HDCS-Namuna Community Hospital

HDCS-Namuna Community Hospital DHL is a project of HDCS that is noteworthy for several reasons. DHL was the first example of a public private partnership in Nepal's health sector.

HDCS- District Hospital Lamjung (DHL) is a district level hospital that Human Development and Community Services (HDCS) has been managing in partnership with the Government of Nepal. In 2001, the hospital made history for being the first government institution to be handed over to the private sector. Since 2001 DHL has been running under the management of HDCS with the support of our partners an

d the Government of Nepal. We have transformed the infrastructure and increased the capacity of the hospital: From a 15 bed hospital, DHL now has 60 bed as well as a range of services. In 2003, a study from the World Bank quoted Lamjung Hospital as being a "model hospital in Nepal." As a district level hospital we have high standards for DHL and we are blessed to have the support of our partners, the community, and local leaders.

प्राथमिक स्वास्थ्य उपचार तथा BLS सम्बन्धी अभिमुखीकरण कार्यक्रमइलाका प्रहरी कार्यालय, भोटेवडारका प्रमुखज्यूको प्रमुख आतिथ...
10/08/2026

प्राथमिक स्वास्थ्य उपचार तथा BLS सम्बन्धी अभिमुखीकरण कार्यक्रम

इलाका प्रहरी कार्यालय, भोटेवडारका प्रमुखज्यूको प्रमुख आतिथ्यतामा इलाका प्रहरी कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरूका लागि प्राथमिक स्वास्थ्य उपचार, बिरामी ओसारपसार तथा Basic Life Support (BLS) सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ।
कार्यक्रममार्फत आकस्मिक अवस्थामा अपनाउनुपर्ने प्राथमिक उपचारका उपाय, बिरामीलाई सुरक्षित रूपमा ओसारपसार गर्ने तरिका तथा जीवनरक्षाका लागि आवश्यक आधारभूत सीपबारे व्यवहारिक जानकारी प्रदान गरिएको थियो।

⚠️ विधुतीय करेन्टबाट सावधान! ⚡गएको हप्ता मात्र विधुतीय करेन्ट लागेर घाइते भएका २ जना घाइते बिरामीहरु  उपचारका लागि यस अस...
09/08/2026

⚠️ विधुतीय करेन्टबाट सावधान! ⚡

गएको हप्ता मात्र विधुतीय करेन्ट लागेर घाइते भएका २ जना घाइते बिरामीहरु उपचारका लागि यस अस्पतालमा आउनुभएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उहाँहरूलाई उच्च स्वास्थ्य केन्द्रमा पठाइएको थियो।

विधुतीय करेन्टले गम्भीर दुर्घटना निम्त्याउन सक्छ। त्यसैले सबैले विशेष सावधानी अपनाऔँ।

🔹 भिजेको हातले स्विच तथा विद्युतीय उपकरण नछोऔँ।
🔹 खुला वा बिग्रिएको तारबाट टाढा रहौँ।
🔹 विद्युत् उपकरण मर्मत गर्दा मुख्य विद्युत् लाइन बन्द गरौँ।
🔹 बालबालिकालाई विद्युतीय उपकरण तथा सकेटबाट सुरक्षित राखौँ।
🔹 करेन्ट लागेको व्यक्तिलाई सीधै नछोई पहिले विद्युत् आपूर्ति बन्द गरौँ र तत्काल स्वास्थ्य संस्थामा लैजाऔँ।

सावधानी अपनाऔँ, विधुतीय दुर्घटनाबाट आफू र आफ्नो परिवारलाई सुरक्षित राखौँ।

विश्व स्तनपान सप्ताहको अवसरमा यस अस्पतालमा  आउनुभएका बिरामी तथा बिरामी कुरुवाहरूका लागि स्तनपानसम्बन्धी विशेष सचेतनामूलक...
07/08/2026

विश्व स्तनपान सप्ताहको अवसरमा यस अस्पतालमा आउनुभएका बिरामी तथा बिरामी कुरुवाहरूका लागि स्तनपानसम्बन्धी विशेष सचेतनामूलक कक्षा सञ्चालन ।
कक्षामार्फत स्तनपानको महत्त्व, सही तरिका, आमाको दूधका फाइदा तथा शिशुको स्वास्थ्य र विकासमा यसको भूमिकाबारे आवश्यक जानकारी प्रदान गरिएको छ l

