29/06/2026
निःशुल्क स्वास्थ्य शिविर एवं सचेतनामुलक कार्यक्रम सम्पन्न
मिति २०८३ साल असार गते १२ शुक्रबार
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र लुम्बिनी प्रदेश प्रहरी अस्पतालको कार्य सम्पादन सम्झौता आ.व. २०८२/०८३ को कार्य योजना अनुसार नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज बाँकेको सहकार्यमा आयोजित जिल्ला प्युठान, प्युठान नगरपालिका वडा नं. ०७ पुण्यखोलामा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्री ज्यूको प्रमुख आतिथ्यतामा, जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाई ज्यू, नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका अध्यक्ष पूजा खत्री ज्यू, यस अस्पतालका अस्पताल प्रमुख प्रा.प्र.उ.डा.अच्युत बिक्रम हमाल र जिल्ला प्रहरी कार्यालय प्युठानका कार्यालय प्रमुख प्र.ना.उ.नरहरी अधिकारी ज्यू समेतको उपस्थितिमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएकोमा उक्त स्वास्थ्य शिविरमा फिजिसियन सम्बन्धि ११३ जना, हार्डजोर्नी तथा नशा रोग ६७ जना, जनरल सर्जरी १७ जना, बालरोग १५ जना, स्त्री तथा प्रसुती रोग १२ जना र नाक कान घाँटी १३ जना गरी जम्मा ४६३ को निःशुल्क स्वास्थ्य चेकजाँच, चिकित्सकिय परामर्श तथा औषधी बितरण गरिएको केही तस्वीरहरु.....................