Astro Kaligandaki - कालिगण्डकी ज्योतिस तथा वास्तु सेवा

  • Home
  • Nepal
  • Palpa
  • Astro Kaligandaki - कालिगण्डकी ज्योतिस तथा वास्तु सेवा

Astro Kaligandaki - कालिगण्डकी ज्योतिस तथा वास्तु सेवा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Astro Kaligandaki - कालिगण्डकी ज्योतिस तथा वास्तु सेवा, Astrologist & Psychic, Tansen, Palpa.

भाद्र शूक्ल पञ्चमी एवं ऋषि पञ्चमीको महत्व र पूजाविधि के रहेको छ ..? शुभकामना सम्पुर्ण लाइ ।भाद्र शुक्ल पञ्चमीलाई ऋषि पञ्...
15/09/2026

भाद्र शूक्ल पञ्चमी एवं ऋषि पञ्चमीको महत्व र पूजाविधि
के रहेको छ ..? शुभकामना सम्पुर्ण लाइ ।

भाद्र शुक्ल पञ्चमीलाई ऋषि पञ्चमी भनेर मनाइन्छ । यस दिनको महत्व, कथा, र पूजा–विधि यसप्रकार छन् :
तिज को समयमा महिला हरु बर्तबस्ने पनि मानिन्छ ।पुरुष हरुले मनाउने ऋषि तर्पणी तथा रक्षा बन्धन पनि एउटै पूजा गर्ने गरिन्छ ।यस दिन बिहानै खोला, पदेरा,नदि जहाँ शुद्ध जलछ त्याहा गइ स्नान गरिन्छ ।

स्नान गर्दा अपमार्ग का फूल पात एउटा टोकरी तथा दोकोमा राखी ३६५ पटक जलमा चोबि आफ्नो शिर बाट पानीको धारा लगाउने गरिन्छ।तिनसय पैसट्ठी दतिवन चपाउने गरिन्छ ।माटो ,ढुङ्गा ,उखुको पात अर्थात कुसको जनै ,लगाएर एकहजार आफुले पाएको मन्त्रको जप गर्ने गरिन्छ ।

त्यस दिन असुद्दी बाट शुद्दीकरण भएर होया केहो ?पुरुष हरुलाइ खाना पकाएर खान दिने चलन पाइदैन ।पूजा गरि आएपछी हलो नलागेको खेतको धानको चाँमल अर्थात घरको ढिकढाक भएका मकै हरु पोलि खाने प्रचलन पनि छ । तीनि हरु नभए को खण्डमा गाइलाइ चामल,आटो चटाइ पकाएर खाने गरिन्छ ।पूजा अर्चना गरे पछि ब्राह्मण,कन्या ,भान्ज भान्जिलाइ टीका लगाइ दक्षिणा गर्ने प्रचलन छ ।
पूजाआजा,आराधना मेटिए पछि घरमा भएका सबै भन्दा राम्रा र आफुलाइ मन परेका गहना हरु र कपडाहरु लगाएर माथी डाँडाँ तिर लागिन्छ ।

त्याहा को को छन ?कस कसले कस्ता गहना ,कपडा लगाएका छन भन्ने भित्र सन्चो चियो चर्चो गरिन्छ ।डाँडोमा एक पटक आफू सुहाउदो तिजगितमा घुमिन्छ ।सम्भब भए सम्म बाबियो ,बङकसी बट बनाइएको पिङमा खुट्टो राखी दुइहातले चपक्क समाइ हु इ य स र र र गरेर पन बाट बाहिर आइन्छ ।यसो गर्नाले आयु आरोग्य ,सौभाग्य बड्ने स्वर्गको राह खुल्ने बिस्वास राखिने गरिन्छ ।

महत्व

ऋषि पञ्चमी खासगरी महिलाहरूले ऋषिहरू प्रती कृतज्ञता व्यक्त गर्ने र शुद्धि प्राप्त गर्ने व्रतको रूपमा मनाउने गरिन्छ ।

स्त्रीहरूले महिनावारी को समयमा अनजानेमा भएका “अशुद्ध” कामहरूको क्षमा माग्ने र ऋषिहरूको कृपा प्राप्त गर्ने विश्वास छ ।

