Dr. Prashant Bhatt, ENT-Head and Neck Surgeon

Dr. Prashant Bhatt, ENT-Head and Neck Surgeon Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr. Prashant Bhatt, ENT-Head and Neck Surgeon, Doctor, Kanchanpur, Sudurpaschim Province, Mahendranagar.

10/01/2026

शरीरको balance कानले गर्छ भन्दा अचम्म
नमान्नुहोला ।

कानको केलायड (Keloid) —केलायड के हो?केलायड भनेको घाउ निको हुने क्रममा अतिरिक्त मासु (fibrous tissue) अत्यधिक वाढ भई बनेक...
22/11/2025

कानको केलायड (Keloid) —

केलायड के हो?

केलायड भनेको घाउ निको हुने क्रममा अतिरिक्त मासु (fibrous tissue) अत्यधिक वाढ भई बनेको उठेको, कडा र चम्किलो दाग हो।
यो खासगरी कान पिअर्सिङ पछि बढी देखिन्छ।



केलायड कसरी देखिन्छ?
• छालामा उठेको वा गोलो/लम्बोटे गाँठो
• धमिलो वा गाढा रङ
• बिस्तारै ठूलो हुँदै जाणे
• कहिलेकाहीँ पोल्ने, दुख्ने वा चिलाउने
• सौन्दर्यमा असर पर्ने



किन बन्छ? (कारणहरू)
• पिअर्सिङ वा चोटपटकपछि घाउको गलत उपचार
• संक्रमण
• बारम्बार छुनु, तान्नु वा रिंगले घाउलाई रन्थनाउनु
• पारिवारिक (जेनेटिक) प्रवृत्ति
• गाढा छालाका व्यक्तिमा बढी देखापर्छ



केलायडको जोखिम कसमा धेरै हुन्छ?
• पहिले केलायड भइसकेको व्यक्तिमा
• कान, छाती, काँध, पछाडि जस्ता स्थानमा चोट लाग्दा
• 10–30 वर्ष उमेर समूहमा
• पिअर्सिङ बारम्बार गराउनेहरूमा



उपचार विकल्पहरू

केलायड पूर्ण रूपमा नहट्न सक्छ तर धेरै कम गर्न वा नियन्त्रण गर्न सकिन्छ।

१. स्टेरोइड (Tramcinolone) इन्जेक्सन
• सबैभन्दा प्रभावकारी र सामान्य विकल्प
• महिनामा 1–2 पटक, आवश्यकताअनुसार

२. सिलिकन जेल / सिलिकन प्याड
• दैनिक प्रयोगले आकार घटाउन मद्दत

३. लेजर थेरापी
• रङ र मोटाई घटाउन उपयोगी

४. सर्जरी
• ठूला केलायड हटाउन, तर फेरि आउने जोखिम रहन्छ
• सर्जरीपछि स्टेरोइड वा प्रेशर प्याड प्रयोग आवश्यक

५. प्रेशर इयररिङ (Pressure Earrings)
• सर्जरीपछि पुनः वृद्धि रोक्न अत्यन्त उपयोगी



घरेलु हेरचाह र सावधानी
• पिअर्सिङको घाउ सफा राख्नु
• रिङ/स्टडलाई बारम्बार नछुने
• हाइजनिक पिअर्सिङ मात्र गराउने
• कुनै गाँठो देखिनासाथ चाँडै चिकित्सकसँग परामर्श गर्ने
• आफूले मन लाग्दो तेल/क्रीम प्रयोग नगर्ने



ल्याउनुपर्ने बेलाः

तपाईंलाई यी मध्ये कुनै भए तुरुन्त अस्पताल जाँनुहोस्:
• गाँठो छिटो ठूलो हुँदै गएको
• धेरै दुख्ने/पोल्ने
• रातो र तातो देखिने
• पस देखिने
• दैनिक काम वा सौन्दर्यमा ठूलो बाधा पर्ने



निष्कर्ष

केलायड हानिकारक नभए पनि सौन्दर्य र आत्मविश्वासमा असर पार्न सक्छ। शीघ्र पहिचान, नियमित हेरचाह र उपयुक्त उपचारले यसलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।

नेसोफेरिन्जियल लेरिन्जोस्कोपी (ENT एन्डोस्कोपी)नेसोफेरिन्जियल लेरिन्जोस्कोपी भन्नाले कान, नाक र घाँटी (ENT) को विशेषज्ञ ...
02/09/2025