#विश्वस्तनपानसप्ताह #स्वस्थआमा_स्वस्थशिशु

"सर्पदंशको पहिचान, प्रारम्भिक व्यवस्थापन तथा उपचार" विषयमा स्वास्थ्यकर्मीहरूका लागि CME (Continuing Medical Education) क...
05/08/2026

"सर्पदंशको पहिचान, प्रारम्भिक व्यवस्थापन तथा उपचार" विषयमा स्वास्थ्यकर्मीहरूका लागि CME (Continuing Medical Education) कक्षा सञ्चालन ।
साथै आगामी दिनहरूमा सर्पदंश सम्बन्धी जनचेतना कार्यक्रम समुदाय तथा विद्यालयहरूमा सञ्चालन गरी सही जानकारी, समयमै उपचारको महत्त्व र सर्पदंशबाट बच्ने उपायबारे सचेतना फैलाउने लक्ष्य समेत लिएको छ।

A Continuing Medical Education (CME) session on "Identification, Initial Management, and Treatment of Snakebite" was conducted for our healthcare professionals.
The session was led by Emergency Incharge Mr. Ram Chandra Dhakal, who shared practical knowledge and evidence-based approaches to the timely recognition and management of snakebite cases.
As part of our ongoing commitment to community health, we also plan to extend snakebite awareness programs to communities and schools, focusing on prevention, first aid, the importance of timely medical treatment, and measures to reduce the risk of snakebite.

६ वर्षको उमेर पछि… उनका पाइला अघि बढ्न थाले। ❤️हार नमानेको विश्वासको कथा…..
04/08/2026

६ वर्षको उमेर पछि… उनका पाइला अघि बढ्न थाले। ❤️
हार नमानेको विश्वासको कथा…..

https://www.lamjungupdate.com/article/patient-trust-grows-as-hdcs-model-community-hospital-expands-services?fbclid=IwY2x...
03/08/2026

https://www.lamjungupdate.com/article/patient-trust-grows-as-hdcs-model-community-hospital-expands-services?fbclid=IwY2xjawTdYYpwZG9mBWV4dG4DYWVtAjEwAGJyaWQRMTZ6cmVEcGl1dFJYbEl5V2FzcnRjBmFwcF9pZBAyMjIwMzkxNzg4MjAwODkyAAEeVK9Qq4ountUEwrjVhk7OLqynUU0j030hAncz8M9BQapwadKw2-Euwkx7rYk_aem_0YZyGymmEzsVv2a10e4igA

सेवा विस्तारसँगै एचडीसीएस–नमुना सामुदायिक अस्पतालमा बिरामीको आकर्षण बढ्दो

https://www.facebook.com/share/p/1C3FVkLV7h/
03/08/2026

https://www.facebook.com/share/p/1C3FVkLV7h/

लमजुङ।  एचडीसीएस–नमुना सामुदायिक अस्पतालले आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य सेवा विस्तार, आधुनिक उपकरणको...

https://www.facebook.com/share/p/1b2Gd4UqYQ/
03/08/2026

https://www.facebook.com/share/p/1b2Gd4UqYQ/

सुन्दरबजार(लमजुङ)– एचडीसीएस– नमुना सामुदायिक अस्पतालमा बिरामीको विश्वास बढ्दै गएको छ । बिरामीको चाप र विश्वास ब....