सात ऋषिहरू (सप्तऋषि) को पूजा–आराधना गरिन्छ ।

पौराणिक कथा:- प्राचीन कालमा सितास्च नाम गरेका एक राजा थिए। उनले एक पटक भगवान ब्रह्मालाई सोधे कि हजुरबुबा! कृपया मलाई कुन व्रत सबै व्रतहरूमध्ये सबैभन्दा राम्रो हो र तुरुन्तै फल दिन्छ भनेर बताइदिनुहोस्।

ब्रह्माजीले भन्नुभयो- हे राजा! ऋषि पंचमी व्रत सबै व्रतहरूमा सर्वोत्तम हो र सबै पापहरूलाई नाश गर्दछ। विदर्भमा उत्तंक नामक एक सदाचारी ब्राह्मणका दुई सन्तान थिए - एक छोरा र एक छोरी। जब उनी छोरि विवाहयोग्य उमेरकी भइन्, उनले छोरीको विवाह त्यही परिवारको एक सदाचारी वरसँग गरिदिए। तर केही दिनपछि, ती केटी विधवा भइन्।

उनको शोकले गर्दा धेरै दुःखी भएर, ब्राह्मण दम्पती आफ्नी छोरीसँग गंगाजीको किनारमा बनेको झुपडीमा बस्न थाले।एक दिन, सुतिरहेकी केटीको शरीरमा अचानक किरा देखा पर्यो। उनको अवस्था देखेर, केटीले आफ्नी आमालाई आफ्नो दुःखको बारेमा बताइन्। आमा सुशीला गएर आफ्नो पतिलाई सबै कुरा बताइन् र सोधिन्, "हे भगवान! मेरी साध्वी कन्यालाई यस्तो हुनुको कारण के हो?"

उत्कले ध्यान गरे र यो घटनाको कारणको बारेमा सोच्दै आफ्नी श्रीमतीलाई भने कि यो केटी आफ्नो अघिल्लो जन्ममा ब्राह्मण थिइन्। उनले महिनावारी हुँदाहुँदै पनि घरका भाँडाकुँडा छोइन् र यस जन्ममा पनि, अरू मानिसहरूले ऋषिपञ्चमी व्रत बसेको देखेर पनि उनले आफैंले त्यसो गरिनन्। यही कारणले गर्दा उनको शरीरमा किराहरू देखा पर्न थालेका छन्।

धार्मिक ग्रन्थहरूमा लेखिएको छ कि महिनावारी भएकी महिला पहिलो दिन चण्डालिनी जस्तै, दोस्रो दिन मा गृहघातिनि जस्तै र तेस्रो दिन धोबी जस्तै अशुद्ध रहन्छिन्। त्यसपछि चौथो दिन स्नान गरेपछि उनी पवित्र हुन्छिन्। यदि उनले अहिले पनि शुद्ध हृदयले ऋषिपञ्चमी व्रत बसिन् भने, उनको दुःख हट्नेछ र अर्को जन्ममा उनी अटल सौभाग्य प्राप्त गर्न सक्षम हुनेछिन्।

बुबाको आज्ञा अनुसार, कन्याले नियमानुसार ऋषिपञ्चमीको व्रत लिइन् र व्रतको प्रभावले उनी सबै दुःखबाट मुक्त भइन्। अर्को जन्ममा उनले अक्षय सौभाग्य, धन र पुत्र प्राप्त गरेर अनन्त सुखको आनन्द लिइन्।

अर्को प्रसङ्ग :-

एकजना ब्राह्मणसँग पुत्री र बुहारी थिए ।
ती दुवैजना स्त्रीहरू महिनावारी समयमा व्रत–नियम नमानि अशुद्ध अवस्थामा खाना पकाई खाने आदि काम गर्थे । मृत्यु पछि उनीहरूलाई नरक भोग्नु पर्यो । पछि भगवान् शिवले ब्राह्मणलाई भन्नुभयो—
“तिम्रा छोरी–बुहारीले जीवनकालमा ऋषि पञ्चमीको व्रत गरेका भए पाप को क्षय हुने थियो उनिहरुले व्रत गरेनन र बसेनन पनि।”त्यसकारणले उनिहरुमापाप बड्दै जादा धेरैदुखको सामना गर्न परेको हो ।
त्यसपछि परम्परागत रूपमा यो व्रत सुरु भएको मानिन्छ ।
पूजाविधि:-

