कान्छा लामा स्मृति पार्क,चिसपानी

  • Home
  • Nepal
  • Pokhara
  • कान्छा लामा स्मृति पार्क,चिसपानी

कान्छा लामा स्मृति पार्क,चिसपानी Our late Lama Guru Birkha Sing Gurung was the first Buddhist lama guru of Rupakot,Chisapani village.

गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, कृतज्ञता तथा सादर प्रणाम।गुरुको अमूल्य आशीर्वाद, ज्ञान...
29/07/2026

गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, कृतज्ञता तथा सादर प्रणाम।
गुरुको अमूल्य आशीर्वाद, ज्ञान र करुणाले सबैको जीवन सुख, शान्ति, समृद्धि र धर्ममार्गमा अग्रसर बनाओस्।
गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🙏

09/07/2026
आजभन्दा २५००/२६०० वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक...
01/05/2026

आजभन्दा २५००/२६०० वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने हुदा सम्पूर्णमा बुद्ध जयन्तीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दछौं। #कान्छ_लामा_स्मृति_पार्क_चिसपानी

13/04/2026

Happy new year 2083 #कान्छ_लामा_स्मृति_पार्क_चिसपानी

13/04/2026

नयाँ वर्ष २०८३ को पावन एवं शुभ अवसरमा सम्पूर्ण श्रद्धालु भक्तजन, गुरुवर्ग तथा धर्मप्रेमी महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। 🙏

यस पवित्र अवसरमा त्रिरत्न—बुद्ध, धर्म र संघको असीम कृपा, आशीर्वाद र संरक्षण सधैं तपाईंहरू सबैमा रहिरहोस् भन्ने कामना गर्दछु। नयाँ वर्षले तपाईंहरूको जीवनमा शान्ति, करुणा, मैत्री र प्रज्ञाको उज्यालो प्रकाश फैलाओस्।

बोधिचित्तको भावना तपाईंहरूको हृदयमा निरन्तर विकसित हुँदै जाओस्, र सबै सत्त्व प्राणीहरूको हित, सुख र कल्याणका लागि तपाईंहरूको जीवन अर्थपूर्ण र पुण्यमय बनोस्। गएको वर्षका सम्पूर्ण दुःख, क्लेश र अवरोधहरू हटून् र नयाँ वर्षले धर्ममार्गमा अघि बढ्ने नयाँ उत्साह, शक्ति र प्रेरणा प्रदान गरोस्।

अन्ततः, सम्पूर्ण प्राणीहरू दुःखबाट मुक्त होऊन्, सबैले सुख प्राप्त गरून् र संसारमा शान्ति, सद्भाव र करुणा फैलिरहोस् भन्ने मंगल कामना गर्दछु।

नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना! 🌸🙏

केही समयसम्म कान्छा लामा स्मृति पार्क,थाप्ले डाँडा भ्रमणमा आउनु हुने पर्यटकहरूका लागि केही असुविधा हुन सक्ने जानकारी गरा...
12/01/2026

केही समयसम्म कान्छा लामा स्मृति पार्क,थाप्ले डाँडा भ्रमणमा आउनु हुने पर्यटकहरूका लागि केही असुविधा हुन सक्ने जानकारी गराइन्छ। यस अवधिमा चिसापानी टोल विकास संस्थाबाट आवश्यक सहयोग प्राप्त हुनेमा पूर्ण आशा राखेका छौँ।
साथै, आफ्नै बाउबाजेको थलोमा आगमन गरी गुफा वास गर्दै साधनामा प्रवृत्त लामा गुरु जाम्पा छोदार (निराज) गुरुङ लाई बुद्धत्व प्राप्तिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 🙏
— कान्छा लामा स्मृति पार्क
चिसापानी – थाप्ले डाँडा

Visitors to Kanchha Lama Smriti Park Thaple Danda may experience some inconvenience for a certain period of time. We apologize for the inconvenience and appreciate your kind understanding and cooperation.
We also extend our heartfelt best wishes to Lama Guru Maitreya Gurung (Jampal Choedhar) Gurung, who has returned to his ancestral land and is undertaking spiritual retreat in the cave. May he attain enlightenment. 🙏
— Kanchha Lama Smriti Park
Chisapani – Thaple Danda

२०८२ सालको ल्होछारको अवसरमा सप्री ल्हो (सर्प वर्ग) लाई बिदाई गर्दै त ल्हो (घोडा वर्ग) को शुभ उदयलाई हर्षोल्लासका साथ स्व...
30/12/2025

२०८२ सालको ल्होछारको अवसरमा सप्री ल्हो (सर्प वर्ग) लाई बिदाई गर्दै त ल्हो (घोडा वर्ग) को शुभ उदयलाई हर्षोल्लासका साथ स्वागत। सबैमा शान्ति, सुख, समृद्धि र मंगलमय भविष्यको कामना। 🙏🎉

यस पार्क प्रति देखाउनुभएको विश्वास, सहयोग र समर्थन प्रति  चिसापानी गाउँले लाई हार्दिक आभार प्रकट गर्दछौं।
03/09/2025

यस पार्क प्रति देखाउनुभएको विश्वास, सहयोग र समर्थन प्रति चिसापानी गाउँले लाई हार्दिक आभार प्रकट गर्दछौं।

आज असार २५ गते रूपाकोट चिसापानी गाउँका लामा गुरू‌ दिवंगत श्रद्धेय विर्ख सिं प्हच्यु तमु (कान्छा लामा गुरू)ले आफ्नो भौतिक...
09/07/2025

आज असार २५ गते रूपाकोट चिसापानी गाउँका लामा गुरू‌ दिवंगत श्रद्धेय विर्ख सिं प्हच्यु तमु (कान्छा लामा गुरू)ले आफ्नो भौतिक शरीर त्यागेर संसारिक क्रय समाप्त गर्नु भएको दिनमा उहाँले दिनु भएको योगदान र उपकार सम्झौं ।

Address

Thumki Rupakot High Way
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when कान्छा लामा स्मृति पार्क,चिसपानी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share