Hamro Pokhara

Hamro Pokhara Pokhara is a city on Phewa Lake, in central Nepal. It’s known as a gateway to the Annapurna Circuit.
(1)

It’s known as a gateway to the Annapurna Circuit, a popular trail in the Himalayas. Tal Barahi Temple, a 2-story pagoda, sits on an island in the lake. On the eastern shore, the Lakeside district has yoga centers and restaurants. In the city’s south, the International Mountain Museum has exhibits on the history of mountaineering and the people of the Himalayas.

बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमले 4G सेवा सञ्चालनमा ल्याएको छ। ४ हजार २०० मिटर उचाइमा टाव...
24/08/2026

बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमले 4G सेवा सञ्चालनमा ल्याएको छ। ४ हजार २०० मिटर उचाइमा टावर जडान गरी सेवा सुरु गरिएको हो।
सेवा सञ्चालनसँगै तीर्थयात्री, पर्यटक, स्थानीय तथा उद्धार र सुरक्षाकर्मीलाई सञ्चारमा सहज हुने अपेक्षा गरिएको छ।

बारामा ३ वर्षीया बालिकाको ह!त्या आरोप लागेका किशोरको अनुहार स्पष्ट देखिने गरी गरिएको भिडियो बयान अहिले सामाजिक सञ्जालमा ...
24/08/2026

बारामा ३ वर्षीया बालिकाको ह!त्या आरोप लागेका किशोरको अनुहार स्पष्ट देखिने गरी गरिएको भिडियो बयान अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिरहेको छ। भिडियोमा ह!त्या कसरी गर्ने योजना बनाइएको थियो र घटना कसरी घटाइयो भन्ने विवरणसमेत प्रस्तुत गरिएको छ।

तर यस्तो संवेदनशील भिडियो पीडित परिवारका सदस्यले प्रत्यक्ष रूपमा देख्दा उनीहरूको मानसिक अवस्थामाथि गम्भीर असर पर्न सक्छ। आफ्नै बालिकाको मृ!त्युबारे यस्ता दृश्य र विवरण हेर्नुपर्दा परिवारले पुनः मानसिक आघात, पीडा र त्रासको सामना गर्नुपर्ने हुन सक्छ। त्यसैले सामाजिक सञ्जाल प्रयोगकर्ताले यस्ता सामग्री फैलाउनुअघि पीडित परिवारको संवेदनशीलता र गोपनीयतालाई पनि ध्यान दिन आवश्यक छ।

श्रावण महिनामा मात्रै ३० हजार ५३४ पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्। मुस्ताङको पर्यटनमा देखिएको यो आकर्षणले आन्तरिक तथा ब...
24/08/2026

श्रावण महिनामा मात्रै ३० हजार ५३४ पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्। मुस्ताङको पर्यटनमा देखिएको यो आकर्षणले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको देखाएको छ।

23/08/2026

Samiskhya Adhikari लाई नराम्रो देख्ने र*डि भा * देख्ने महिला समाज पनि येहि हो हैन र ? अमुक सेलिब्रेटी निर्दोष भन्दै प्रहरी चौकी सम्म नारा लगाउदै बलात्कारि को मनोबल बढाउने पनि तेहि समाज ! अनि अहिले गरिमा लाई न्याय दे भन्दै ठुला ठुला स्वर मा कराउँदा लाज लाग्दैन ? दोहोरो चरीत्र 😤🤫

गायिका समिक्षा अधिकारीलाई एकजनाले थुप्रै नम्बरबाट कल गरेर हैरानी दिएको भन्दै पोस्ट गरिन् । अनि मान्छेहरु कमेन्टमा यसरी ल...
23/08/2026

गायिका समिक्षा अधिकारीलाई एकजनाले थुप्रै नम्बरबाट कल गरेर हैरानी दिएको भन्दै पोस्ट गरिन् । अनि मान्छेहरु कमेन्टमा यसरी लेख्दै थिए । कुनै दिन छोरीचेलीलाई न्याय दे भन्दै आन्दोलन गर्न यिनिहरु नै आएछन् भने नि अचम्म मान्न पर्दैन ।

23/08/2026

झापामा १८ बर्षकी बालिकालाई फकाएर जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्ने ४० बर्षका अशोककुमार राई रहेका छन् । 😢

गरिमा चौधरीको अन्त्येष्टि गरिएको छ। 😢बाराको पशछाहा पुल नजिक गरिमा चौधरीको अन्तिम संस्कार गरिएको हो।Fly high, beautiful s...
23/08/2026

गरिमा चौधरीको अन्त्येष्टि गरिएको छ। 😢
बाराको पशछाहा पुल नजिक गरिमा चौधरीको अन्तिम संस्कार गरिएको हो।

Fly high, beautiful soul! 🕊️😢

कानुनमन्त्री सोबिता गौतम भन्छिन्: नेपालको संविधानको धारा १६(२) मा मृ'त्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको छ । नेपाल...
23/08/2026