१. बिहान स्नान गरेर नदी, तलाउ वा घरमै शुद्ध पानीमा नुहाउने ।

२. भूमिमा गाईको गोबरले लीपेर पवित्र मण्डप बनाउने ।

३. मण्डपमा अर्घ्य जल राखेर सप्तऋषि (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, जमदग्नि, वशिष्ठ, गौतम) र अरु देवी–देवताको आवाहन गर्ने ।

४. दुबो, अक्षता, फूल, धूप–दीप, फलफूल, पान, सुपारी, तुलसीपात, आदि चढाउने ।

५. ब्राह्मणलाई भोजन, दक्षिणा, र वस्त्र दिने ।

६. उपवास (व्रत) बस्ने वा शुद्ध सात्विक भोजन मात्र गर्ने चलन छ ।
विशेष कुरा
=======
यो दिन महिलाले गाई को पूजा पनि गर्ने चलन छ, किनभने गाईलाई ‘पवित्रताको प्रतीक’ मानिन्छ ।

नेपालमा ऋषि पञ्चमी तीज पर्व (हरितालिका तीज, गणेश चतुर्थी, ऋषि पञ्चमी) सँग जोडिएको हुन्छ ।

ऋषि पञ्चमीलाई "शुद्धि दिने व्रत" भन्ने गरिन्छ ।
संक्षेपमा, ऋषि पञ्चमी भनेको सप्तऋषि प्रती श्रद्धा, स्त्री–शुद्धि, र पाप–मोचनको पर्व हो, जुन भाद्र शुक्ल पञ्चमीका दिन उपवास र पूजा गरेर मनाइनछ ।

प्रकाश न्यौपाने प्रयास
कालीगण्डकी ज्योतिष वास्तु सेवा केन्द्र
तानसेन पाल्पा
9847119191 / 9851277419

14/09/2026
13/09/2026

२०८३/५/२९ सोमबार हरितालिका तिजको शुभकामना
शास्त्रीय प्रमाण सामाजिक महत्त्व सास्कृतिक महत्व के छ ..?

10/09/2026

२०८३/ ५/ २६ गते शुक्रबार
कुशे अौशि र यसको महत्त्व यसदिन के गर्न हुन्छ के गर्न हुदैनन् शास्त्रीय मान्यता के रहेको छ पृति दोष निवारण के गर्न सकिन्छ कसरि पृति मुक्ति हुन सकिन्छ ..?

२०८३/ ५/ २६ गते शुक्रबार कुशे अौशि , बाबाको मुख हेर्ने दिनको महत्त्व ..?दुई अक्षर आमा दुई अक्षर बाबा नै मेरो चार अक्षरका...
09/09/2026

२०८३/ ५/ २६ गते शुक्रबार

कुशे अौशि , बाबाको मुख हेर्ने दिनको महत्त्व ..?

दुई अक्षर आमा दुई अक्षर बाबा नै मेरो चार अक्षरका भगवान हुन् सबै बाबाहरुमा नमन र सबै शुभकामना ।।

हिन्दु बैदिक परम्परा अनुसार भाद्र कृष्ण अौशिलाइ कुशे अौशि वा बुबाको मुखहेर्ने दिन भनिन्छ ।

हिन्दु बैदिक सस्कृतिमा कुश सबै कार्यमा प्रयोग हुनिहुनाले विशेष यसदिन पहिलो काम बिहान चाडै उठेर गगा वा तलाउमा स्नान गरि नबोलीकन पितृकार्यको लागि जरै सङ्गको कुश चाहिने हुँदा यसको लागि पितृतिर्थ ( बुढिअौला र चोर अौलाको बीचबाट) ॐ हुम् फट् स्वाहा भन्ने तान्त्रिक मन्त्र उच्चारणगरि उत्तर र पुर्बको बिचको इशान्य कोण फर्खेर कुशलाई उख्ल्नु वा नसके काट्नु र कुश लाई घर घरमा भित्र्याउनु लाई सबैभन्दा ठुलो श्रेय मानिन्छ ।

कुश सत्वगुणको प्रतीक पनि मानिन्छ । विशेष कुशको फेदमा ब्रम्हा, माझमा बिष्णु र टुप्पामा शिबजिको बास हुन्छ भन्ने बिश्वास छ । बराहरुपि बिष्णुले पृथ्वीको उद्दार गरेपछि यज्ञ बराहको रूपमा प्रार्थना गर्दा रौ लाई कुश रुपमा मानेको बिश्वास छ अर्कोतिर भगवान बिष्णुले समुन्द्र मन्थन गर्दा कतै बृन्दाको श्राप पूरा गर्न बिष्णु भगवानले कुशको रूपमा धारण गर्नु भएको कुरा श्री स्वास्थानी ब्रतकथा उल्लेख पाइन्छ ।।