नेसोफेरिन्जियल लेरिन्जोस्कोपी (ENT एन्डोस्कोपी)
नेसोफेरिन्जियल लेरिन्जोस्कोपी भन्नाले कान, नाक र घाँटी (ENT) को विशेषज्ञ डाक्टरले नाकबाटै पातलो, लचिलो र प्रकाशयुक्त ट्युब (एन्डोस्कोप) प्रवेश गराई नाकको मार्ग, गलको पछाडिको भाग (नासोपैरींज) र स्वरतन्त्र (लेरिन्क्स) को सीधै अवलोकन गर्ने प्रक्रिया हो।

यसका मुख्य उद्देश्यहरू:

* नाक र घाटीको क्यांसर जाँच ।
* नाक बन्द हुने, नाकबाट रगत बग्ने, साँस फेर्न गाह्रो हुने जस्ता समस्याको कारण पत्ता लगाउन।
* घाँटीमा अस्वाभाविकता (जस्तै गाँठो) देखापर्ने, स्वर बदलिने, निल्नामा समस्या हुने अवस्थामा परीक्षण गर्न।
* नाक वा घाँटीमा संक्रमण, सूजन, एलर्जी, वा ट्युमर जस्ता रोगको निदान गर्न।
* शल्यक्रिया (सर्जरी) गर्नु अघि यस क्षेत्रको अध्ययन गर्न।

#प्रक्रिया:
* यो प्रक्रिया धेरै साधारण र छिटो (५–१० मिनेट) सम्म मात्र हुने गर्छ।
* डाक्टरले नाकमा सुन्ने स्प्रे (स्थानिय एनेस्थेसिया) छर्न सक्छन् जसले नाकको भित्री भागलाई सुन्न पार्छ र असजिलो कम गर्छ।
* यसबाट धेरै मात्रामा दुखाइ हुँदैन, मात्रै एउटा अजीब अनुभव (जस्तो नाकमा कुनै चीज घुस्रिएजस्तो) हुन सक्छ।
* रोगीले सिधा बसिरहेको अवस्थामा नै यो परीक्षण गरिन्छ।

यो परीक्षण ENT सम्बन्धित धेरै रोगहरूको सही निदान र उपचारको लागि अत्यन्तै महत्त्वपूर्ण र सुरक्षित विधि हो।

यो मौसममा कानमा किरा पश्ने समस्या अत्याधिक हुने भएकाले ध्यान राखौ। बच्चा हरूमा बिशेष ध्यान दिउ।
01/07/2025

यो मौसममा कानमा किरा पश्ने समस्या अत्याधिक हुने भएकाले ध्यान राखौ। बच्चा हरूमा बिशेष ध्यान दिउ।

टोंसिलको इन्फेक्शनले जुनसुकई उमेर समूहमा असर गर्न सक्छ। टोंसिलले जोरनी र मूटूमा खराब असर गर्न सक्छ।बारम्बार इन्फेक्शन भए...
22/07/2024

टोंसिलको इन्फेक्शनले जुनसुकई उमेर समूहमा असर गर्न सक्छ।
टोंसिलले जोरनी र मूटूमा खराब असर गर्न सक्छ।
बारम्बार इन्फेक्शन भए वा जटिलता हुने संका भए अपरेशन गरी उपचार गर्नु पर्दछ।
टोंसिलको नियमित चेकजाँच गराउ।

घाटीमा रहेको lymphangioma(लिम्फ ग्रंथि को एक प्रकारको ट्यूमर) को अपरेशन गरेर सफल उपचार गारियेको छ।घाटीमा पलाउने गिरख़ा र...
22/06/2024

घाटीमा रहेको lymphangioma(लिम्फ ग्रंथि को एक प्रकारको ट्यूमर) को अपरेशन गरेर सफल उपचार गारियेको छ।
घाटीमा पलाउने गिरख़ा र डल्ला हरु ख़तरनाक रोग हुन सकछन। बेलामैं चेक जाँच गराऊ, ठुलो रोग लाग्न बाट बचौ।

मुख भित्र रहेको थूक बनाऊने ग्रंथि बाट अपरेशन गरेर निकालियेको स्टोन(Sialolithiasis)।बिरामी ५ बर्ष देखी पीड़ित रहेका थिए।म...
05/06/2024

मुख भित्र रहेको थूक बनाऊने ग्रंथि बाट अपरेशन गरेर निकालियेको स्टोन(Sialolithiasis)।
बिरामी ५ बर्ष देखी पीड़ित रहेका थिए।
मुख भित्र रहेका गिरख़ा हरूलाई समयमा उपचार गरेर जटिलता हुन बाट बचौ।

Address

Kanchanpur, Sudurpaschim Province
Mahendranagar
10900

Telephone

+9779851144922

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Prashant Bhatt, ENT-Head and Neck Surgeon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Prashant Bhatt, ENT-Head and Neck Surgeon:

Shortcuts

Share

Category