कानुनमन्त्री सोबिता गौतम भन्छिन्: नेपालको संविधानको धारा १६(२) मा मृ'त्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको छ । नेपालका अन्तर्राष्ट्रिय कानुनी प्रतिबद्धताहरू पनि यससँग जोडिएका छन् । त्यसैले सडकको आक्रोश जति तीव्र भए पनि सरकारले संविधानभन्दा बाहिर गएर सजाय घोषणा गर्न सक्दैन । कानूनको मस्यौदा सरकारले तयार गर्छ, त्यो मस्यौदा पास गर्ने की फेल संसदले गर्छ, पास गरे कानून बन्छ र अन्तिममा त्यही कानूनमा टेकेर सजाय निर्धारण अदालतले गर्छ ।

न्यायका लागि आवाज उठ्नु अत्यन्त आवश्यक छ। नागरिकको खबरदारीले राज्यलाई जिम्मेवार बनाउँछ। तर अनुसन्धान पूरा नहुँदै निष्कर्षमा पुग्ने, अपुष्ट विवरण फैलाउने, प्रमाण र अनुसन्धानका विषयलाई सामाजिक सञ्जालमा आआफ्नै ढंगले व्याख्या गर्ने र जनमतबाटै मुद्दाको फैसला गर्न खोज्ने प्रवृत्तिले न्यायलाई सहयोग होइन, उल्टै कमजोर बनाउँछ। सरकारलाई प्रश्न गर्नुस्। प्रहरी चुकेको छ भने प्रश्न गर्नुस्। म चुकेकी छु भने मलाई पनि प्रश्न गर्नुस्। तर प्रमाण सुरक्षित राख्न, निष्पक्ष अनुसन्धान गर्न र बलियो मुद्दा अदालतसम्म पुर्‍याउन राज्यलाई काम गर्न दिऔँ।

निर्मला पन्त प्रकरणबाट समाजले कम्तीमा एउटा गम्भीर पाठ सिकेको हुनुपर्छ, संवेदनशील अपराधमा प्रारम्भिक अनुसन्धान, प्रमाणको सुरक्षा, जिम्मेवार सूचना प्रवाह र निष्पक्ष अनुसन्धान अत्यन्त महत्त्वपूर्ण हुन्छन्। प्रमाण एकपटक बिग्रियो वा अनुसन्धान गलत दिशामा गयो भने त्यसको मूल्य पीडित परिवारले वर्षौँसम्म तिर्नुपर्ने हुन सक्छ। सडकको भिड त आ-आफ्नो दैनिकीमा फर्किए तर निर्मलाको परिवारले अझै न्यया पाएको छैन। निष्कर्षमा पुर्याउन हामीलाई ठुलै कसरत परिरहेको छ र हामी निरन्तर लागिरहेका छौँ । त्यसैले गरिमालाई साँच्चिकै न्याय दिन चाहन्छौँ भने यो घटनालाई अर्को मिडिया ट्रायल बन्न नदिऔँ।

23/08/2026

गरिमा चौधरीको बुवाआमाले न्याय पायौं, हामी खुसी छौं भन्दा केही नमुनाहरु उल्टै बुवाआमालाई गाली गरिरहेका छन् ।
अपराध गर्ने मान्छे समातिसक्यो । कारबाही अगाडी बढिसकेको छ । मन्त्रीले कानुन पुनरावलोकन गर्ने वचन दिइसकेका छन् । ४ दिन देखि सिमरा-बिरगंजको बाटो बन्द छ । हजारौ गाडी रोकिएका छन् । व्यापार ठप्प छ । एक हप्ता समय देउ, न्याय दिन्छु भनेर पाँच जना मन्त्रीले लिखित वचन दिदा पनि नमान्ने हो र ? भिडमा सबैजना न्याय माग्न होइन, कोहि राजनिती गर्न, कोही डलर कमाउन पनि त्यहाँ पुगेका छन् । केहिलाई नेपाल शान्त हुने भयो भन्ने पिर पनि छ । केहीलाई पूरा गर्नै नसकिने माग राखेर सरकारलाई असफल बनाउनु छ । अब त बुझ्ने हो कि ?

सरकारसंग सहमति भएपछि गरिमा चौधरीको बुवाआमा भन्छन्: आज हामी एकदमै खुसी छौं । हाम्रो सबै कुरा माननीय ज्युले सुनिदिनु भयो ।...
23/08/2026

सरकारसंग सहमति भएपछि गरिमा चौधरीको बुवाआमा भन्छन्: आज हामी एकदमै खुसी छौं । हाम्रो सबै कुरा माननीय ज्युले सुनिदिनु भयो । सबै कुरा लिखित गरेर दिनु भएको छ । नयाँ नियम लागू गर्नलाई बैठक बस्नुपर्यो, त्यसैले समय दिनुपर्छ । एक हप्तामा निर्णय दिए हुन्छ । आज एकदम सन्तुष्ट छु । सानो नानीले न्याय पायो ।

Address

Pokhara
33700

Telephone

+9779702082184

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Hamro Pokhara:

Shortcuts

Share