विशेष - पितृदेबो भब: - जन्मदिने बाबुलाइ देउता समान मान्ने धार्मिक मान्यताको आधारमा आज छोराछोरीले पितालाइ सम्मान गर्छ्न । आजको दिन मातापिता नहुनी ले गगा वा तलाउमा स्नान गरि पितृलाई तर्पण दिदा मृत आत्मले शान्ति प्राप्त गरि पितृमुक्ति हुनि र पिता वा माता नहुनीले अन्यदिन रोकिएको श्राद्दहरु आजको दिन गर्न सकिन्छ अनि कोहि अौशिमा जन्मेको ब्यक्ति छ भने अौशि शान्ति र पितृ दोष शान्ति गरि गाई लाई चना खिर र गुण खुलाउनाले त्यो अौशि दोष र पितृ दोष निवारण गर्न सकिन्छ आजको दिन ।।

सबैभन्दा ठुलो कुरा यो हो कि बाबा लाई आज मात्र सम्झेर फेसबुक टिकटक पोस्ट गरेर आज मात्र राम्रो लुगा खाना फलफूल दिएर सम्मान हुन्न सम्मान जहाँ हुन्छ जब सम्म हामिले आफ्ना पिता मातालाई बृद्धआश्रम लान छोडि आफू सङ्ग राखेर पालन पोषण गरि उनीहरुको हरेक सुखदुःख साथ दिन सक्यौ भनी मात्र पितृको सम्मान हुनेछ ।

त्यसकारण मेरो बाबा यो ससारमा नरहेता पनि मलाइ पिर बिसाउने चौतारी नै मेरो बाबाको काध हो । अरु त केबल मेरो खुशीको अनुहारको हासो हेरेर मेरो खुशिको मुल्यांकन मात्र गर्ने हुन ।। विशेष आज सबै बाबा आमा प्रती उच्च सम्मान गर्दै कुशे अौशि वा बाबाको मुख हेर्ने दिन को सबै लाई धेरै धेरै शुभकामना शुभकामना ।।।

प्रकाश न्यौपाने " प्रयास "
कालीगण्डकी ज्योतिष वास्तु सेवा केन्द्र
कालीगण्डकी ५ जैपते स्याङ्जा
शाखा
तानसेन पाल्पा
प्रकाश न्यौपाने प्रयास
9847119191/ 9851277419

09/09/2026

शुक्र र राहुको बारेमा जानकारी # astro kaligandaki #

२०८३/५/१९ गते शुक्रबार किन मनाइन्छ श्रीकृष्णजन्माष्टमी ? यसको धार्मिक महत्त्व के छ ?आज विश्वभर हिन्दुधर्मावलम्बीहरूले भग...
03/09/2026

२०८३/५/१९ गते शुक्रबार

किन मनाइन्छ श्रीकृष्णजन्माष्टमी ? यसको धार्मिक महत्त्व के छ ?

आज विश्वभर हिन्दुधर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको जन्मोत्सवको स्मरण गर्दै श्रीकृष्णजन्माष्टमी मनाइरहेका छन् । श्रीकृष्णजन्माष्टमी प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीमा पर्छ । संसार र धर्मको रक्षाका लागि तथा द्वापर युगमा बढ्दै गरेको आसुरी प्रवृत्तिको विनाश तथा सज्जनहरूको रक्षा गरी सनातन धर्मको संरक्षणका लागि भगवान् श्रीकृष्णको अवतरण यस पृथ्वीमा भएको हो । श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले आफ्नो अवतारको प्रयोजन आफैँ बताउँछन् :

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।

धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।
अर्थात् जबजब यस धर्तीमा धर्ममाथि आँच आउँछ म धर्म रक्षाका निम्ति अवतरित हुन्छु । साधु सन्त जनहरूको रक्षा र दुर्जनहरूको संहारको लागि म अनन्त कालसम्म पुनः पुनः जन्मिरहन्छु ।