https://www.facebook.com/share/p/1GkXbzmpGz/
03/08/2026

https://www.facebook.com/share/p/1GkXbzmpGz/

सेवा विस्तारसँगै एचडीसीएस–नमुना सामुदायिक अस्पतालमा बिरामीको विश्वास बढ्दै

आर्थिक वर्ष २०८२/८३ मा उपचारदेखि समुदायस्तरीय स्वास्थ्य सेवासम्म उल्लेखनीय उपलब्धि
लमजुङ, सुन्दरबजार। एचडीसीएस–नमुना सामुदायिक अस्पतालले आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य सेवा विस्तार, आधुनिक उपकरणको प्रयोग, विशेषज्ञ सेवा थप तथा समुदाय केन्द्रित स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारी सञ्चालनसँगै उल्लेखनीय उपलब्धि हासिल गरेको छ। नयाँ सेवाहरू सञ्चालन तथा गुणस्तरीय उपचार सेवाका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ।
अस्पतालका सूचना अधिकारी शोभा ठकुरीका अनुसार, आर्थिक वर्ष २०८२/८३ मा अस्पतालले विभिन्न उपचारात्मक तथा प्रवर्द्धनात्मक स्वास्थ्य सेवामार्फत हजारौँ नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ।
अस्पतालको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा २१,१३७ जना बिरामीहरुले बहिरंग (OPD) सेवा लिएका छन्, जुन अघिल्लो आर्थिक वर्षको १७,५१२ जना को तुलनामा करिब २१ प्रतिशतले बढी हो। त्यसैगरी २,९८७ जना ले आपतकालीन सेवा, ३,४९५ जना ले दन्त सेवा, १,९७४ जना ले फिजियोथेरापी सेवा, २,७७५ जना ले अल्ट्रासाउण्ड (USG), १,३६,११० वटा प्रयोगशाला परीक्षण, ३,७०६ जना ले एक्स–रे ५९६ जना ले आँखा परिक्षण, ७११ जनाले मनोविमर्श सेवा १७३ जना ले रेबिज भ्याक्सिन, १२६ जना को ड़ेंगु परिक्षण तथा ३,४२२ वटा माईनर शल्यक्रिया सम्पन्न भएका छन्। यी तथ्याङ्कले अस्पतालप्रति सेवाग्राहीको विश्वास निरन्तर बढिरहेको स्पष्ट देखाउँछन्।
उपचार सेवासँगै अस्पतालले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै विभिन्न निःशुल्क तथा समुदाय केन्द्रित कार्यक्रमहरू सञ्चालन गरेको छ। यस अवधिमा ६,९३६ जना बिरामीले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन्। मालिङ, राइनास, सुन्दरबजार तथा मर्स्याङ्दी क्षेत्रमा सञ्चालन गरिएका निःशुल्क स्वास्थ्य शिविरबाट २,३३५ जना लाभान्वित भएका छन्। समुदायमा सञ्चालन गरिएको नसर्ने रोग (NCD) स्क्रिनिङबाट १,१९८ जना, अस्पतालमा नियमित सञ्चालन हुने मासिक निःशुल्क NCD स्क्रिनिङबाट ८५८ जना, विद्यालयमा सञ्चालन गरिएका स्वास्थ्य शिक्षा, स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रमबाट २,२८९ जना विद्यार्थी तथा मानसिक स्वास्थ्य, नसर्ने रोग र अन्य स्वास्थ्य सचेतना कार्यक्रममार्फत १,०४५ जना समुदायका नागरिक लाभान्वित भएका छन्।
अस्पताल प्रमुख हेमन्त श्रेष्ठले अस्पतालमा नयाँ सेवा विस्तार, विशेषज्ञ स्वास्थ्य सेवा, आधुनिक उपकरणको प्रयोग तथा सेवाको गुणस्तरमा गरिएको निरन्तर सुधारका कारण अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै गएको बताउनुभयो। उहाँले अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष बिरामीको संख्या उल्लेखनीय रूपमा वृद्धि हुनु समुदायको विश्वास र अस्पताल परिवारको समर्पित सेवाको प्रतिफल भएको उल्लेख गर्नुभयो साथै बिरामीको माग अनुसार पछिल्लो पटक मुटु को समस्या पहिचानको लागि ECHO सेवा पनि सुरु गरिएको जानकारी गराउनु भयो l
उहाँले आगामी दिनमा शल्यक्रिया सेवाको दायरा अझ विस्तार गर्ने, थप विशेषज्ञ सेवाहरू सञ्चालन गर्ने, अत्याधुनिक स्वास्थ्य उपकरणहरू थप गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अझ सहज बनाउने तथा आर्थिक रूपमा विपन्न नागरिकलाई निःशुल्क र सहुलियतपूर्ण स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समुदायको विश्वास, सेवाप्रतिको समर्पण र निरन्तर सुधारको यात्रासँगै एचडीसीएस–नमुना सामुदायिक अस्पतालले लमजुङ र छिमेकी जिल्लाका नागरिकका लागि भरपर्दो, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा आफ्नो पहिचान अझ सुदृढ बनाउँदै गएको छ।
स्रोत HDCS-Namuna Community Hospital
Hemanta Shrestha Shohema Shah
Sundarbazar Municipality सुन्दरबजार नगरपालिका कार्यालय




सम्पूर्णमा जानकारी !!!!!
02/08/2026

सम्पूर्णमा जानकारी !!!!!

Address

Sundarbazar-6
Lamjung

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 14:00
Sunday 09:00 - 16:00

Telephone

+97766402124

Alerts

Be the first to know and let us send you an email when HDCS-Namuna Community Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to HDCS-Namuna Community Hospital:

Shortcuts

Share

Category