10/06/2026
हामी एकदम प्रतिकूल वातावरणमा बाँचिरहेका छौं, जुन धूलो, रसायन तथा सूक्ष्मजीवहरू जस्तै, भाइरस, ब्याक्टेरिया र ढुसीहरुले भरिएको छ। तिनीहरूले हामीलाई आक्रमण गर्छन् र हानी पुर्याउँछन्। हाम्रो शरीरले लगातार यी आक्रमण र चोटबाट आँफुलाई बचाऊँछ। यो कार्य प्रतिरक्षा प्रणाली (Immune System) द्वारा प्रभावकारीरूपमा गरिएको हुन्छ। रक्षाको अतिरिक्त, प्रतिरक्षा प्रणालीले अन्य धेरै नियामक कार्यहरूमा पनि भाग लिन्छ।
प्रतिरक्षा प्रणाली, कोषहरू, लिम्फोइड अंगहरू र थुप्रै प्रोटिन तथा गैर-प्रोटीनहरू मिलेर बनेको हुन्छ। श्वेत रक्त-कोषिकाहरु जस्तै लिम्फोसाइट्स, न्युट्रोफिल्स, म्याक्रोफेज र अन्य कोषहरुले प्रतिरोधात्मकरुपमा सक्रिय कोषहरु बनाउँछन्। लिम्फ नोडहरु र फियो प्रतिरोधात्मक प्रतिक्रियाका केन्द्रबिन्दु हुन्। थाइमस र अस्थि-मज्जा (मासी), रक्तसञ्चारमा जानुअघि प्रतिरक्षा-सक्षम कोषहरूको विकास, छनौट र प्रशिक्षण हुने मुख्य स्थानहरू हुन्। यी कोषहरू केहि स्थान बाहेक सम्पूर्ण शरीरमा फैलन्छन्।
रक्षा प्रणाली आफुँ र गैर तत्वहरु पहिचान गर्न सक्षम हुन्छ्। त्यसले आक्रमणकर्ता जीवहरू पहिचान गर्छ र उचित प्रतिरोधात्मक प्रतिक्रिया देखाउँछ। एक पटक आक्रमणकारी जीव हटेपछि सम्पूर्ण आक्रमण बिस्तारै नियमन (down regulated) हुन्छ र त्यसपछि निको हुने प्रक्रिया शुरु हुन्छ। यी आक्रमण सटीक र विशेष हुन्छन्। यसका अतिरिक्त प्रतिरक्षा प्रणालीले तिनीहरूलाई दीर्घकालीनरुपमा स्मृतिमा राख्दछ। याद गरिएको प्रतिक्रियाले दोस्रो पटकको आक्रमण विरूद्ध प्रतिरोधात्मक क्षमता विकास गर्न मद्दत गर्दछ र प्रतिरक्षा प्रणालीलाई यस्तै अवस्था देखापरेमा आफ्नो प्रतिक्रिया सुधार्न मद्दत गर्दछ। यही सिद्धान्त खोपमा पनि उपयोग गरीन्छ।
स्वयं र गैर तत्वहरुलाई पहिचान गर्ने यस्तै सटीक संयन्त्रको बावजुद प्रतिरक्षा प्रणालीले शरीरको केही अंश बिरूद्ध प्रतिरोधात्मक प्रतिक्रिया विकास गर्न सक्छ। आफ्नै तत्वहरूको विरूद्ध प्रतिरोधात्मक क्षमताको विकास गर्ने प्रक्रियालाई आत्म: प्रतिरक्षा (autoimmunity) भनिन्छ।
#वाथ #बाथ Megha Health Care - Rheumatic Disease Center Surunga Medicine & Clinic Sathi Polyclinic छ्त्रदेव हेल्थ केयर प्रा.लि , बुटवल Annapurna Gastrocare Hospital Nepalgunj