13/08/2026
क-कसलाई वाथरोग देखिन्छ?
---------------------------------------------------
वाथरोग गर्भको बच्चा देखि वृद्धावस्था सम्म जुनसुकै उमेरमा देखिन सक्छ। जन्मेको बच्चामा लुपस देखिन सक्छ। यस्तै ९, १०, १२ बर्षका बच्चाहरुमा पनि देखिन्छ। लुपस वाथ यौनावस्थाका महिलामा धेरै हुन्छ। १८ देखि ४० बर्ष उमेरसम्म गठिया वाथ भन्ने समस्या देखिन्छ। स्पाइनल आर्थ्रोपाथी भन्ने १५ देखि ४० वर्षसम्मका पुरुषहरुमा देखापर्छ। ४०–५० पुगेपछि हड्डी खिइने वाथरोग देखापर्छ।
महिला–पुरुष कसैलाई पनि वाथरोगले सताउन सक्छ, कुन उमेर अनुसार कस्तो वाथरोग लाग्छ भन्ने मात्र फरक हो। समग्रमा पुरुष भन्दा महिलामा वाथ धेरै देखिन्छ।
वाथ रोगहरु प्रायः परिवार भित्र देखिन सक्छ। जसका आमाबुवा मध्य एक प्रभावित छन्, तिनमा यो रोगको जोखिम बढी हुने गर्दछ्। यस्तो जोखिम पारिवारिक इतिहास बिनाको व्यक्ति भन्दा ५-१० गुणा बढी हुन्छ।
--------------------------------------------------------
सम्पर्क
𝑴𝒆𝒈𝒉𝒂 𝑯𝒆𝒂𝒍𝒕𝒉 𝑪𝒂𝒓𝒆
𝑰𝒏𝒇𝒓𝒐𝒏𝒕 𝒐𝒇 𝑺𝒉𝒂𝒃𝒉𝒂𝒈𝒓𝒊𝒉𝒂 𝑯𝒂𝒍𝒍
𝑵𝒆𝒘𝒓𝒐𝒂𝒅, 𝑷𝒐𝒌𝒉𝒂𝒓𝒂.
𝑷𝒉𝒐𝒏𝒆: 𝟎𝟔𝟏-𝟓𝟖𝟖𝟔𝟗𝟓, 𝟗𝟕𝟒𝟔𝟑𝟎𝟔𝟎𝟑𝟎