भगवान् श्रीकृष्णको जन्म र लीलाप्रसङ्ग

द्वापर युगमा उग्रसेन नाम गरेका राजा थिए । उनका छोरा कंस र छोरी देवकी थिइन् । दाजु कंसले आफ्नी बहिनीको विवाह आफ्ना मित्र वसुदेवसँग गरिदिई बहिनी ज्वाँइलाई पु¥याउन बाटोमा जाँदै गर्दा आकाशवाणी सुन्छ “कंस ! तँ जसलाई पुर्याउन जाँदै छस्, उसकै आठौँ गर्भबाट तेरो मृत्यु हुनेछ ।”

आकाशवाणी सुनेपछि कंसले आफ्नी बहिनीलाई तत्कालै मार्न तयार भयो । वसुदेवले आफ्ना प्रत्येक सन्तान जन्मने बित्तिकै कंसलाई दिने प्रण गरेपछि मात्र कंस मान्न तयार भयो अनि वसुदेव र देवकी दुवैलाई कारागार चलान ग¥यो । क्रमशः छैटौँ पुत्रसम्मलाई जन्मने बित्तिकै कंसले मा¥यो । देवकीको सातौँ गर्भलाई भने भगवती योगमायाले देवकीको गर्भबाट वसुदेवकी अर्की पत्नी रोहिणीको गर्भमा सारिदिइन् ।

शेष नागका अवतार मानिने बलरामले देवकीको सातौँ गर्भ भएर पनि रोहिणीको कोखबाट जन्म लिए । सातौँ गर्भ तुहिएको कुरा कंसलाई जानकारी गराइयो । पूर्वजन्ममा भगवान् विष्णुलाई आफ्नो सन्तानका रूपमा प्राप्त गर्ने वर पाएका देवकी र वसुदेवको आठौँ गर्भका रूपमा भाद्र कृष्ण अष्टमीका दिनमा भगवान् अवतरित भए । भगवान्को जन्मसँगसँगै चतुर्भुजरूपमा भगवान् विष्णुको दर्शन देवकी र वसुदेवले प्राप्त गरे ।

श्रीकृष्णले आफूलाई गोकुलको नन्द बाबाको घरमा पुर्याउने र नन्दबाबाको घरबाट छोरीको रूपमा जन्मेकी योगमायालाई कारागार ल्याउने आदेश दिए । वसुदेवको हातका हत्कडीहरू आफैँ छुटे, कंसका सैनिकहरू मस्त निद्रामा परे, ढोकाहरू आफैँ खुले । घनघोर वर्षा भइरहेको कारणले यमुना कुर्लिरहेकी थिइन् तर पनि वसुदेवले बल्लबल्ल गोकुल पुगी यशोदाकी सन्तान योगमायालाई लिएर कारागारमा आए ।

कारागारमा आएपछि बल्ल सबै सैनिक ब्यँुझिए । कंसले बालिकारूपी योगमायालाई मार्न खोज्दा बालिका हातबाट फुत्किई आकाशमा गएर शक्ति स्वरूप भएर “तँलाई मार्ने बालक जन्मिसकेको छ पापी !” भनी अन्तध्र्यान भइन् ।

कंसले त्यो दिन गोकुलमा जन्मिएका सबै बालकहरूलाई मार्यो तर भगवान् श्रीकृष्णको दैवी शक्तिको अगाडि उसको केही जोर चलेन । कंसले कृष्णलाई मार्न पठाएका पूतना, चाणूर र मुष्टिजस्ता कैयौँ राक्षसहरूलाई कृष्णले बध गरे । कृष्णले अनेक लीलाहरू देखाए । जसलाई कृष्णचरित्र पनि भनिन्छ ।

वृन्दावनमा गोपालहरूसँग विचरण गर्नु, दही चोरी खानु, बालसखा सुदामासँग खेल्नु , बाँसुरी बजाएर नाच्नु, इन्द्रदेखि ब्रह्मा सम्मको घमण्ड चूर गर्नु, कालीय नाग दमन गर्नु, एक हप्तासम्म गोवर्धन पर्वत उचाल्नु, १६०० गोपिनीहरूसँग प्रेमक्रीडा तथा रासलीला गर्नु आदि जस्ता अनेकौँ लीलाहरू श्रीकृष्णचरित्र अन्तर्गत पर्दछन् ।

कसंले आफ्नै बुवा उग्रसेन राजालाई बन्दी बनाई आफैँ राजा भएर सम्पूर्ण प्रजाहरूलाई दुःख दिने काम ग¥यो । धर्मकर्मको काम ठप्प भयो । असुरहरूको शक्ति बढ्यो र सज्जनहरूले पीडा अनुभव गर्नुप¥यो । संसार पूरै अस्तव्यस्त भयो ।

