन के ! मेरो बुढि जो सँग बोले पनि म तिम्लाइ छोडेर कहि जान्न क्यारे !
त्यसपछि मेरा सारा प्रयात्न बिफल बै जान्थे । सलल आखाको ढकनि उघारेर बहि दिन्थे आसुहरु । दाया हातको हत्केला ले आसु पुछ्दै रिप्लाइ दिन्थे ।
गयौं भने म त मार्दिछु । यो सँगसँगै रोएको इमो पनि पठाउथे ।
त्यस्तो लाग्छ हो ? मेरो बुढिलाइ बिस्वास छैन ?
छ । म रुन्चे हासो हास्दै रिप्लाई दिन्थ।
उ सबै सँग खुलेर बोल्थेयो , हास्थौ । यता म जलि रहेको हुन्थे
। _ _ आ,... के भो त ? बोल्दैमा केहि हुने होइन क्यारे माया त मलाई गर्छ नि मनमनै यो सोचेर कम्भिस हुन्थे ।
एकदिन उस्को म्यासेज बक्स मा देखे, लभ यु बुढि । यो कुनै अन्जान केटीलाइ गरिएको म्यासेज थियो भाउन्न भयो । मुटुको गति हात्तै बढ्यो ।
म लगलग काप्न थाले । के हो ? कति वटा बुढि छन् ह तिम्रो ! तत्काल उस्लाइ फोन लगाएर सोधि हाले ।
के भो फेरि ? केही थाहा नै नभए जस्तो नादान पो बन्न खोज्छ बा !
वा ! अझ केहि थाहा नै नभए जस्तो क्या नाटक छ ।
कापेको आवाजमा भने । ह्या लेखेको भरमा जे पायो त्यहि नभन है ! अब त म कोहि सँग बोल्न पनि नभाको ।
हुन पनि हो ! म को थिए र उस्को ? उस्ले उस्का हरेक कदम मा सबाल उठाइ रहेछु ।
ठिक भन्यौ । ओके । फ्याट्ट फोन राखिदिए उस्को प्रेतिकि्या पनि नलिइ ।
त्यसपछि उस्ले फोन गर्यो काटिदिए रिस उठि रहेको थियो दोहोर्याएर पाच/ छ पटक सम्म गरिरह्यो मैले काटि रहे त्यसपछि उस्ले म्यासेज गर्यो धेरै धाक नदिदा हुन्छ ।
फेसबुक बाट सुरु भएको रिलेसन फेसबुक बाटै अन्त्य होला ।
दोहोर्याएर/ तेहेर्याएर पढे । मन तातो पानि जस्तै उम्लिइ रह्यो । त्यसपछि मैले रिप्लाई दिइन
सायद यसैलाई भन्छन होला फेसबुकको माया #$$
मन परे लाइक, कम्यान्ट, र सेयर गर्न सक्नु हुन्छ ! धन्याबाद ।।