Trishuli Hospital, Nuwakot

Trishuli Hospital, Nuwakot Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Trishuli Hospital, Nuwakot, Hospital, Bidur-9, Colony, Nuwakot.

मिति २०८३ साल असार ७ गते त्रिशूली अस्पतालबाट सञ्चालन गरिएको टेलिमेडिसिन विशेषज्ञ सेवा अन्तर्गत डा. दिलीप कोजू (कन्सल्टेन...
22/06/2026

मिति २०८३ साल असार ७ गते त्रिशूली अस्पतालबाट सञ्चालन गरिएको टेलिमेडिसिन विशेषज्ञ सेवा अन्तर्गत डा. दिलीप कोजू (कन्सल्टेन्ट अर्थोपेडिक सर्जन) ले मेडिकल अधिकृत डा. प्रिथा कार्कीको समन्वयमा खरानीटार अस्पतालका ४ जना बिरामीलाई हाडजोर्नी तथा ट्रमा सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नुभयो।
त्यसैगरी, आकस्मिक (Emergency) सेवाअन्तर्गत दोबो टेम्बा फुर्पु ग्रामीण अस्पतालबाट प्राप्त परामर्श अनुरोध अनुसार ३ जना बिरामीलाई मेडिसिन/सर्जरी सम्बन्धी तथा १ जना बिरामीलाई मनोचिकित्सा सम्बन्धी विशेषज्ञ परामर्श सेवा प्रदान गरिएको थियो।साथै, खरानीटार अस्पतालका १ जना बिरामीलाई मनोचिकित्सा सम्बन्धी विशेषज्ञ परामर्श सेवा प्रदान गरिएको थियो।
यसरी त्रिशूली अस्पतालका विशेषज्ञ चिकित्सकहरूबाट मेडिकल अधिकृत चिकित्सकहरूको समन्वयमा खरानीटार अस्पतालका ५ जना तथा दोबो टेम्बा फुर्पु ग्रामीण अस्पतालका ३ जना गरी जम्मा ८ जना बिरामीले टेलिमेडिसिन विशेषज्ञ सेवा प्राप्त गरेका छन्। कुल १२ पटक विशेषज्ञ परामर्श सेवा प्रदान गरिएको हो।

त्रिशुली अस्पतालमा मिति २०८३ साल असार ६ गतेका दिन कीर्तिपुर विष्णुदेवी नगर अस्पतालबाट  कीर्तिपुर नगरपालिकाका नगरप्रमुख क...
20/06/2026

त्रिशुली अस्पतालमा मिति २०८३ साल असार ६ गतेका दिन कीर्तिपुर विष्णुदेवी नगर अस्पतालबाट कीर्तिपुर नगरपालिकाका नगरप्रमुख कृष्णमान डंगोलज्यूको नेतृत्वमा न्यूनतम सेवा मापदण्ड MSS सम्बन्धी स्थलगत सिकाइ अवलोकन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

मिति २०८३/०३/०३ गते कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. अनिल कुमार खरेल, डा. दीपिका श्रेष्ठ, मेडिकल अफिसर डा....
19/06/2026

मिति २०८३/०३/०३ गते कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. अनिल कुमार खरेल, डा. दीपिका श्रेष्ठ, मेडिकल अफिसर डा. तुलजा श्रेष्ठ, एनेस्थेसिया विशेषज्ञ डा. सुजन के.सी., एनेस्थेसिया सहायक दीपक यादव र मनीष कुशवाहा तथा ओटी इन्चार्ज चारु थापा मगर र शोभा थापा मगर लगायत सम्पूर्ण सहयोगी टोलीद्वारा ३४ वर्षीया महिलाको सफलतापूर्वक आकस्मिक शल्यक्रिया (इमर्जेन्सी सिजेरियन सेक्सन) सम्पन्न गरिएको छ।
उक्त महिलाको ५ वर्षअघि सिजेरियन सेक्सनमार्फत प्रसूति भएको थियो। यसपटक गर्भमा शिशुको मुटुको धड्कनमा समस्या देखिएकाले आकस्मिक शल्यक्रिया गर्नुपरेको थियो। शल्यक्रियाको क्रममा शिशुको घाँटीमा साल (नाल) ३ पटक कस्सिएर बेरिएको अवस्था फेला परेको थियो, जसलाई सफलतापूर्वक उद्धार गरिएको छ।
हाल आमाको स्वास्थ्य अवस्था सकुशल रहेको छ। शिशुलाई थप उपचारका लागि काठमाडौं लगिएको र शिशुको अवस्था पनि सकुशल रहेको जानकारी प्राप्त भएको छ।
यस सफल कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी तथा सहयोगी हातहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🙏

सूचना सूचना सूचनामौकाको फाइदा लिनुहुन सम्पूर्णमा जानकारी गराइन्छ।
19/06/2026

सूचना सूचना सूचना
मौकाको फाइदा लिनुहुन सम्पूर्णमा जानकारी गराइन्छ।

मासिक रूपमा गर्दै आएको क्लिनिकल अडिट सम्बन्धी सो मूल्याङ्कन कार्यक्रम............ धेरै धेरै धन्यवाद सम्पूर्ण विभागीय इन्...
17/06/2026

मासिक रूपमा गर्दै आएको क्लिनिकल अडिट सम्बन्धी सो मूल्याङ्कन कार्यक्रम............ धेरै धेरै धन्यवाद सम्पूर्ण विभागीय इन्चार्जज्यूहरूलाई

मिति २०८३ साल असार ७ गते आइतबारका दिन सञ्चालन हुने टेलिमेडिसिन सम्बन्धी सूचना.........
17/06/2026

मिति २०८३ साल असार ७ गते आइतबारका दिन सञ्चालन हुने टेलिमेडिसिन सम्बन्धी सूचना.........

नियमित रूपमा बुधबारका दिन सञ्चालन भइरहेको CME कार्यक्रम..........
17/06/2026

नियमित रूपमा बुधबारका दिन सञ्चालन भइरहेको CME कार्यक्रम..........

आज मिति २०८३ साल जेष्ठ ३० गते शनिबारका दिन विशेषज्ञ सेवा अन्तर्गत नाक कान घाँटी सम्बन्धी १३६ जना बिरामीले सेवाबाट लाभान्...
13/06/2026

आज मिति २०८३ साल जेष्ठ ३० गते शनिबारका दिन विशेषज्ञ सेवा अन्तर्गत नाक कान घाँटी सम्बन्धी १३६ जना बिरामीले सेवाबाट लाभान्वित हुनुभएका छन् । साथै दूरबीनद्वारा कानको जालीको शल्यक्रिया समेत सम्पन्न भएको छ। धन्यवाद सम्पूर्णलाई।

Address

Bidur-9, Colony
Nuwakot
44908

Alerts

Be the first to know and let us send you an email when Trishuli Hospital, Nuwakot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Trishuli Hospital, Nuwakot:

Shortcuts

Share

Category