कंस, जरासन्ध, शिशुपाल, चाणूर र मुष्टि जस्ता राक्षसहरूको तागत बढ्दै गयो । जगत्मा व्याप्त हिंसा र अशान्तिलाई हटाएर सुख र शान्तिको व्यवस्थापन गर्न भगवान् श्रीकृष्ण अवतरित भएका हुन् ।

भगवान् श्रीकृष्णलाई विष्णुको पूर्णकला अवतार मानिन्छ । श्रीकृष्ण लीलापुरुष हुन् । आफ्नो जीवन कालमा उनले धेरै लीला गरे । कंश, शिशुपाल, चाणूर र मुष्टि जस्ता राक्षसहरूको बध गरे । श्रीकृष्णको अवतारसँगसँगै आसुरी प्रवृत्तिको अन्त्य भयो । पृथ्वीमा सत्य धर्म र अहिंसाले राहत पायो ।

युद्धबाट विरक्तिएका अर्जुनलाई आफ्नो कर्तव्य बुझाउन श्रीकृष्णले कुरुक्षेत्रको रणभूमिमा उपदेश दिए । ती भगवान्का पवित्र वाणीको संग्रहलाई श्रीमद्भगवद्गीता भनिन्छ । यसले बाटो बिराएकाहरूलाई मार्गनिर्देश गर्छ ।

भगवद्गीतामा शुद्ध आचार, शुद्ध विचार र शुद्ध कर्मलाई नै धर्म भनी परिभाषित गरिएको छ । श्रीकृष्णका वाणीहरूको सङ्ग्रह भगवद्गीताको अध्ययन हिन्दूहरूले मात्र नभई यसको महत्त्व बुझेका सबै धर्मावलम्बीले गर्ने गरेको पाइन्छ ।

यिनै भगवान् श्रीकृष्णको शुभ जन्मोत्सवको उपलक्ष्यमा द्वापर युगदेखि नै श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ । गोकुलका गोप गोपिनीहरूले श्रीकृष्णको नामकरणका दिन विशेष नाचगान गरे । त्यो परम्परा भगवान् शिवजीलाई प्राप्त गर्न पार्वतीले गरेको व्रतोपासनसँग जोडिएर हरितालिका तिज पर्वका रूपमा रुपान्तरित हुन पुग्यो ।

श्रीकृष्ण जन्माष्टमीका दिन विशेष विधिविधानसहित श्रद्धालु भक्तजनहरू व्रतोपासन गर्दछन् । दिनभरि निराहार रहेर भगवान्को नाम सङ्कीर्तन गर्नुका साथै गीता, भागवत आदि पाठ गर्दछन् । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको मानी कृष्णको प्रतिमालाई अनावरण गरेर पूजा गरी भजनकीर्तन गाई प्रसाद ग्रहण गरेपछि व्रत पूर्ण भएको मानिन्छ ।

यसप्रकार हिन्दूहरूको महान् पर्व श्रीकृष्णजन्माष्टमीले भगवान्को प्रिय बन्नको लागि सदा धर्मको पालना गर्नुपर्ने तथा मन, वचन र कर्म पवित्र राख्नुपर्ने सन्देश दिन्छ । यस्ता पर्वहरूलाई रमझमको रूपमा मात्र नहेरी यिनको मर्म बुझी सत्कर्म गर्न सके सबैको कल्याण हुनेछ, विश्वमा समता, शान्ति र अहिंसाको सुवास फैलिनेछ ।

प्रकाश न्यौपाने प्रयास
तानसेन पाल्पा
शाखा कालीगण्डकी ५ जैपते स्याङ्जा
9847119191/ 9851277419

01/09/2026

यस्तै ज्योतिष जानकारीको लागि हाम्रो पेजलाइ फलाे गर्नुहाेला साथै परामर्शकाे लागि 9847119191 मा कल गर्नुहाेला # goviral

25/08/2026

अन्तिम सम्म हेनुहोस
यदि हजुरको पनि कुण्डलि देखाउन मन छ भने 9851277419 मा फोन गर्न सक्नुहुनेछ #

Address

Tansen
Palpa

Alerts

Be the first to know and let us send you an email when Astro Kaligandaki - कालिगण्डकी ज्योतिस तथा वास्तु सेवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share